57 | GEN 3:1 | परमप्रभु परमेश्वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले साँच्चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्नुभएको छ?” |
65 | GEN 3:9 | परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?” |
67 | GEN 3:11 | परमेश्वरले भन्नुभयो, “तँ नाङ्गै थिइस् भनेर तँलाई कसले भन्यो ? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस् ?” |
69 | GEN 3:13 | परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैँले यो के गरिस्?” स्त्रीले भनिन्, “सर्पले मलाई छल गर्यो, र मैले खाएँ ।” |
86 | GEN 4:6 | परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस् र तैँले किन रिस देखाउँछस् ? |
87 | GEN 4:7 | यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ ।” |
89 | GEN 4:9 | अनि परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन । के म मेरो भाइको गोठालो हुँ र?” |
90 | GEN 4:10 | परमप्रभुले भन्नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मलाई पुकारिरहेको छ । |
317 | GEN 12:18 | फारोले अब्रामलाई बोलाए र भने, “तिमीले मलाई यो के गरेको? तिनी तिम्रो पत्नी थिइन् भनी मलाई किन बताएनौ? |
318 | GEN 12:19 | 'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्नो बाटो लाग । |
328 | GEN 13:9 | के सारा भूमि तिम्रो सामु नै छैन र? तिमी जाऊ र मबाट अलग होऊ । यदि तिमी बायाँतरि गयौ भने म दायाँतिर जानेछु । वा यदि तिमी दाहिनेतिर गयौ भनौ म देब्रेतिर जानेछु ।” |
363 | GEN 15:2 | अब्रामले भने, “हे परमप्रभु, तपाईंले मलाई के दिनुहुन्छ र?, किनभने म सनतानविहीन रहिरहेको छु र मेरो गरको उत्तराधिकार दमस्कसको एलीएजर हुनेछ ।” |
369 | GEN 15:8 | तिनले उहाँलाई भने, “हे परमप्रभु परमेश्वर, मैले यो प्राप्त गर्नेछु भनी मैले कसरी थाहा पाउने नि?” |
390 | GEN 16:8 | तिनले सोधे, “साराईकी कमारी हागार, तँ कहाँबाट आइस् र कहाँ जाँदै छेस्?” त्यसले जवाफ दिई, “म मेरी मालिक्नी साराईदेखि भाग्दै छु।” |
395 | GEN 16:13 | त्यसपछि त्यसले आफूसँग बात गर्नुहुने परमेश्वरका दूतलाई यो नाउँ दिई, “तपाईं मलाई देख्नुहुने परमप्रभु हुनुहुन्छ,” किनकि त्यसले भनी, “के उहाँले मलाई देखिसकेपछि पनि म उहाँलाई साँच्चै देखिरहन्छु?” |
415 | GEN 17:17 | त्यसपछि अब्राहाम घोप्टो परेर हाँसे, अनि मनमनै यसो भने, “के सय वर्षको मानिसबाट सन्तान जन्मन सक्छ र? नब्बे वर्ष पुगेकी साराले कसरी सन्तान जन्माउन सक्छिन् र?” |
434 | GEN 18:9 | उनीहरूले तिनलाई सोधे, “तेरी पत्नी सारा कहाँ छे?” तिनले जवाफ दिए, “त्यहीँ पालमा छिन् ।” |
437 | GEN 18:12 | यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा स्वामी पनि वृद्ध भइसक्नुभएको छ, के मैले सुख पाउँछु र?” |
438 | GEN 18:13 | तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “‘बुढेसकालमा मैले छोराछोरी पाउँछु र भनेर सारा किन हाँसी’? |
439 | GEN 18:14 | परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? अर्को साल मैले तोकेको समयमा म तँकहाँ फर्किआउनेछु । अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ ।” |
442 | GEN 18:17 | तर परमप्रभुले भन्नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ? |
448 | GEN 18:23 | तब अब्राहामले नजिक गएर भने, ‘के तपाईंले धर्मीहरूलाई पनि दुष्टहरूसँगै नष्ट गर्नुहुनेछ? |
449 | GEN 18:24 | सायद त्यस सहरमा पचास धर्मी जन छन् होला । के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र? |
450 | GEN 18:25 | धर्मीलाई पनि दुष्टलाई जस्तै व्यवहार गरेर दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्वीका न्यायकर्ताले न्यायोचित काम गर्नुहुन्न र? |
453 | GEN 18:28 | यदि त्यहाँ पाँच कम पचास जना धर्मी जन रहेछन् भने? केवल पाँच मात्र घटी भएको कारण तपाईं सारा सहरलाई नै नाश गर्नुहुनेछ?” त्यसपछि उहाँले भन्नुभयो, “यदि मैले त्यहाँ पैँतालीस पाएँ भने म त्यो नाश गर्नेछैनँ ।” |
454 | GEN 18:29 | तिनले फेरि उहाँसँग बोल्दै भने, “यदि त्यहाँ चालीस रहेछन् भने?” उहाँले भन्नुभयो, “चालीस जनाका खातिर पनि म त्यसो गर्नेछैनँ।” |
455 | GEN 18:30 | तिनले भने, “परमप्रभु रिसानी नहोस् ताकि म अझै बोल्न सकूँ । यदि त्यहाँ तिस जना पाइए भने?” उहाँले भन्नुभयो, “त्यहाँ तिस जना नै पाएँ भने पनि म त्यसो गर्नेछैनँ ।” |
456 | GEN 18:31 | तिनले भने, “हेर्नुहोस्, मैले परमप्रभुसँग कुरा गर्ने आँट गरेको छु । बिस जना पाइए भने?” उहाँले भन्नुभयो, “बिस जनाका खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ ।” |
457 | GEN 18:32 | तिनले भने, “परमप्रभु रिसानी नहोस्। अब अन्तिम एक पल्ट बोल्नेछु । सायद त्यहाँ दस जना पाइन्छन् होला?” उहाँले भन्नुभयो, “दश जनाका खातिर पनि म त्यो नाश गर्नेछैनँ ।” |
463 | GEN 19:5 | तिनीहरूले लोतलाई बोलाएर भने, “साँझ तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई बाहिर हामीकहाँ ल्याऊ, ताकि हामी तिनीहरूसँग सुत्न सकौँ ।” |
470 | GEN 19:12 | त्यसपछि ती मानिसहरूले लोतलाई भने, “के तिमीकहाँ अरू कोही छन्? जुवाइँ, छोराहरू, छोरीहरू, र यस सहरमा तिम्रा जो कोही छन्, सबैलाई यस सहरबाट बाहिर लैजाऊ । |
478 | GEN 19:20 | हेर्नुहोस्, त्यहाँको सहर भाग्नको निम्ति नजिक छ, र त्यो सानो पनि छ । कृपया, मलाई त्यहाँ भाग्न दिनुहोस् (के त्यो सानोचाहिँ होइन र?), र मेरो जीवन बच्नेछ ।” |
500 | GEN 20:4 | अबीमेलेक तिनको नजिक गएका थिएनन् र उनले भने, “परमप्रभु के तपाईंले धार्मिक जातिलाई पनि मार्नुहुन्छ र? |
501 | GEN 20:5 | के त्यो आफैँले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेर भनेको थिएन र? त्यस स्त्रीले पनि, ‘तिनी मेरा दाजु हुन्’ भनेर भनेकी थिई । मेरो हृदयको इमान्दारी र मेरा निर्दोष हातद्वारा मैले यो गेरको हुँ ।” |
505 | GEN 20:9 | त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले यो हामीलाई के गर्यौ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ? तिमीले मसित गर्न नहुने काम गर्यौ ।” |
506 | GEN 20:10 | अबीमेलेकले अब्राहामलाई भने, “के कुराले तिमीलाई यस्तो काम गर्न लगायो?” |
531 | GEN 21:17 | परमप्रभुले त्यस बालकको सोर सुन्नुभयो, र स्वर्गबाट परमप्रभुको एउटा दूतले हागारलाई बोलाएर भने, “हागार, तिमीलाई के कुराले सताइरहेको छ? नडराऊ, किनकि त्यस बालक भएको ठाउँबाट त्यसको सोर परमप्रभुले सुन्नुभएको छ । |
543 | GEN 21:29 | अबीमेलेकले अब्राहामलाई भने, “तिमीले छुट्ट्याएर राखेको यी सात पाठीको अर्थ के हो?” |
555 | GEN 22:7 | इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा,” अनि तिनले भने, “म यहीँ छु, मेरो छोरा ।” त्यसले भन्यो, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिको लागि थुमाचाहिँ खोइ?” |
587 | GEN 23:15 | “हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस् । जग्गाको मोल चाँदीका चार सय सिक्का हो, तर मेरो र तपाईंको बीचमा त्यो के हो र? लाशलाई गाड्नुहोस् ।” |
597 | GEN 24:5 | त्यस नोकरले तिनलाई भन्यो, “यदि त्यो स्त्री मेरो पछि लागेर यस देशमा आउने इच्छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?” |
615 | GEN 24:23 | भन्यो, “तिमी कसकी छोरी हौ? कृपया मलाई भन, के तिम्रा बुबाको घरमा रात गुजार्नको निम्ति हाम्रो निम्ति ठाउँ छ?” |
623 | GEN 24:31 | त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस् । किन बाहिरै उभिरहनुहुन्छ? मैले तपाईंको निम्ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।” |
631 | GEN 24:39 | मैले मेरो मालिकलाई भनेँ, 'सायद त्यो स्त्री मेरो साथमा आउन मान्दिन होला?' |
639 | GEN 24:47 | “मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधेँ । “तिनले भनिन्, ‘नाहोर र मिल्काका छोरा बतूएलकी छोरी हुँ ।’ तब मैले तिनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिएँ । |
650 | GEN 24:58 | अनि तिनीहरूले रिबेकालाई डाकेर सोधे, “के तिमी यस मानिसको साथमा जान्छ्यौ?” तिनले भनिन्, “म जान्छु ।” |
657 | GEN 24:65 | तिनले नोकरलाई भनिन्, “हामीलाई भेट्न बाहिर हिँड्दै आउने मानिस को हुन्?” त्यस नोकरले भन्यो, “उनी त मेरा मालिक हुन् ।” तब रिबेकाले घुम्टो हालेर आफ्नो अनुहार छोपिन् । |
681 | GEN 25:22 | तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे, र तिनले भनिन् “मलाई किन यस्तो भयो?” तिनले यसको बारेमा परमप्रभुसँग सोधिन् । |
691 | GEN 25:32 | एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?” |
702 | GEN 26:9 | अबीमेलेकले इसहाकलाई आफूकहाँ बोलाएर भने, “हेर, तिनी पक्कै पनि तिम्री पत्नी हुन् । किन तिमीले ‘तिनी मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले उनलाई भने, “किनभने तिनलाई प्राप्त गर्नको निम्ति कसैले मार्लान् भन्ने मैले सोचें ।” |
703 | GEN 26:10 | अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्नीसित सजिलै नराम्रो कर्म गर्ने थियो, र तिमीले हामीमाथि दोष ल्याउने थियौ ।” |
721 | GEN 26:28 | हुनुहुन्छ?” त्यसपछि तिनीहरूले भने, “हामीले प्रस्टै देख्यौँ कि परमप्रभु तपाईंसँग हुनुहुन्छ । यसैले हाम्रा बिचमा, अर्थात् तपाईं र हाम्रा बिचमा एउटा सम्झौता होस् भन्ने हामीले निर्णय गर्यौँ, |
746 | GEN 27:18 | याकूबले आफ्ना पिताकहाँ गएर भने, “बुबा ।” इसहाकले भने, “हँ, तँ को होस्?” |
748 | GEN 27:20 | इसहाकले आफ्ना छोरालाई भने, “मेरो छोरो, कसरी तैँले यति चाँडै त्यो भेट्टाउन सकिस्?” तिनले भने, “परमप्रभु तपाईंका परमेश्वरले यसलाई मकहाँ ल्याउनुभयो ।” |
752 | GEN 27:24 | इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव नै होस्?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ ।” |
760 | GEN 27:32 | उनका पिता इसहाकले उनलाई सोधे, “तँ को होस्?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ ।” |
761 | GEN 27:33 | इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष् दिइसकेँ । वास्तवमा, त्योचाहिँ आशीर्वादी हुनेछ।” |
764 | GEN 27:36 | एसावले भने, “त्यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्यसले मलाई दुई पल्ट ठग्यो । त्यसले मेरो ज्येष्ठ-अधिकार हर्यो, र अहिले मैले पाउने आशिष् पनि लग्यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्ति एउटै आशिष् पनि जगेडा राख्नुभएको छैन?” |
765 | GEN 27:37 | इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्यसलाई तेरो मालिक तुल्याइसकेँ । र त्यसका सबै दाजुभाइहरूलाई मैले त्यसका दास तुल्याएँ । अन्न र दाखमद्यले मैले त्यसलाई तृप्त पारेको छु । अब तेरो निम्ति म के गर्न सक्छु र, छोरो?” |
766 | GEN 27:38 | एसावले आफ्ना पितालाई भने, “तपाईंसित मेरो निम्ति एउटै मात्र आशिष् छैन र मेरा बुबा? मलाई पनि त आशिष् दिनुहोस् ।” एसाव डाँको छोडेर रोए । |
773 | GEN 27:45 | तैंले त्यसमाथि गरेको काम बिर्सन्छ । त्यसपछि म तँलाई त्यहाँबाट लिन पठाउनेछु । मैले एकै दिनमा तिमीहरू दुवै जनालाई किन गुमाउने?” |
774 | GEN 27:46 | रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्त्रीहरूको कारण मेरो जीवनै हैरान भइसक्यो । यदि याकूबले यस देशका स्त्रीहरूजस्तै हित्तीका छोरीहरूमध्ये एउटीलाई विवाह गर्यो भने मेरो लागि मेरो जीवनको के फाइदा हुन्छ र?” |
800 | GEN 29:4 | याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले भने, “हामी हारानका हौँ ।” |
801 | GEN 29:5 | उनले तिनीहरूलाई भने, “तिमीहरू नाहोरका छोरो लाबानलाई चिन्छौ?” तिनीहरूले भने, “हामी तिनलाई चिन्छौँ ।” |
802 | GEN 29:6 | उनले तिनीहरूलाई सोधे, “के उहाँ सन्चै हुनुहुन्छ?” तिनीहरूले भने, “उहाँ सन्चै हुनुहुन्छ, र हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन् ।” |
811 | GEN 29:15 | त्यसपछि लाबानले याकूबलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्याला कति हो मलाई भन ।” |
821 | GEN 29:25 | याकूबले बिहान हेर्दा त लेआ पो रहिछन् । तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको? मैले राहेलको निम्ति सेवा गरेको होइन र? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो?” |
833 | GEN 30:2 | राहेलमाथि याकूबको क्रोध दन्कियो । तिनले भने, “के तिमीलाई सन्तान दिनबाट रोक्नु हुने म परमेश्वरको स्थानमा छु र? |
846 | GEN 30:15 | लेआले उनलाई भनिन्, “के तिमीले मेरा पति मबाट लैजानु सामान्य विषय हो र? अब तिमी मेरो छोराका विशाखमूलहरू पनि लिन चाहन्छ्यौ? राहेलले भनिन्, “त्यसो भए, तिम्रो छोराका विशाखमूलहरूको सट्टामा आज राति तिनी तिमीसितै सुत्नेछन् ।” |
861 | GEN 30:30 | म आउनुअगि तपाईंसित थोरै मात्र थियो तर अहिले प्रचुर मात्रामा वृद्धि भएका छन् । मैले जहाँसुकै काम गरे तापनि परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ । अब मेरो आफ्नै घरानाको निम्तिचाहिँ मैले कहिले बन्दोवस्त गर्ने?” |
862 | GEN 30:31 | त्यसैले लाबानले भने, “म तिमीलाई के दिऊँ?” याकूबले भने, “तपाईंले मलाई केही पनि दिनुपर्दैन । तपाईंले मलाई केही दिनुभयो भने मैले फेरि तपाईंको बगाललाई खुवाउनुपर्ने हुन्छ र यसको हेरचाह गर्नुपर्ने हुन्छ । |
888 | GEN 31:14 | राहेल र लेआले तिनलाई जवाफ दिएर भने, “के हाम्रा पिताको घरमा हाम्रा निम्ति हकको कुनै भाग छ र? के उहाँले हामीलाई विदेशीहरूलाई जस्तै व्यवहार गर्नुभएको छैन र? |
900 | GEN 31:26 | लाबानले याकूबलाई भने, “तिमीले मेरा छोरीहरूलाई युद्धका कैदीहरूलाई जस्तै गरी लगेर मलाई छल गरी यो के गरेको? |
901 | GEN 31:27 | किन तिमीले मलाई नबताईकन सुटुक्क भागेर धोका दियौ? गीत गाउँदै वीणा र खैँजडी बजाउँदै उत्सवको साथमा मैले तिमीलाई बिदा गर्ने थिएँ । |
904 | GEN 31:30 | अब तिमीले आफ्ना पिताको घरमा फर्कने चाहना गरेकाले तिमी आइसकेका छौ । तर तिमीले मेरा घर-देवताहरू किन चोरी गर्यौ? |
910 | GEN 31:36 | याकूब रिसाए र तिनले लाबानलाई हप्काए, “मेरो दोष के हो? मेरो पाप के हो जसको लागि तपाईंले मेरो यसरी पिछा गर्नुभयो? |
911 | GEN 31:37 | तपाईंले मेरा सबै मालसामानको खोजी गरिसक्नुभयो । के तपाईंले कुनै आफ्ना घरेलु सामानहरू फेला पार्नुभयो? पाउनुभएको छ भने ती हाम्रा आफन्तहरूको सामु राखिदिनुहोस् ताकि तिनीहरूले हामी दुईको बिचमा न्याय गरून् । |
917 | GEN 31:43 | लाबानले याकूबलाई जवाफ दिई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्; यी नातिनातिनाहरू मेरै नातिनातिनाहरू हुन् र यी बगालहरू मेरै बगालहरू हुन् । तिमीले देखेका यी सबै मेरै हुन् । तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोराछोरीहरूलाई म के नै गर्न सक्छु र? |
946 | GEN 32:18 | तिनले पहिलो कमारोलाई यसो भन्दै निर्देशन दिए, “मेरा दाजु एसावले तँलाई भेटेर 'तँ कसको होस्? तँ कहाँ जाँदै छस्? तेरो अगिअगि आएका यी पशुहरू कसका हुन्? भनेर सोधे भने |
956 | GEN 32:28 | ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब ।” |
958 | GEN 32:30 | याकूबले तिनलाई सोधे, “कृपया, मलाई तपाईंको नाउँ बताइदिनुहोस् ।” तिनले भने, “किन तिमी मेरो नाउँ सोध्छौ?” त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए । |
966 | GEN 33:5 | एसावले हेर्दा तिनले स्त्रीहरू र केटाकेटीहरूलाई देखे । तिनले भने, “तिमीसँगै आएका यी मानिसहरू को हुन्?” याकूबले भने, “तपाईंका दासलाई परमेश्वरले अनुग्रहसाथ दिनुभएका छोराछोरीहरू हुन् ।” |
969 | GEN 33:8 | एसावले भने, “मैले भेटेका यी सबै दलको अर्थ के हो?” याकूबले जवाफ दिए, “मेरा मालिकको दृष्टिमा निगाह प्राप्त गर्नलाई हो ।” |
976 | GEN 33:15 | एसावले भने, “म तिमीसित भएका केही मानिसहरूसित मेरा केही मानिसहरू छाडिदिन्छु ।” तर याकूबले भने, “किन त्यसो गर्ने?” मेरा मालिकको दृष्टिमा मैले निगाह पाए त भइहाल्यो नि ।” |
1004 | GEN 34:23 | के तिनीहरूका सबै गाईबस्तु र सम्पत्ति अर्थात् जनावरहरू हाम्रा हुनेछैनन् र? त्यसैले तिनीहरूसित सहमत होऔँ र तिनीहरू हामीसित बसून् ।” |
1012 | GEN 34:31 | तर शिमियोन र लेवीले भने, “के शकेमले हाम्री बहिनीलाई वेश्यालाई जस्तै व्यवहार गर्नहुन्छ?” |
1092 | GEN 37:8 | उनका दाजुहरूले उनलाई भने, “के तैँले साँच्चै हामीमाथि शासन गर्नेछस्? के साँच्चै हामीमाथि तैँले अधिकार गर्नेछस्?” उनका सपना र उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । |
1094 | GEN 37:10 | आफ्ना दाजुहरूलाई झैँ उनले यो कुरा आफ्ना बुबालाई पनि बताए, तर उनका बुबाले उनलाई हप्काए । तिनले उनलाई भने, “तिमीले देखेको यो सपना के हो? के तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?” |
1097 | GEN 37:13 | इस्राएलले योसेफलाई भने, “के तिम्रा दाजुहरू शकेममा भेडाबाख्राहरूका बगाल चराइरहेका छैनन् र? आऊ, र म तिमीलाई तिनीहरूकहाँ पठाउनेछु ।” योसेफले तिनलाई भने, “म तयार छु ।” |
1099 | GEN 37:15 | एक जना मानिसले योसेफलाई भेट्टाए । योसेफ खेतमा डुलिरहेका थिए । त्यस मानिसले उनलाई सोधे, “तिमी के खोजिरहेका छौ?” |
1110 | GEN 37:26 | यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा? |
1114 | GEN 37:30 | उनी आफ्ना दाजुभाइहरूकहाँ फर्के र भने, “त्यो केटो त त्यहाँ छैन! अब म कहाँ जाऊँ?” |
1136 | GEN 38:16 | तिनी आफ्नी बुहारी हुन् भन्ने थाहा नभएर उनी तिनीकहाँ सडकको किनारमा गए र भने, “आऊ, मलाई तिमीसँग सुत्न देऊ” अनि तिनले भनिन्, “तपाईं मसँग सुत्नका लागि मलाई के दिनुहुन्छ?” |
1137 | GEN 38:17 | उनले भने, “म तिम्रो निम्ति बगालबाट एउटा पाठो दिनेछु ।” तिनले भनिन्, “के तपाईंले त्यो मकहाँ नपठाउन्जेल केही बन्धक राख्नुहुनेछ?” |
1138 | GEN 38:18 | उनले भने, “म तिमीलाई बन्धकको रूपमा के दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप, त्यसको डोरी, र तपाईंको हातमा भएको त्यो लौरो ।” उनले ती सबै तिनलाई दिए र तिनीसँग सुते, अनि तिनी उनीद्वारा गर्भवती भइन् । |
1141 | GEN 38:21 | त्यसपछि त्यस अदुल्लामवासीले त्यहाँका मानिसहरूलाई सोधे, “मन्दिरमा सेवा गर्ने त्यो वेश्या कहाँ गई जो सडक नजिक एनैममा थिई?” तिनीहरूले भने, “मन्दिरमा सेवा गर्ने कोही वेश्या यहाँ छैन ।” |
1159 | GEN 39:9 | मभन्दा ठुलो यस घरमा कोही छैन । उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्नी हुनुहुन्छ । यसैकारण मैले कसरी यस्तो दुष्ट काम गरी परमेश्वरको विरुद्ध पाप गर्न सक्छु?” |
1180 | GEN 40:7 | उनले आफ्ना मालिकका घरमा भएको झ्यालखानामा उनीसँगै भएका फारोका अधिकारीहरूलाई भने, “तपाईंहरू आज किन यति धेरै उदास देखिनुहुन्छ?” |
1181 | GEN 40:8 | तिनीहरूले उनलाई भने, “हामी दुवैले एउटा सपना देखेका छौँ र कसैले पनि त्यसको अर्थ खोल्न सकेको छैन ।” योसेफले तिनीहरूलाई भने, “के सबै अर्थहरू परमेश्वरका नै होइनन् र? कृपया, मलाई ती बताउनुहोस् ।” |
1234 | GEN 41:38 | फारोले आफ्ना कामदारहरूलाई भने, “यिनीजस्तै परमेश्वरको आत्मा भएको अर्को कुनचाहिँ मानिस हामी पाउन सक्छौँ र?” |