66 | GEN 3:10 | मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्गै थिएँ । यसैकारण म लुकेँ ।” |
68 | GEN 3:12 | मानिसले भन्यो, “तपाईंले मसँगै रहनलाई दिनुभएको स्त्रीले मलाई त्यस रुखको फल दिई, र मैले त्यो खाएँ ।” |
94 | GEN 4:14 | वास्तवमा, आज तपाईंले मलाई यस जग्गाबाट धपाउनुभएको छ र म तपाईंको नजरबाट लुक्नेछु । म पृथ्वीमा भगुवा र आवारा हुनेछु र जसले भेट्टाउँछ त्यसले मलाई मार्नेछ ।” |
139 | GEN 6:1 | मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्मे, |
149 | GEN 6:11 | परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र हिंसाले भरिएको थियो । |
151 | GEN 6:13 | परमेश्वरले नोआलाई भन्नुभयो, “यो सबै प्राणीको अन्त गर्ने समय आएको म देख्न सक्छु, किनभने पृथ्वी तिनीहरूको हिंसाले भरिएको छ । वास्तवमा, मैले तिनीहरूलाई पृथ्वीसँगै नष्ट पार्नेछु । |
253 | GEN 10:18 | अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए । |
255 | GEN 10:20 | तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए । |
266 | GEN 10:31 | तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए । |
267 | GEN 10:32 | तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए । |
270 | GEN 11:3 | तिनीहरूले आपसमा भने, “आओ, ईंटहरू बनाऔँ र तिनीहरूलाई राम्ररी पलौँ ।” तिनीहरूसँग ढुङ्गाको सट्टामा ईंट थियो र हिलोको सट्टामा अलकत्रा थियो । |
314 | GEN 12:15 | फारोका अधिकारीहरूले तिनलाई देखे र फारोको सामु तिनको प्रशंसा गरे र ती स्त्रीलाई फारोको घरानामा लगियो । |
357 | GEN 14:20 | सर्वोच्च परमेश्वर धन्यको हौऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पनुभएको छ ।” तब अब्रामले तिनका सबै थोकको दशांश उनलाई दिए । |
360 | GEN 14:23 | मैले तपाईंबाट एउटा धागोम जुत्ताको फित्ता वा कुनै पनि कुरा लिनेछैन, ताकि 'मैले अब्रामलाई धनी बनाएको छु' भनी तपाईंले कहिल्यै भन्न सक्नुहुनेछैन । |
363 | GEN 15:2 | अब्रामले भने, “हे परमप्रभु, तपाईंले मलाई के दिनुहुन्छ र?, किनभने म सनतानविहीन रहिरहेको छु र मेरो गरको उत्तराधिकार दमस्कसको एलीएजर हुनेछ ।” |
364 | GEN 15:3 | अब्रामले भने, “हे्र्नुहोस्, तपाईंले मलाई कुनै पनि सन्तान नदिनुभएको हुनाले मेरो घरको भण्डारे नै मेरो उत्तराधिकार हुन्छ ।” |
387 | GEN 16:5 | त्यसपछि साराइले अब्रामलाई भनिन्, “ममाथि भएको यो खराबी तपाईंको कारणले हो । मैले मेरी कमारी तपाईंको अँगालोमा दिएँ, अनि जब त्यसले आफू गर्भवती भएको चाल पाई, त्यसको दृष्टिमा म तुच्छ भएँ । परमेश्वरले तपाईं र मेरो बिचमा इन्साफ गरून् ।” |
395 | GEN 16:13 | त्यसपछि त्यसले आफूसँग बात गर्नुहुने परमेश्वरका दूतलाई यो नाउँ दिई, “तपाईं मलाई देख्नुहुने परमप्रभु हुनुहुन्छ,” किनकि त्यसले भनी, “के उहाँले मलाई देखिसकेपछि पनि म उहाँलाई साँच्चै देखिरहन्छु?” |
416 | GEN 17:18 | अब्राहामले परमेश्वरलाई भने, “इश्माएल नै तपाईंको आशिष््मा बाँचिरहे त हुन्छ!” |
428 | GEN 18:3 | तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्नो दासलाई छोडेर नजानुहोस् । |
429 | GEN 18:4 | केही पानी ल्याउन दिनुहोस्, र तपाईंहरू आफ्ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस् । |
430 | GEN 18:5 | मलाई केही रोटी ल्याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस् । त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्नुहुन्छ, किनभने तपाईंहरू आफ्नो दासकहाँ आउनुभएको छ ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर ।” |
448 | GEN 18:23 | तब अब्राहामले नजिक गएर भने, ‘के तपाईंले धर्मीहरूलाई पनि दुष्टहरूसँगै नष्ट गर्नुहुनेछ? |
450 | GEN 18:25 | धर्मीलाई पनि दुष्टलाई जस्तै व्यवहार गरेर दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्वीका न्यायकर्ताले न्यायोचित काम गर्नुहुन्न र? |
453 | GEN 18:28 | यदि त्यहाँ पाँच कम पचास जना धर्मी जन रहेछन् भने? केवल पाँच मात्र घटी भएको कारण तपाईं सारा सहरलाई नै नाश गर्नुहुनेछ?” त्यसपछि उहाँले भन्नुभयो, “यदि मैले त्यहाँ पैँतालीस पाएँ भने म त्यो नाश गर्नेछैनँ ।” |
460 | GEN 19:2 | तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्न सक्नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ । |
466 | GEN 19:8 | हेर्नुहोस्, मेरा दुई छोरी छन् जो कुनै मानिससँग सुतेका छैनन् । म बिन्ती गर्दछु, मेरा छोरीहरूलाई तपाईंहरूकहाँ ल्याउन दिनुहोस्, र तपाईंहरूको नजरमा जे असल लाग्छ तिनीहरूसँग त्यही गर्नुहोस् । केवल यी मानिसहरूलाई केही नगर्नुहोस्, किनभने उनीहरू मेरो छतको छायामुनि आएका पाहुना हुन् ।” |
477 | GEN 19:19 | तपाईंका दृष्टिमा तपाईंको दासले कृपा पाएको छ, र मेरो प्राण बचाउनको निम्ति ममाथि तपाईंहरूले ठुलो दया देखाउनुभएको छ, तर म पहाडहरूतिर भाग्न सक्दिनँ, किनभने ममाथि विपत्ति आइलाग्नेछ र म मर्नेछु । |
489 | GEN 19:31 | जेठीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भएका छन्, र सारा संसारको रीतिअनुसार हामीसँग सुत्ने कहीँ पनि कोही मानिस छैन । |
490 | GEN 19:32 | आऊ, हाम्रो बुबालाई मद्य पिउन लगाऔँ, अनि हाम्रो बुबाको वंशलाई बिस्तार गर्न हामी उहाँसँग सुतौँ ।” |
492 | GEN 19:34 | अर्को दिन जेठीले कान्छीलाई भनिन्, “सुन, गएको रात म मेरो बुबासँग सुतेँ । आजको रातमा पनि उहाँलाई मद्य पिउन लगाऔँ, र हाम्रो बुबाको वंश विस्तार गर्नको निम्ति तिमी गएर उहाँसँग सुत ।” |
500 | GEN 20:4 | अबीमेलेक तिनको नजिक गएका थिएनन् र उनले भने, “परमप्रभु के तपाईंले धार्मिक जातिलाई पनि मार्नुहुन्छ र? |
526 | GEN 21:12 | तर परमप्रभुले अब्राहामलाई भन्नुभयो, “त्यो केटो र तेरी कमारी स्त्रीको निम्ति दुःख नमान् । यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन्, किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ । |
527 | GEN 21:13 | त्यस कमारी स्त्रीको छोरोबाट पनि म एउटा जाति तयार गर्नेछु किनकि त्यो तेरै वंश हो ।” |
544 | GEN 21:30 | तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्त गर्नुहुनेछ ।” |
560 | GEN 22:12 | उनले भने, “तेरो हात त्यस केटामाथि नउठा, न त त्यसलाई केही गर, आफ्नो एक मात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस् भन्ने देखेर तैँले परमेश्वरको भय मान्दोरहेछस् भनी मैले अब थाहा पाएँ |
564 | GEN 22:16 | यो परमप्रभुको घोषणा हो, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले |
566 | GEN 22:18 | तेरा सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशिषित्् हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस् ।” |
568 | GEN 22:20 | यी कुराहरू भएको केही समयपछि “मिल्काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्माइन्” भन्ने कुरा अब्राहामले सुने । |
576 | GEN 23:4 | “म तपाईंहरूका बिचमा एक प्रवासी हुँ । मसँग भएको लाशलाई गाड्न चिहानको लागि तपाईंहरूसँग भएको कुनै जमिन मलाई दिनुहोस् ।” |
578 | GEN 23:6 | “मालिक, हाम्रा कुरा सुन्नुहोस् । तपाईं हाम्रो बिचमा परमेश्वरका राजकुमार हुनुहुन्छ । हाम्रा चिहानमध्ये सबैभन्दा असलचाहिँ छानेर लाश गाड्नुहोस् । तपाईंले लाशलाई गाड्नुहोस्, हामीमध्ये कसैले पनि आफ्नो चिहान तपाईंलाई दिन इन्कार गर्नेछैन ।” |
580 | GEN 23:8 | तिनले तिनीहरूलाई यसो भने, “यदि मैले यो लाश गाड्न तपाईंहरूलाई मन्जुर छ भने मेरो कुरो सुन्नुहोस् र सोहोरका छोरा एप्रोनसित मेरो निम्ति बिन्ती गरिदिनुहोस् । |
583 | GEN 23:11 | “होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस् । म तपाईंलाई त्यो खेत र त्यसमा भएको ओडार पनि दिन्छु । मेरा मानिसहरूका छोराहरूकै सामुन्ने म त्यो तपाईंलाई दिन्छु। म तपाईंलाई लाश गाड्नको निम्ति त्यो दिन्छु ।” |
585 | GEN 23:13 | अनि तिनले त्यस ठाउँका मानिसहरूले सुन्ने गरी एप्रोनलाई भने, “तर यदि तपाईंको मन्जुरी भए मेरो कुरा सुन्नुहोस् । म त्यस जग्गाको मोल तिर्नेछु । मबाट पैसा लिनुहोस्, र म त्यहाँ लाश गाड्नेछु |
587 | GEN 23:15 | “हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस् । जग्गाको मोल चाँदीका चार सय सिक्का हो, तर मेरो र तपाईंको बीचमा त्यो के हो र? लाशलाई गाड्नुहोस् ।” |
597 | GEN 24:5 | त्यस नोकरले तिनलाई भन्यो, “यदि त्यो स्त्री मेरो पछि लागेर यस देशमा आउने इच्छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?” |
606 | GEN 24:14 | यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस् । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु ।” |
611 | GEN 24:19 | त्यसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्ति पनि तिनीहरूले पिई नसकुञ्जेल म पानी उघाएर दिनेछु ।” |
623 | GEN 24:31 | त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस् । किन बाहिरै उभिरहनुहुन्छ? मैले तपाईंको निम्ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।” |
634 | GEN 24:42 | यसैले आज इनारमा आइपुगेर मैले यसो भनेँ, 'हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर, मेरो यात्रा सफल गराइदिने तपाईंको इच्छा भए, |
636 | GEN 24:44 | तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भनिन् भने, मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको स्त्री त्यही होस् । |
638 | GEN 24:46 | “तिनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो झारेर भनिन्, ‘पिउनुहोस् र म तपाईंका ऊँटहरूका निम्ति पनि पानी पिउन दिनेछु ।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी पिउन दिइन् । |
641 | GEN 24:49 | अब तपाईंहरू मेरा मालिकसँग करारको विश्वासयोग्यता र भरोसायोग्य व्यवहार गर्नुहुन्छ भने मलाई भन्नुहोस् । होइन भने पनि मलाई भन्नुहोस्, र म दाहिने-देब्रे जता हुन्छ लागुँला ।” |
642 | GEN 24:50 | तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो । हामी तपाईंलाई खराब अथवा असल केही भन्न सक्दैनौँ । |
643 | GEN 24:51 | हेर्नुस्, रिबेका तपाईँको सामुन्ने छे । त्यसलाई लिएर जानुस्, र परमप्रभुले भन्नुभएजस्तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्नी होस् ।” |
690 | GEN 25:31 | याकूबले भने, “पहिले तपाईंको ज्येष्ठ-अधिकार मलाई बेच्नुहोस् ।” |
697 | GEN 26:4 | तेरा सन्तानलाई आकाशका ताराहरूझैँ बढाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु । संसारका सबै जातिहरूले तेरै सन्तानहरूद्वारा आशिष् पाउनेछन् । |
702 | GEN 26:9 | अबीमेलेकले इसहाकलाई आफूकहाँ बोलाएर भने, “हेर, तिनी पक्कै पनि तिम्री पत्नी हुन् । किन तिमीले ‘तिनी मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले उनलाई भने, “किनभने तिनलाई प्राप्त गर्नको निम्ति कसैले मार्लान् भन्ने मैले सोचें ।” |
720 | GEN 26:27 | इसहाकले तिनीहरूलाई भने, “घृणा गरेर तपाईंहरूले आफ्नो बिचबाट मलाई निकाल्नुभयो, अनि तपाईंहरू अहिले किन मकहाँ आउँदै |
721 | GEN 26:28 | हुनुहुन्छ?” त्यसपछि तिनीहरूले भने, “हामीले प्रस्टै देख्यौँ कि परमप्रभु तपाईंसँग हुनुहुन्छ । यसैले हाम्रा बिचमा, अर्थात् तपाईं र हाम्रा बिचमा एउटा सम्झौता होस् भन्ने हामीले निर्णय गर्यौँ, |
722 | GEN 26:29 | ताकि जसरी हामीले तपाईंको कुनै हानी गरेनौँ र तपाईंसँग राम्रो व्यवहार गर्यौँ अनि तपाईंलाई शान्तिमा पठायौँ । त्यसरी नै तपाईंले पनि हाम्रो कुनै हानि गर्नुहुनेछैन । तपाईं साँच्चै नै परमप्रभुबाट आशिषित् हुनुहुन्छ ।” |
738 | GEN 27:10 | अनि तैंले त्यो तेरा बुबाकहाँ लैजा, ताकि तिनले यो खाएर आफ्नो मृत्युअगि तँलाई आशिष् देऊन् ।” |
747 | GEN 27:19 | याकूबले आफ्ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ । तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु । अब उठेर बस्नुहोस्, र मैले ल्याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष् दिनुहोस् ।” |
748 | GEN 27:20 | इसहाकले आफ्ना छोरालाई भने, “मेरो छोरो, कसरी तैँले यति चाँडै त्यो भेट्टाउन सकिस्?” तिनले भने, “परमप्रभु तपाईंका परमेश्वरले यसलाई मकहाँ ल्याउनुभयो ।” |
760 | GEN 27:32 | उनका पिता इसहाकले उनलाई सोधे, “तँ को होस्?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ ।” |
763 | GEN 27:35 | इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष् लग्यो ।” |
764 | GEN 27:36 | एसावले भने, “त्यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्यसले मलाई दुई पल्ट ठग्यो । त्यसले मेरो ज्येष्ठ-अधिकार हर्यो, र अहिले मैले पाउने आशिष् पनि लग्यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्ति एउटै आशिष् पनि जगेडा राख्नुभएको छैन?” |
766 | GEN 27:38 | एसावले आफ्ना पितालाई भने, “तपाईंसित मेरो निम्ति एउटै मात्र आशिष् छैन र मेरा बुबा? मलाई पनि त आशिष् दिनुहोस् ।” एसाव डाँको छोडेर रोए । |
768 | GEN 27:40 | तैंले आफ्नो तरवारको बलले जीविका चलाउनेछस् र तैंले तेरो भाइको सेवा गर्नेछस् । तर जब तैंले विद्रोह गर्नेछस्, तब त्यसको जुवा तेरो काँधबाट हल्लाएर फ्याँक्नेछस् ।” |
773 | GEN 27:45 | तैंले त्यसमाथि गरेको काम बिर्सन्छ । त्यसपछि म तँलाई त्यहाँबाट लिन पठाउनेछु । मैले एकै दिनमा तिमीहरू दुवै जनालाई किन गुमाउने?” |
796 | GEN 28:22 | त्यसपछि मैले खामो बनाएको यो ढुङ्गाचाहिँ पवित्र ढुङ्गा हुनेछ । तपाईंले मलाई दिनुभए जति सबै थोकको दशांश म तपाईंलाई अवश्य चढाउनेछु ।” |
814 | GEN 29:18 | याकूबले राहेललाई प्रेम गरे, त्यसैले तिनले भने, “तपाईंकी कान्छी छोरी राहेलको निम्ति म सात वर्षसम्म तपाईंको सेवा गर्नेछु ।” |
821 | GEN 29:25 | याकूबले बिहान हेर्दा त लेआ पो रहिछन् । तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको? मैले राहेलको निम्ति सेवा गरेको होइन र? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो?” |
831 | GEN 29:35 | तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु ।” यसैले त्यसको नाउँ यहूदा राखियो । त्यसपछि तिनले जन्माउन छोडिन् । |
847 | GEN 30:16 | साँझमा याकूब खेतबाट आए । लेआ तिनलाई भेट्न गइन् र भनिन्, “आज राती तपाईं मसित सुत्नुपर्छ किनकि मैले तपाईंलाई मेरो छोराका विशाखमूलहरू दिएर भाडामा लिएको छु ।” त्यसैले त्यस रात याकूब उनीसित सुते । |