5 | GEN 1:5 | परमेश्वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्नुभयो । साँझ पर्यो र बिहान भयो - पहिलो दिन । |
8 | GEN 1:8 | परमेश्वरले त्यस क्षेत्रलाई “आकाश” भन्नुभयो । साँझ पर्यो र बिहान भयो - दोस्रो दिन । |
13 | GEN 1:13 | साँझ पर्यो र बिहान भयो - तेस्रो दिन । |
19 | GEN 1:19 | साँझ पर्यो र बिहान भयो - चौथो दिन । |
23 | GEN 1:23 | साँझ पर्यो र बिहान भयो - पाँचौँ दिन । |
31 | GEN 1:31 | परमेश्वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो । त्यो ज्यादै असल थियो । साँझ पर्यो र बिहान भयो - छैटौँ दिन । |
36 | GEN 2:5 | पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन । |
52 | GEN 2:21 | परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो । परमप्रभु परमेश्वरले त्यसका करङहरूमध्ये एउटा झिक्नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो । |
53 | GEN 2:22 | परमप्रभु परमेश्वरले मानिसबाट झिक्नुभएको करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो । |
54 | GEN 2:23 | मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।” |
64 | GEN 3:8 | अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्वरको नजरबाट लुके। |
110 | GEN 5:4 | आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । |
165 | GEN 7:5 | परमप्रभुले आज्ञा गर्नुभएझैँ नोआले सबै गरे । |
168 | GEN 7:8 | शुद्ध र अशुद्ध पशुहरू, पक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी, परमेश्वरले नोआलाई आज्ञा गर्नुभएझैँ |
171 | GEN 7:11 | नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा विशाल अगाधका मूलहरू फुटे र आकाशका झ्यालहरू खुले । |
176 | GEN 7:16 | भित्र प्रवेश गरेका प्राणीहरू सबैका भाले र पोथी थिए । परमेश्वरले आज्ञा दिनुभएझैँ तिनीहरू भित्र प्रवेश गरे । |
185 | GEN 8:1 | परमेश्वरले नोआ, तिनीसित जहाजमा भएका सबै जङ्गली पशुहरू र सबै पालिने पशुहरूलाई सम्झनुभयो । परमेश्वरले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न थाल्यो । |
186 | GEN 8:2 | अगाधका मूलहरू र स्वर्गका झ्यालहरू बन्द गरिए, अनि पानी पर्न रोकियो । |
190 | GEN 8:6 | चालिस दिनपछि नोआले आफूले बनाएको जहाजको झ्याल खोले । |
193 | GEN 8:9 | तर ढुकुरले आफ्नो खुट्टा राख्ने ठाउँ कतै पाएन, र त्यो जहाजमा नै तिनीकहाँ फर्क्यो किनकि पानीले अझै पनि पुरै जमिनलाई ढाकिरहेको थियो । तिनले आफ्नो हात पसारेर त्यसलाई समाती जहाजभित्र ल्याए । |
195 | GEN 8:11 | साँझमा त्यो ढुकुर तिनीकहाँ फर्क्यो । हेर! त्यसको चुच्चोमा भर्खरै टिपिएको ताजा भद्राक्षको पात थियो । त्यसैले, पानी जमिनबाट घटेछ भनी नोआले थाहा पाए । |
221 | GEN 9:15 | तब म मेरो करारलाई सम्झनेछु जुन करार मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीको बिचमा बाँधिएको छ । जलप्रलयले फेरि कहिल्यै सबै प्राणीलाई सर्वनाश गर्नेछैन । |
222 | GEN 9:16 | परमेश्वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्द्रेणीलाई हेर्नेछु ।” |
273 | GEN 11:6 | परमेप्रभुले भन्नुभयो, “हेर, तिनीहरू एउटै भाषामा एउटै मानिसझैँ छन् अनि तिनीहरूले यसो गर्न सुरु गरिरहेका छन् । तिनीहरूले गर्न चाहेको कुनै पनि कुरा तिनीहरूको निम्ति असम्भव हुनेछैन । |
274 | GEN 11:7 | आओ, हामी तल जाऔँ र तिनीहरूका भाषा खलबलाइ दिऔँ, ताकि तिनीहरू एउटाले भनेको अर्काले बुझ्न सकून् ।” |
297 | GEN 11:30 | सारा बाँझी थिइन्; तिनको कुनै बालबच्चाहरू थिएनन् । |
309 | GEN 12:10 | त्यो भूमिमा अनिकाल लागेको थियो, यसैले अब्राम बस्नलाई मिश्रतिर झरे (गए), किनकि त्यो भूमिमा निकै अनिकाल लागेको थियो । |
326 | GEN 13:7 | अब्राम र लोतका गाईवस्तुहरू र भेडाबाख्राका गोठालाहरूबिच झगडा भयो । त्यस बेला त्यहाँ कनानीहरू र परिज्जीहरू बस्दथे । |
327 | GEN 13:8 | यसैले अब्रामले लोतलाई भने, “तिम्रो र मेरा गोठालाहरूबिच झगडा नहोस्, आखिर हामी त परिवार नै हौँ । |
372 | GEN 15:11 | शिकारी चराहरू सिनोहरूमाथि झम्टिँदा अब्रामले तिनीहरूलाई धपाए । |
377 | GEN 15:16 | तिनीहरू चौथो पुस्तामा फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्मको सिमा अझै पुगेको छैन ।” |
378 | GEN 15:17 | सूर्य अस्ताउँदा र साँझ पर्दा, हेर, धूवाँ आइरहेको मकल र बलिरहेको आगोको ज्वाला ती फ्याकहरूका बिच भएर गयो । |
393 | GEN 16:11 | परमेश्वरका दूतले यो पनि भने, “हेर्, तँ गर्भवती भएकी छेस् र एउटा छोरो जन्माउनेछेस्, र तैँले त्यसको नाम इश्माएल राख्नेछेस् किनकि परमप्रभुले तेरो दुःख सुन्नुभएको छ । मानिसहरूमा त्यो एउटा जङ्गली गधाझैँ हुनेछ । |
455 | GEN 18:30 | तिनले भने, “परमप्रभु रिसानी नहोस् ताकि म अझै बोल्न सकूँ । यदि त्यहाँ तिस जना पाइए भने?” उहाँले भन्नुभयो, “त्यहाँ तिस जना नै पाएँ भने पनि म त्यसो गर्नेछैनँ ।” |
459 | GEN 19:1 | साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए । उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे, र आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे । |
463 | GEN 19:5 | तिनीहरूले लोतलाई बोलाएर भने, “साँझ तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई बाहिर हामीकहाँ ल्याऊ, ताकि हामी तिनीहरूसँग सुत्न सकौँ ।” |
472 | GEN 19:14 | लोत बाहिर गए, र तिनले आफ्ना छोरीहरूलाई विवाह गर्न प्रतिज्ञा गरेका जुवाइँहरूसँग यसो भने, “छिट्टै, यस ठाउँबाट निस्किहाल, किनभने परमप्रभुले यस सहरलाई नष्ट पार्न लाग्नुभएको छ ।” तर तिनका जुवाइँहरूलाई तिनले ठट्टा गरेझैँ लाग्यो । |
473 | GEN 19:15 | जब झिसमिसे बिहान भयो, ती स्वर्गदूतहरूले लोतलाई यसो भने, “जाऊ, यहाँ भएका तिम्री पत्नी र तिम्रा छोरीहरूलाई लैजाऊ, र यस सहरको दण्डमा तिमी नष्ट हुनेछैनौ ।” |
486 | GEN 19:28 | उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे । |
487 | GEN 19:29 | परमेश्वरले समतल भूमिका सहरहरूलाई नष्ट गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो । उहाँले लोतले बसोबास गरेका सहरहरूलाई नष्ट गर्नुहुँदा, लोतलाई त्यस विनाशको माझबाट बाहिर निकाल्नुभयो । |
514 | GEN 20:18 | किनभने अब्राहामकी पत्नी साराको कारण अबीमेलेकको घरानाका सबै स्त्रीलाई परमप्रभुले बाँझी बनाउनुभएको थियो । |
515 | GEN 21:1 | आफूले भन्नुभएअनुसार परमप्रभुले सारालाई ध्यान दिनुभयो, र आफूले प्रतिज्ञा गर्नुभएझैँ उहाँले साराको निम्ति गर्नुभयो । |
518 | GEN 21:4 | परमप्रभुले आज्ञा गर्नुभएझैँ आफ्नो छोरो आठ दिनको हुँदा अब्राहामले तिनको खतना गरिदिए । |
547 | GEN 21:33 | अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे । त्यसपछि उनले अनन्तका परमेश्वरको आराधना गरे । |
561 | GEN 22:13 | ।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्झेर फसेको देखे । अब्राहामले गएर त्यस भेडालाई ल्याए, र तिनका छोराको सट्टामा त्यसैलाई होमबलि चढाए । |
582 | GEN 23:10 | त्यस बेला एप्रोन हेतका छोराहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको प्रवेशद्वारको अगाडि आएका थिए, ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने, |
603 | GEN 24:11 | त्यसले ऊँटहरूलाई सहरको बाहिर इनारको नजिकै घुँडा टेक्न लगायो । त्यो साँझपख स्त्रीहरू पानी भर्न आउने बेला थियो । |
610 | GEN 24:18 | तिनले “हजूर, पिउनुहोस्” भनेर तुरुन्तै गाग्रो झारिन्, र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी पियाइन् । |
612 | GEN 24:20 | तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डुँडमा खन्याएर फेरि पानी उघाउन इनारतिर दौडेर गइन्, र तिनले सबै ऊँटहरूका निम्ति पनि पानी उघाइदिइन् । |
614 | GEN 24:22 | ऊँटहरूले पानी खाइसकेपछि त्यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर |
617 | GEN 24:25 | तिनले त्यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्त छन्, र रात गुजार्नलााई कोठा पनि छन् ।” |
624 | GEN 24:32 | तब त्यो मानिस घरमा गयो र ऊँटहरूका भारीहरू झार्यो । उँटहरूलाई पराल र दाना दिइयो, अनि त्यस मानिस र त्यससित हुने मानिसहरूका निम्ति खुट्टा धुने पानी पनि दिइयो । |
638 | GEN 24:46 | “तिनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो झारेर भनिन्, ‘पिउनुहोस् र म तपाईंका ऊँटहरूका निम्ति पनि पानी पिउन दिनेछु ।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी पिउन दिइन् । |
655 | GEN 24:63 | इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्केका थिए । उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे । |
680 | GEN 25:21 | तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे । परमप्रभुले तिनको प्रार्थना सुन्नुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन् । |
697 | GEN 26:4 | तेरा सन्तानलाई आकाशका ताराहरूझैँ बढाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु । संसारका सबै जातिहरूले तेरै सन्तानहरूद्वारा आशिष् पाउनेछन् । |
701 | GEN 26:8 | इसहाक त्यहाँ बसेको धेरै दिनपछि पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट हेर्न पुगे । इसहाक आफ्नी पत्नी रिबेकासँग प्रेम-क्रीडा गरिरहेका थिए । |
706 | GEN 26:13 | तिनी धनी भए, र अत्यन्तै धनाढ्य नहुञ्जेलसम्म झनझन बढेर गए । |
713 | GEN 26:20 | तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरेर भने “यो पानी हाम्रो हो ।” यसकारण इसहाकले त्यस इनारको नाउँ एसेक राखे, किनभने तिनीहरूले उनीसँग झगडा गरे । |
714 | GEN 26:21 | तब तिनीहरूले अर्को इनार खने, र त्यसमा पनि तिनीहरूले झगडा गरे । यसकारण तिनले त्यसको नाउँ सित्ना राखे । |
715 | GEN 26:22 | तिनी त्यो ठाउँ छोडेर गए अनि तिनले अर्को इनार खने, तर तिनीहरूले त्यसमा चाहिँ झगडा गरेनन् । यसकारण तिनले त्यसको नाउँ रहोबोत राखेर यसो भने, “अब परमप्रभुले हामी निम्ति बस्ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्दो-फुल्दो हुनेछौँ ।” |
721 | GEN 26:28 | हुनुहुन्छ?” त्यसपछि तिनीहरूले भने, “हामीले प्रस्टै देख्यौँ कि परमप्रभु तपाईंसँग हुनुहुन्छ । यसैले हाम्रा बिचमा, अर्थात् तपाईं र हाम्रा बिचमा एउटा सम्झौता होस् भन्ने हामीले निर्णय गर्यौँ, |
743 | GEN 27:15 | रिबेकाले घरमा भएका आफ्ना जेठो छोरो एसावका असल लुगाहरू झिकेर आफ्नो कान्छा छोरो याकूबलाई लगाइदिइन् । |
770 | GEN 27:42 | तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो । यसकारण रिबेकाले आफ्ना कान्छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्नो चित्त बुझाएको छ । |
790 | GEN 28:16 | तब याकूबले निद्राबाट ब्युँझेर भने, “निश्चय नै परमप्रभु यस ठाउँमा हुनुहुँदोरहेछ, र मलाई यो थाहा थिएन ।” |
819 | GEN 29:23 | साँझमा उनले आफ्नी छोरी लेआलाई याकूबकहाँ ल्याइदिए, र याकूबले तिनीसँग सहवास गरे । |
847 | GEN 30:16 | साँझमा याकूब खेतबाट आए । लेआ तिनलाई भेट्न गइन् र भनिन्, “आज राती तपाईं मसित सुत्नुपर्छ किनकि मैले तपाईंलाई मेरो छोराका विशाखमूलहरू दिएर भाडामा लिएको छु ।” त्यसैले त्यस रात याकूब उनीसित सुते । |
951 | GEN 32:23 | रातमा याकूब निद्राबाट ब्युँझे । आफ्ना दुई पत्नी, तिनीहरूका कमारीहरू र एघार जना छोरा लिएर तिनी प्रस्थान गरे । तिनले तिनीहरूलाई यब्बोक खोला पारि पठाए । |
1006 | GEN 34:25 | तेस्रो दिनमा तिनीहरू अझै दर्दमा हुँदा याकूबका दुई जना छोरा शिमियोन र लेवी (दीनाका दाजुहरू) ले आ-आफ्नो तरवार लिई आफ्नो सुरक्षामा ढुक्क रहेको सहरमाथि आक्रमण गरी सबै पुरुषलाई मारे । |
1089 | GEN 37:5 | योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । |
1092 | GEN 37:8 | उनका दाजुहरूले उनलाई भने, “के तैँले साँच्चै हामीमाथि शासन गर्नेछस्? के साँच्चै हामीमाथि तैँले अधिकार गर्नेछस्?” उनका सपना र उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । |
1094 | GEN 37:10 | आफ्ना दाजुहरूलाई झैँ उनले यो कुरा आफ्ना बुबालाई पनि बताए, तर उनका बुबाले उनलाई हप्काए । तिनले उनलाई भने, “तिमीले देखेको यो सपना के हो? के तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?” |
1131 | GEN 38:11 | त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठुलो नभएसम्म तिम्रा बुबाकै घरमा विधवा नै भएर बस ।” किनभने अरू दाजुहरूझैँ शेलह पनि मर्छ कि भनेर उनी डराए । त्यसैकारण तामार तिनका बुबाकै घरमा बसिन् । |
1170 | GEN 39:20 | योसेफका मालिकले उनलाई झ्यालखानामा राखे जहाँ राजाका कैदीहरू राखिन्थे । उनी त्यही झ्यालखानामा थिए । |
1171 | GEN 39:21 | तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र आफ्ना करारप्रति उहाँ भरोसायोग्य रहनुभयो । झ्यालखानाका हाकिमको नजरमा उहाँले उनलाई कृपादृष्टि दिनुभयो । |
1172 | GEN 39:22 | झ्यालखानाका हाकिमले झ्यालखानाका सबै कैदीहरू योसेफको जिम्मामा दिए । तिनीहरूले गर्ने काममाथि योसेफकै निगरानी हुन्थ्यो । |
1173 | GEN 39:23 | उनको जिम्मामा भएका कुनै कुरामा त्यस झ्यालखानाका हाकिम चिन्तित हुँदैन थिए, किनभने परमप्रभु उनीसँग हुनुहुन्थ्यो । उनले जे गर्थे, परमप्रभुले समृद्धि प्रदान गर्नुहुन्थ्यो । |
1177 | GEN 40:4 | अङ्गरक्षकहरूका कप्तानले योसेफलाई तिनीहरूको सेवा गर्ने जिम्मा दिए । तिनीहरू त्यस झ्यालखानामा केही समयसम्म रहे । |
1178 | GEN 40:5 | ती झ्यालखानामा भएका मिश्रका राजाका पकाउने र पियाउने दुवैले एकै रात आ-आफ्नै सपना देखे, र ती दुवै सपनाका आ-आफ्नै अर्थ थिए । |
1180 | GEN 40:7 | उनले आफ्ना मालिकका घरमा भएको झ्यालखानामा उनीसँगै भएका फारोका अधिकारीहरूलाई भने, “तपाईंहरू आज किन यति धेरै उदास देखिनुहुन्छ?” |
1183 | GEN 40:10 | त्यस दाखको बोटमा तिनवटा हाँगा थिए । जब त्यसमा टुसा पलायो, त्यसमा फूलहरू निस्किए र दाखका झुप्पाहरू पाके । |
1187 | GEN 40:14 | तर तपाईंको भलो हुँदा मलाई सम्झनुहोस्, र कृपया ममाथि दया देखाउनुहोस् । मेरो विषयमा फारोलाई बताएर मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस् । |
1188 | GEN 40:15 | किनकि मलाई वास्तवमा हिब्रूहरूका देशबाट अपहरण गरी ल्याइएको थियो । यहाँ पनि यस झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन ।” |
1192 | GEN 40:19 | तिन दिनभित्र फारोले तपाईंको शिर उठाएर तपाईंलाई रुखमा झुण्ड्याइदिनुहुनेछ । चराहरूले तपाईंको मासु खानेछन् ।” |
1193 | GEN 40:20 | त्यसपछिको तेस्रो दिन फारोको जन्म दिन थियो । तिनले आफ्ना सबै नोकरहरूका निम्ति भोजको आयोजना गरे । आफ्ना नोकरहरूका माझमा तिनले मुख्य पियाउने र मुख्य पकाउनेलाई उभ्याए । |
1195 | GEN 40:22 | तर योसेफले तिनीहरूलाई अर्थ बताएझैँ फारोले मुख्य पकाउनेलाई झुण्ड्याइदिए । |
1196 | GEN 40:23 | मुख्य पियाउनेले भने योसेफलाई सम्झेनन्, तर उनलाई बिर्सिहाले । |
1198 | GEN 41:2 | नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे । |
1200 | GEN 41:4 | त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा सप्रेका र मोटा-मोटा गाईलाई खाइदिए । अनि फारो ब्युँझे । |
1203 | GEN 41:7 | सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । फारो ब्युँझे, र यो त सपना पो रहेछ भनी तिनलाई थाहा भयो । |
1209 | GEN 41:13 | त्यसले हामीलाई अर्थ खोलिदिएअनुसार नै हुन आयो । फारोले मलाई मेरो पदमा पुनर्स्थापना गरिदिनुभयो, तर अर्को मानिसलाई झुण्ड्याइयो ।” |
1210 | GEN 41:14 | त्यसपछि फारोले योसेफलाई डाक्न पठाए । तिनीहरूले तिनलाई चाँडै नै झ्यालखानाबाट निकालेर ल्याए । तिनले दारी खौरेपछि लुगाहरू बद्लेर फारोकहाँ आए । |
1214 | GEN 41:18 | नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे । |
1217 | GEN 41:21 | तिनीहरूले ती गाईहरूलाई खाइसकेपछि तिनीहरू खाएका जस्ता देखिँदैनथे किनकि तिनीहरू पहिलेजस्तै अझै पनि नसप्रेका देखिन्थे । त्यसपछि मेरो निद्रा खुल्यो । |