1 | GEN 1:1 | आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । |
2 | GEN 1:2 | पृथ्वी निराकार र शून्य थियो । समुद्रको सतहमाथि अन्धकार थियो । परमेश्वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो । |
10 | GEN 1:10 | परमेश्वरले ओभानो जमिनलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो । |
11 | GEN 1:11 | परमेश्वरले भन्नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस् ।” तब त्यस्तै भयो । |
12 | GEN 1:12 | पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्यो । परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो । |
15 | GEN 1:15 | पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो । |
17 | GEN 1:17 | पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न |
20 | GEN 1:20 | परमेश्वरले भन्नुभयो, “पानी ठुलो सङ्ख्यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून् ।” |
21 | GEN 1:21 | परमेश्वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्टि गर्नुभयो । परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो । |
22 | GEN 1:22 | परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ । पृथ्वीमा पक्षीहरू वृद्धि होऊन् ।” |
24 | GEN 1:24 | परमेश्वरले भन्नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्न गरोस् ।” तब त्यस्तै भयो । |
25 | GEN 1:25 | परमेश्वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो । |
26 | GEN 1:26 | परमेश्वरले भन्नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” |
27 | GEN 1:27 | परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । |
28 | GEN 1:28 | परमेश्वरले तिनीहरूलाई आशिष्् दिनुभयो र भन्नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।” |
29 | GEN 1:29 | परमेश्वरले भन्नुभयो, “हेर, मैले पृथ्वीका बिउ हुने हरेक बोट-बिरुवाहरू, र फलभित्रै बिउ हुने हरेक फल-फलाउने रुखहरू तिमीहरूलाई दिएको छु । ती तिमीहरूका निम्ति आहारा हुनेछन् । |
30 | GEN 1:30 | पृथ्वीका हरेक जङ्गली जनवारहरू, आकाशका हरेक पक्षीहरू, र सबै घस्रने जन्तुहरू, र जीवन भएका हरेक प्राणीलाई मैले आहाराको निम्ति सबै हरिया बोट-बिरुवाहरू दिएको छु ।” तब त्यस्तै भयो । |
32 | GEN 2:1 | सारा आकाशमण्डल र पृथ्वी, र तिनमा भएका सबै जीवित प्राणीहरूको सृष्टि पुरा भयो । |
34 | GEN 2:3 | परमेश्वरले सातौँ दिनलाई आशिष्् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो । |
35 | GEN 2:4 | परमप्रभु परमेश्वरले आकाश र पृथ्वीलाई सृष्टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो । |
36 | GEN 2:5 | पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन । |
37 | GEN 2:6 | तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो । |
94 | GEN 4:14 | वास्तवमा, आज तपाईंले मलाई यस जग्गाबाट धपाउनुभएको छ र म तपाईंको नजरबाट लुक्नेछु । म पृथ्वीमा भगुवा र आवारा हुनेछु र जसले भेट्टाउँछ त्यसले मलाई मार्नेछ ।” |
107 | GEN 5:1 | आदमका सन्तानहरूका विवरण यही हो । परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । |
108 | GEN 5:2 | उहाँले तिनीहरूलाई नर र नारी सृष्टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो । |
139 | GEN 6:1 | मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्मे, |
142 | GEN 6:4 | ती दिनहरूमा र पछि पनि पृथ्वीमा ठुला कदका मानिसहरू (राक्षस) थिए । जब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूसँग विवाह गरे, तिनीहरूका छोराछोरीहरू जन्मे । यिनीहरू उहिलेका शक्तिशाली अर्थात् प्रख्यात मानिसहरू थिए । |
143 | GEN 6:5 | पृथ्वीका मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको हरेक भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो । |
144 | GEN 6:6 | पृथ्वीमा मानव-जातिलाई बनाउनुभएकोमा परमप्रभुले पछुतो मान्नुभयो, र यसले उहाँलाई दुःखित तुल्यायो । |
145 | GEN 6:7 | यसैले परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेका मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु; मानव-जाति र ठुला-ठुला जनावरहरू, घस्रने जन्तुहरू र आकाशमा उड्ने पक्षीहरू सबैलाई नमाेट पार्नेछु, किनकि तिनीहरूलाई बनाएकोमा म दुःखित छु ।” |
149 | GEN 6:11 | परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र हिंसाले भरिएको थियो । |
150 | GEN 6:12 | परमेश्वरले पृथ्वीलाई देख्नुभयो; हेर, यो त भ्रष्ट थियो, किनकि पृथ्वीका सबै मानिसहरूका मार्ग भ्रष्ट भएका थिए । |
151 | GEN 6:13 | परमेश्वरले नोआलाई भन्नुभयो, “यो सबै प्राणीको अन्त गर्ने समय आएको म देख्न सक्छु, किनभने पृथ्वी तिनीहरूको हिंसाले भरिएको छ । वास्तवमा, मैले तिनीहरूलाई पृथ्वीसँगै नष्ट पार्नेछु । |
155 | GEN 6:17 | सुन, जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई सर्वनाश पार्न मैले पृथ्वीमा जलप्रलय ल्याउन लागेको छु । पृथ्वीमा भएको सबै प्राणी मर्नेछन् । |
158 | GEN 6:20 | पृथ्वीमाथि घस्रने जन्तुहरूलाई जीवित राख्न भाले र पोथी गरी दुइ-दुइ वटा जहाजभित्र ल्याउनू । |
163 | GEN 7:3 | अनि आकाशका पक्षीहरूबाट तिनीहरूको जातिलाई पृथ्वीको सतहमा जीवित राख्न सात जोडी भाले र पोथी ल्याउनू । |
164 | GEN 7:4 | किनकि अबको सात दिनमा म चालिस दिन र चालिस रात पृथ्वीमा पानी बर्साउनेछु । मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्ट गर्नेछु ।” |
166 | GEN 7:6 | पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए । |
170 | GEN 7:10 | सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो । |
172 | GEN 7:12 | चालिस दिन र चालिस रातसम्म पृथ्वीमा पानी परिरह्यो । |
177 | GEN 7:17 | त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो । अनि पृथ्वीमा चालिस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो । |
178 | GEN 7:18 | पानीले सारा पृथ्वीलाई पूर्ण रूपमा ढाक्यो अनि जहाज पानीको सतहमाथि तैरियो । |
179 | GEN 7:19 | आकाशमुनिका सबै अग्ला-अग्ला पर्वतहरूलाई ढाक्ने गरी पृथ्वीमा पानी चौपट्टै भरियो । |
181 | GEN 7:21 | पक्षीहरू, पालिने पशुहरू, जङ्गली जनावरहरू, जमिनमा ठुलो सङ्ख्यामा बसोबास गर्ने सबै प्राणी र सबै मानव-जाति जो पृथ्वीमा चलहल गर्थे, ती सबै मरे । |
183 | GEN 7:23 | यसरी, मानव-जातिदेखि ठुला जनावरहरू र घस्रने जन्तुसम्म पृथ्वीको सतहमा भएको हरेक प्राणीसाथै आकाशका चराचुरुङ्गीहरू मासिए । तिनीहरू सबै नै पृथ्वीबाट नष्ट गरिए । नोआ र तिनीसित जहाजमा हुनेहरू मात्र बाँचे । |
184 | GEN 7:24 | एक सय पचास दिनसम्म पृथ्वीमा पानी घटेन । |
185 | GEN 8:1 | परमेश्वरले नोआ, तिनीसित जहाजमा भएका सबै जङ्गली पशुहरू र सबै पालिने पशुहरूलाई सम्झनुभयो । परमेश्वरले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न थाल्यो । |
187 | GEN 8:3 | जलप्रलयको पानी पृथ्वीमा बिस्तारै घट्यो, र एक सय पचास दिनपछि पानी निकै घट्यो । |
201 | GEN 8:17 | तँसित भएका सबै जीवित प्राणीहरू अर्थात् पक्षीहरू, पशुहरू, पृथ्वीको सतहमा हरेक घस्रने प्राणीलाई तँसँगै बाहिर लिएर आइज ताकि तिनीहरू पृथ्वीमा पशस्त मात्रामा फल्दै-फुल्दै, वृद्धि हुँदै र भरिँदै जाऊन् ।” |
203 | GEN 8:19 | हरेक जीवित प्राणी, हरेक घस्रने जन्तु, हरेक पक्षी र पृथ्वीमा चलहल गर्ने हरेक प्राणी तिनीहरूका आ-आफ्ना जात-जातअनुसार जहाजबाट बाहिर निस्के । |
206 | GEN 8:22 | पृथ्वी रहुञ्जेलसम्म बिउ छर्ने र कटनी गर्ने समय, जाडो र गर्मी, ग्रीष्म र हिउँद अनि दिन र रातको अन्त्य हुनेछैन । |
207 | GEN 9:1 | त्यसपछि परमेश्वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ । |
213 | GEN 9:7 | तिमीहरूचाहिँ पृथ्वीमा फल्दै-फुल्दै, वृद्धि हुँदै, फैलँदै जाओ ।” |
216 | GEN 9:10 | पक्षीहरू, पालिने पशुहरू र जहाजबाट बाहिर आउनेदेखि पृथ्वीमा भएका हरेक जीवित प्राणीसित म मेरो करार स्थापित गर्दै छु । |
217 | GEN 9:11 | जलप्रलयको पानीद्वारा फेरि सबै प्राणी नष्ट गरिनेछैनन् भनी म मेरो करार तिमीहरूसित स्थापित गर्दछु । पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन । |
219 | GEN 9:13 | कि मैले बादलमा इन्द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बिचमा करारको चिन्ह हुनेछ । |
220 | GEN 9:14 | मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब इन्द्रेणी देखा पर्छ |
222 | GEN 9:16 | परमेश्वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्द्रेणीलाई हेर्नेछु ।” |
223 | GEN 9:17 | तब परमेश्वरले नोआलाई भन्नुभयो, “मेरो र पृथ्वीमा भएका सबै जीवित प्राणीको बिचमा मैले स्थापित गरेको करारको चिन्ह यही हो ।” |
225 | GEN 9:19 | यी तिन जना नोआका छोराहरू थिए, र यिनीहरूबाट नै समस्त पृथ्वी भरियो । |
233 | GEN 9:27 | परमेश्वरले येपेतको क्षेत्र वृद्धि गर्नुभएको होस् र त्यसले शेमका पालहरूमा बास गरून् । कनान त्यसका कमारा होस् ।” |
243 | GEN 10:8 | कूश निम्रोदका पिता बने, जो पृथ्वीमाथिका पहिलो विजेता थिए । |
260 | GEN 10:25 | एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो । |
267 | GEN 10:32 | तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए । |
268 | GEN 11:1 | अहिले सारा पृत्वीमा एउटै भाषा थियो र शब्दहरू पनि उही थिए । |
271 | GEN 11:4 | तिनीहरूले भने, “आओ, हाम्रो निम्ति एउटा सहर बनाऔँ र आकाश नै छुने एउटा धरहरा निर्माण गर्यौँ अनि नाउँ कमाऔँ । यदि हामीले यसो गरनौँ भने हामी सारा पृथ्वीभरि छरपष्ट हुनेछौँ ।” |
275 | GEN 11:8 | यसैले परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्ट पार्नुभयो र तिनीहरूले त्यो सहर निर्माण गर्न छोडे । |
276 | GEN 11:9 | यसकारण, यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहाँ सारा पृथ्वीको भाषा खलबलाउनुभयो अनि त्यहाँबाट नै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्ट पा्र्नुभयो । |
302 | GEN 12:3 | तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई अनादर गर्नेलाई म सराप दिनेछु । तँद्वारा नै पृथ्वीका सबै परिवारहरूले आशिष् पाउनेछन् । |
335 | GEN 13:16 | म तेरा सन्तानहरूलाई पृथ्वीका धुलो जत्तिकै प्रशस्त बनाउनेछु, यसैले कसैले पृथ्वीको धूलोलाई गन्न सक्छ भने मात्र तेरा सन्तानहरूलाई गन्न सक्नेछ । |
340 | GEN 14:3 | यी पछिल्ला पाँच जना राजाहरू सिद्दीम अर्थात् मृत सागरको बेँसीमा भेला भए । |
356 | GEN 14:19 | तिनले उनलाई यसो भन्दै आशोष् दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नु हुने परमेश्वरले अब्रामलाई आशिष् दिनुभएको होस् । |
359 | GEN 14:22 | अब्रामले सदोमका राजालाई भने, “मैले सर्वोच्च परमेश्वर, स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमप्रभुमा शपथ खाएको छु, |
376 | GEN 15:15 | तर तँचाहिँ तेरा पिता-पूर्खाहरूकहाँ शान्तिमा जानेछस् र तँलाई वृद्धवस्थामा दफन गरिनेछ । |
386 | GEN 16:4 | त्यसैले अब्रामले हागारसँग सम्बन्ध राखे र त्यो गर्भवती भई । जब त्यसले आफू गर्भवती भएको थाहा पाई, त्यसले आफ्नी मालिक्नीलाई अपमानको दृष्टिले हेर्न थाली । |