1456 | GEN 48:4 | र भन्नुभयो, 'हेर, म तँलाई फल्दो-फुल्दो बनाउनेछु, र तेरो वृद्धि गराउनेछु । तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु । म यो देश अनन्त अधिकारको रूपमा तेरा सन्तानलाई दिनेछु ।’ |
3815 | NUM 5:22 | श्राप ल्याउने यो पानी तेरो पेटभित्र जानेछ र तेरो पेट सुनिनेछ र तेरो जाँघ सुक्ने छ । त्यो महिलाले 'हो, म दोषी छु भने यस्तै होस्' भनी जवाफ दिनुपर्छ । |
4219 | NUM 16:24 | “समुदायलाई भन् । 'कोरह, दातान र अबीरामका पालहरूबाट पर जाओ' भन् ।” |
4424 | NUM 23:7 | बालामले अगमवाणी कहन थाले र भने, “मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट अर्थात् अरामबाट ल्याएका छन् । तिनले भने, 'आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस् ।' 'आउनुहोस्, इस्राएललाई धम्की दिनुहोस् ।' |
4440 | NUM 23:23 | याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन र इस्राएललाई कुनै जोखनाले हानि पुर्याउँदैन । बरु, याकूब र इस्राएलबारे यसो भन्नुपर्छ, 'हेर, परमेश्वरले के गर्नुभएको छ !' |
4971 | DEU 2:31 | परमप्रभुले मलाई भन्नुभयो, 'हेर्, मैले तेरै सामुन्ने सीहोन र त्यसको देश तँलाई दिन थालेको छु । यस देशमाथि तेरो अधिकार होस् भनेर यसलाई कब्जा गर्न थाल् ।' |
5079 | DEU 5:24 | तिमीहरूले भन्यौ, 'हेर, परमप्रभु हाम्रा परमेश्वरले हामीलाई उहाँको महिमा र उहाँको महान्ता देखाउनुभएको छ, र आगोको बिचबाट हामीले उहाँको आवाज सुनेका छौँ । परमेश्वर मानिसहरूसित बोल्नुहुँदा पनि तिनीहरू जीवितै रहन सक्छन् भनी आज हामीले देखेका छौँ । |
5606 | DEU 27:19 | 'परदेशी, टुहुरा वा विधवाले पाउनुपर्ने न्याय हरण गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' |
7287 | 1SA 3:9 | तब एलीले शमूएललाई भने, “जा र फेरि सुत । उहाँले तँलाई फेरि बोलाउनुभयो भने, तैंले यसो भन्, 'बोल्नुहोस्, हे परमप्रभु, किनकि तपाईंको दासले सुनिरहेको छ' ।” त्यसैले शमूएल गए र फेरि एकपल्ट तिनको आफ्नै ठाउँमा पल्टे । |
7474 | 1SA 12:12 | जब तिमीहरूले अम्मोनका मानिसहरूका राजा नाहाश तिमीहरू विरुद्ध आएको देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, 'होइन, बरु हामीमाथि राजाले राज्य गर्नुपर्छ,’— यद्यपि परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका राजा हुनुहुन्थ्यो । |
7700 | 1SA 18:22 | शाऊललले आफ्ना सेवकहरूलाई आज्ञा दिए, “दाऊदसँग गोप्यमा कुरा गर र यसो भन, 'हेर, राजा तिमीसँग खुसी हुनुहुन्छ, र उनका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन् । त्यसो हो भने, अब राजाको ज्वाइँ हुनुहोस्' ।” |
7753 | 1SA 20:21 | तब म आफ्नो जवान केटोलाई यसो भन्नेछु र पठाउनेछु, 'जा र काँडहरू टिपेर ले ।'मैले त्यो जवानलाई, 'हेर्, काँडहरू तेरो यतापट्टि छन्, ति लिएर आइज” तब आउनुहोस् । किनभने परमप्रभु जीवित हुनुभएझैं त्यहाँ तपाईंको निम्ति सुरक्षा हुनेछ, र हानि हुनेछैन । |
7754 | 1SA 20:22 | “तर मैले त्यो जवानलाई यसो भनें, 'हेर्, काँडहरू तेरो उतापट्टि छन्,' तब तपाईं आफ्नो बाटो लाग्नुहोस्, किनकि परमप्रभुले तपाईंलाई टाढा पठाउनुभएको छ ।” |
8133 | 2SA 4:10 | जब कसैले मलाई त्यसले शुभखबर ल्याउँदैछ भन्ने ठानी 'हेर्नुहोस्, शाऊल मरेको छ,' भन्यो, मैले त्यसलाई समातें र सिक्लगमा मारें । त्यसको खबरको निम्ति मैले त्यसलाई त्यो इनाम दिएँ । |
8300 | 2SA 12:11 | परमप्रभु भन्नुहुन्छ, 'हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्याउने छु । तेरै आफ्नै आँखाको सामु तेरा पत्नीहरूलाई म लिने छु र ती तेरो छिमेकीलाई दिने छु, र दिनको उज्यालोमा त्यो तेरा पत्नीहरूसित सुत्ने छ । |
9142 | 1KI 11:31 | तिनले यारोबामलाई भने, “दसवटा टुक्रा लिनुहोस्, किनकि इस्राएलका परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, म सोलोमनको हातबाट राज्य टुक्रा पारेर तँलाई दस कुल दिने छु, |
9189 | 1KI 13:2 | तिनले परमप्रभुको वचनद्वारा वेदीको विरुद्धमा चिच्च्याए, “हे वेदी, हे वेदी! परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, दाऊदको घरानामा योशियाह नाउँ गरेको बालकको जन्म हुने छ, र त्यसले तेरो लागि बलिदान चढाउने डाँडाका ठाउँहरूमा पुजारीहरूलाई तँमाथि नै बलिदान चढाउने छ । तँमाथि तिनीहरूले मानिसका हड्डीहरू जलाउने छन्' ।” |
9352 | 1KI 18:8 | एलियाले तिनलाई जवाफ दिए, “म नै हुँ । 'हेर, एलिया यहीँ छन्' भनी गएर तिम्रो मालिकलाई बताइदेऊ ।” |
9355 | 1KI 18:11 | तथापि अहिले तपाईं भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।' |
9358 | 1KI 18:14 | अहिले तपाईं मलाई भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।' तिनले मलाई मार्ने छन् ।” |
9443 | 1KI 20:32 | त्यसैले तिनीहरूले आ-आफ्ना कम्मरवरिपरि भाङ्ग्रा लगाए, र शिरमा फेटा बाँधे अनि इस्राएलका राजाकहाँ आई भने, 'तपाईंका दास बेन-हददले भन्नुभएको छ, 'कृपया, मलाई बाँच्न दिनुहोस्' ।” आहाबले भने, “के तिनी अझै जिउँदै छन् ? तिनी त मेरा भाइ हुन् ।” |
9475 | 1KI 21:21 | परमप्रभु तपाईंलाई यसो भन्नुहुन्छ, 'हेर्, म तँमाथि विपत्ति ल्याउने छु, र इस्राएलमा भएको तेरो हरेक पुरुष, कमारा र फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्ने छु । |
9633 | 2KI 4:26 | तिनलाई भेट्न दौडेर जा र तिनलाई सोध, 'तिमी, तिम्रा पति र छोरोलाई सबै ठिकै छ' ?” तिनले भनिन्, “ठिकै छ ।” |
9673 | 2KI 5:22 | गेहजीले भन्यो, “सबै ठिकै कुरा छ । मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, 'हेर, एफ्राइमको पहाडी देशबाट अगमवक्ताहरूका छोराहरूमध्ये दुई जना युवा मकहाँ आएका छन् । कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा दिनुहोस् ।” |
10119 | 2KI 20:17 | 'हेर्, ती दिन आउँदैछन् जतिबेला तेरा पुर्खाहरूले आजको दिनसम्म तेरो दरबारमा जम्मा गरेर राखेको हरेक थोक बेबिलोनमा लगिनेछ । परमप्रभु भन्नुहुन्छ, कुनै कुरा पनि छाडिनेछैन । |
10135 | 2KI 21:12 | त्यसकारण इस्राएलका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, मैले यरूशलेम र यहूदामा यस्तो खराबी ल्याउन लागेको छु, कि जसले यसको बारेमा सुन्छ त्यसका दुवै कानमा गुञ्जन हुनेछ । |
13536 | JOB 28:28 | मानिसहरूलाई उहाँले भन्नुभयो, 'हेर्, परमप्रभुको भय— त्यो नै बुद्धि हो । दुष्ट्याइँबाट अलग रहनु नै सुझबुझ हो' ।” |
17395 | ECC 1:10 | के यस्तो कुनै कुरो छ जसको विषयमा 'हेर्, यो त नयाँ छ' भन्न सकिन्छ ? जे अस्तित्वमा छ, त्यो लामो समयदेखि अस्तित्वमा रहिआएको छ, हामीभन्दा धेरै पहिले देखि रहँदै आएको छ । |
18465 | ISA 38:5 | “जा, मेरा मानिसहरूका अगुवा हिजकियालाई यसो भन्, 'परमप्रभु, तेरो पुर्खा दाऊदका परमेश्वर यसो भन्नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । हेर्, तेरो जीवनमा पन्ध्र वर्ष आयु मैले थप्न लागेको छु । |
18534 | ISA 41:13 | किनकि म, परमप्रभु तेरो परमेश्वरले तेरो दाहिने हात समातेर यसो भन्नेछु, 'नडरा, म तँलाई सहायता गर्दैर्छु ।' |
18691 | ISA 48:7 | अहिले र पहिलेदेखि होइन, तिनीहरू अस्तित्वमा आउँछन् र आजभन्दा पहिले तिनीहरूका बारेमा तिमीहरूले सुनेका छैनौ, त्यसैले तिमीहरूले यसो भन्न सक्दैनौ, 'हो, तिनीहरूका बारेमा मलाई थाहा थियो ।' |
18849 | ISA 57:14 | उहाँले भन्नुहुनेछ, 'बनओ, बनाओ ! बाटो सफा बनाओ ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्ने कुराहरू हटाओ' !” |
19172 | JER 6:14 | शान्ति नै नहुँदा पनि, 'शान्ति, शान्ति' भन्दै, तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् । |
19208 | JER 7:20 | त्यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'हेर, यस ठाउँमा मानिस र पशु दुवैमाथि, शेतबारीका रूखहरू र जमिनका फलमाथि मेरो रिस र क्रोधको ज्वाला फुट्नेछ । यसले जलाउनेछ, र कहिल्यै निभाइनेछैन ।” |
19233 | JER 8:11 | शान्ति नै नहुँदा पनि 'शान्ति, शान्ति' भनेर तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् । |
19300 | JER 11:5 | मेरो आज्ञा पालन गर ताकि दूध र मह बग्ने देश दिनेछु भनी मैले तिमीहरूका पुर्खाहरूसित खाएको शपथ म पुरा गर्न सक्छु ।' तब म यर्मियाले जवाफ दिएँ र भनें, 'हे, परमप्रभु हवस् ।' |
19306 | JER 11:11 | त्यसकारण परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, मैले तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनै लागेको छु, जुन विपत्तिबाट तिनीहरू भाग्न सक्ने छैनन् । तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म तिनीहरूको कुरा सुन्नेछैनँ । |
19317 | JER 11:22 | त्यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, मैले तिनीहरूलाई दण्ड दिनै लागेको छु । तिनीहरूका हट्टाकट्टा युवाहरू तरवारले मारिनेछन् । तिनीहरूका छोराहरू र छोरीहरू अनिकालद्वारा मर्नेछन् । |
19414 | JER 16:9 | किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, तेरै आँखाको सामु, तेरै समयमा यसै ठाउँमा मैले आनन्दको सोर, खुसीको सोर, दुलहीको सोर र दुलहाको सोरको अन्त्य गर्नै लागेकोछु ।' |
19464 | JER 18:11 | त्यसैले अब, यहूदाका मानिसहरू र यरूसलेमका बासिन्दाहरूसित बोल् र भन्, “परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, मैले तिमीहरूको विरुद्धमा विपत्तिको रचना गर्नै लागेको छु । मैले तिमीहरूको विरुद्धमा योजना बनाउने लागेको छु । तिमीहरूका चाल र तिमीहरूका अभ्यासहरूले तिमीहरूलाई भलो ल्याउने गरी हरेक व्यक्तिले आफ्नो दुष्ट चालबाट पश्चात्ताप गरोस् ।' |
19479 | JER 19:3 | यसो भन्, 'हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, मैले यस ठाउँमाथि विपत्ति ल्याउनै लागेको छु, र यस विषयमा सुन्ने हरेकको कान झनझनाउने छ । |
19491 | JER 19:15 | “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, मैले यो सहर र यसका सबै नगरहरूको विरुद्धमा घोषणा गरेका सबै विपत्ति ल्याउनै लागेकोछु, किनकि तिनीहरू अटेरी भए र मेरा वचन सुन्न इन्कार गरे' ।” |
19495 | JER 20:4 | किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, म तँ र तेरा सबै प्रियलाई त्रासको वस्तु बनाउनेछु, किनकि तिनीहरू आफ्ना शत्रुहरूका तरवारले ढालिनेछन्, र तेरै आँखाले यो देख्नेछस् । सारा यहूदालाई बेबिलोनका राजाको हातमा म दिनेछु । त्यसले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लानेछ वा तरवारले आक्रमण गर्नेछ । |
19541 | JER 22:18 | त्यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्नुहुन्छः 'हाय, मेरा दाजु! हाय मेरी बहिनी!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् । 'हाय, मेरा मालिक! हाय, उहाँको गौरव!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् । |
19635 | JER 25:32 | सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, विपत्ति एक जातिदेखि अर्को जातिकहाँ जाँदैछ, र पृथ्वीका पल्लो कुनाबाट प्रचण्ड आँधी सुरु हुँदैछ । |
19681 | JER 27:16 | मैले पुजारीहरू र सबै मानिसहरूलाई यो कुरा घोषणा गरें र यसो भनें, “परमप्रभु यसो भन्नुहुन्छः तिमीहरूका अगमवक्ताहरूको वचन नसुन जसले तिमीहरूका निम्ति अगमवाणी बोल्छन् र यसो भन्छन्, 'हेर, परमप्रभुको मन्दिरका सामानहरू अहिले बेबिलोनबाट फर्काइँदैछन् ।' तिनीहरूले तिमीहरूलाई झूटो कुरा अगमवाणी बोल्दै छन् । |
19703 | JER 28:16 | त्यसैले परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, तँलाई मैले पृथ्वीबाट हटाउनै लागेको छु । तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुराको घोषणा गरेको हुनाले तँ यही वर्ष मर्नेछस्' ।” |
19766 | JER 31:6 | किनकि एक दिन आउनेछ, जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन्, 'उठ, हामी परमप्रभु हाम्रा परमेश्वरकहाँ सियोनमा जाऔं' ।” |
19836 | JER 32:36 | त्यसकारण अब, 'तरवार, अनिकाल, र विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको छ,' भनेर तिमीहरूले भन्दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ । |
19903 | JER 35:11 | तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशलाई आक्रमण गरे, तब हामीले भन्यौँ, 'आओ, कल्दी र अरामी सेनाबाट उम्कन हामी यरूशलेम जाऔं ।' त्यसैले हामी यरूशलेममा बसिरहेका छौं ।” |
19909 | JER 35:17 | त्यसैले परमप्रभु सर्वशक्तिमान् परमेश्वर, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर, यहूदा र यरूशलेममा बसोबास गर्ने हरेकमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेका विपत्तीहरू ल्याउँदैछु, किनकि मैले तिनीहरूलाई बोलें, तर तिनीहरूले सुनेनन् । मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन् ।'” |
19950 | JER 37:7 | “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ । |
20090 | JER 44:11 | त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर, तिमीहरूमाथि विपत्ति ल्याउन र सारा यहूदालाई नष्ट गर्न मैले आफ्नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु । |
20109 | JER 44:30 | परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, मिश्रको राजा फारो होप्रालाई त्यसका शत्रुहरू र त्यसको ज्यान लिन खोज्नेहरूको हातमा मैले सुम्पिदिनै लागेको छु । यहूदाका राजा सिदकियालाई मैले त्यसको ज्यान लिन खोज्ने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पेको जस्तै त्यो हुनेछ ।’” |
21104 | EZK 23:28 | किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः 'हेर्, म तँलाई उनीहरूकै हातमा दिनेछु, जसलाई तँ घृणा गर्छेस्, उनीहरूकै हातमा जसबाट तँ टाढा भएकी थिइस् । |
21271 | EZK 29:19 | यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्यसले उसका धन-सम्पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्यो त्यसको फौजको ज्याला हुनेछ । |
21295 | EZK 30:22 | यसकारण परमप्रभु परमेश्वर योस भन्नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु । |