550 | GEN 22:2 | त्यसपछि परमेश्वरले भन्नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा । त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्, जुन म तँलाई बताउनेछु ।” |
739 | GEN 27:11 | याकूबले आफ्नी आमा रिबेकालाई भने, “हेर्नुहोस्, मेरा दाजु एसाव रौँ नै रौँ भएका मानिस हुन्, र मचाहिँ रौँ नभएको छु । |
751 | GEN 27:23 | तिनका हातहरू तिनका दाजु एसावकै हातजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्, त्यसैले इसहाकले तिनलाई आशिष् दिए । |
11181 | 1CH 29:12 | धन र मान दुबै तपाईंबाट नै आउँछन्, र तपाईंले सबै मानिसमाथि राज्य गर्नुहुन्छ । पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन् । मानिसहरूलाई उच्च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन् । |
11558 | 2CH 18:11 | सबै अगमवक्ताले त्यसरी नै यसो भन्दै अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्, किनकि परमप्रभुले त्यो राजाको हातमा दिनुभएको छ ।” |
11591 | 2CH 19:10 | जब आफ्ना सहरमा बस्ने तिमीहरूका दाजुभाइबाट तिमीहरूका सामु कुनै पनि मुद्दा आउँछन्, चाहे ती रक्तपातसम्बन्धी होउन्, वा व्यवस्था र आज्ञा, विधिहरू वा आदेशहरूका विरुद्धमा होउन्, तिमीहरूले तिनीहरूलाई चेताउनी दिनू, ताकि तिनीहरू परमप्रभुको अगि दोषी नठहरिऊन्, नत्रता तिमीहरू र तिमीहरूका दाजुभाइमा क्रोध आइपर्ने छ । तिमीहरूले यसो गर्नू र तिमीहरू सबै दोषी ठहरिने छैनौ । |
11626 | 2CH 20:34 | यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्म नै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्, जुन इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । |
11673 | 2CH 23:12 | जब मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्ला अतल्याहले सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा तिनीहरूकहाँ आइन्, |
11713 | 2CH 25:4 | तर तिनले मोशाका व्यवस्थाको पुस्तकमा लेखिएको यसो भन्ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनीहरूका छोराछोरीलाई चाहिं मारेनन्, “बुबाहरूलाई छोराछोरीका निम्ति र छोराछोरीलाई बुबाहरूका निम्ति नमार्नू । बरू, हरेक मानिसले आफ्नै पापका निम्ति मर्नुपर्छ ।” |
11716 | 2CH 25:7 | तर परमेश्वरका एक जना मानिस तिनीकहाँ आए र भने, “ए राजा, इस्राएलका फौजलाई तपाईंसँग नलानुहोस्, किनकि परमप्रभु इस्राएलसँग हुनुहुन्न— एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्न । |
19787 | JER 31:27 | यो परमप्रभुको घोषणा हो, “हेर्, यस्ता दिनहरू आउँदैछन्, जुन बेला इस्राएल र यहूदाका घरानाहरूलाई मान्छे र पशुका सन्तानहरूले म रोप्नेछु । |
19798 | JER 31:38 | यो परमप्रभुको घोषणा हो, “हेर्, यस्ता दिनहरू आउँदैछन्, जुन बेला यो सहर हननेलको धरहरादेखि कुने-ढोकसम्मै पुनर्निर्माण गरिनेछ । |
19814 | JER 32:14 | “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः छाप लगाइएको र नलगाइएको तमसुकका यी दुवै प्रतिका यी कागजपत्र समात् र यिनलाई एउटा माटोको भाँडोमा हाल्, यसरी लामो समयसम्म ती रहनेछन् । |
20600 | EZK 4:2 | तब त्यसका चारैतिर घेरा हाल्, र त्यसको विरुद्धमा किल्लाहरू बना । त्यसको वरिपरि घेरा-मचान खडा गर्, र त्सको वरिपरि छाउनी बना । त्यसलाई आक्रमण गरी भत्काउने मूढाहरू राख् । |
20602 | EZK 4:4 | त्यसपछि तँ देब्रेतिर कोल्टे परेर सुत्, र इस्राएलका घरानाको पाप त्यसमाथि राख् । जति समयसम्म तँ यसरी इस्राएलको घरानाको विरुद्धमा कोल्टो परिरहन्छस्, त्यति दिनसम्म तैंले तिनीहरूको पाप बोक्नेछस् । |
20625 | EZK 5:10 | यसकारण तेरै बिचमा बुबाहरूले छोराछोरीलाई र छोराहरूले आफ्ना बुबाहरूलाई खानेछन्, किनकि म तँमाथि दण्ड ल्याउनेछु र तेरा बाँचेकाहरू सबैलाई चारैतिर तितरबितर पारिदिनेछु । |
20661 | EZK 7:15 | घर बाहिर तरवार अनि भित्र रूढी र अनिकाल छन् । खेतमा हुनेहरू तरवारले मारिनेछन्, जबकी सहरमा हुनेचाहिं अनिकाल र रूढीले नष्ट हुनेछन् । |
20755 | EZK 12:6 | तिनीहरूले हेरिरहँदा तैंले आफ्नो सामान काँधमा उठा, र ती अँध्यारोमा बोकेर बाहिर लैजा । आफ्नो मुख छोप्, किनकि तैंले भुइँ देख्नुहुँदैन, किनभने इस्राएलका घरानाको निम्ति मैले तँलाई एउटा चिन्हको रूपमा अलग गरेको छु ।” |
20822 | EZK 14:22 | तापनि हेर्, त्यसमा कोही बाँकी हुनेछन्, र बचेकाहरू आफ्ना छोराहरू र छोरीहरूका साथमा बाहिर निस्केर जानेछन् । हेर्, तिनीहरू बाहिर तिमीहरूकहाँ आउनेछन्, र तिमीहरूले तिनीहरूका चालहरू र कामहरू हेर्नेछौ, र मैले यरूशलेममा ल्याएका ती दण्ड र देशको विरुद्ध मैले ल्याएका सबै कुराबाट तिमीहरूलाई सान्त्वना हुनेछ । |
20853 | EZK 16:22 | तेरा यी सबै घृणित काम र वेश्यावृत्तिमा तैंले आफ्नो युवावस्थाका दिनहरू सम्झेको छैनस्, जति बेला तँ नाङ्गो, वस्त्रहीन र भएर आफ्नो रगतमा लट्पटिएकी थिइस् । |
20872 | EZK 16:41 | तिनीहरूले तेरा घरहरू जलाउनेछन्, र धेरै जना स्त्रीले देख्ने गरी तँलाई धेरै किसिमका दण्ड दिनेछन्, किनकि म तेरो वेश्यावृत्ति रोक्नेछु, र तैंले आफ्ना प्रेमीहरूलाई फेरि ज्याला दिनेछैनस् । |
20952 | EZK 19:2 | र भन्, 'तेरी आमा को थिई? एक सिंहिनी, त्यो सिंहका डमरुसँग बस्थी । त्यसले आफ्ना डमरुहरूलाई हुर्काउँदै तिनीहरूका बिचमा बस्थी । |
20969 | EZK 20:5 | तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जुन दिन मैले इस्राएललाई छानें, र याकूबको घरानासित शपथ खानलाई मैले हात उचाले र मैले आफूलाई मिश्रदेशमा तिनीहरूका बिचमा प्रकट गरें । जति बेला तिनीहरूसित शपथ खान मैले आफ्नो हात उचालें । मैले भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ”— |
21011 | EZK 21:3 | नेगेभको वनलाई भन्, 'यो परमप्रभुको घोषणा हो— परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, म तेरो माझमा आगो सल्काउनेछु । त्यसले तेरा माझमा भएका हरेक हरिया रूख र हरेक सुकेका रूखलाई भष्म गर्नेछ । त्यो दन्केको ज्वाला निभाइनेछैन । दक्षिणदेखि उत्तरसम्मका हरेक अनुहार जल्नेछन् । |
21049 | EZK 22:4 | तैंले बगाएको रगतको कारणले तँ दोषी भएको छस्, र तैंले बनाएका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको छस् । तैंले आफ्ना दिनहरूको अन्त्य गरेको छस्, र तेरा वर्षहरूको अन्त्य आएको छ । यसैकारण म तँलाई जातिहरूका बिचमा गिल्ला र सबै देशमा हाँसोको पात्र बनाउनेछु । |
21052 | EZK 22:7 | तँभित्रै तिनीहरूले माताहरू र बाबुहरूसँग अपमानको व्यवहार गरेका छन्, र तिनीहरूले तेरो बिचमा भएका विदेशीहरूमाथि अत्याचार गरेका छन् । तेरो बिचमा भएका टुहुरा-टुहुरी र विधवाहरूलाई तिनीहरूले दुर्व्यवहार गरेका छन् । |
21103 | EZK 23:27 | यसरी तेरा लाजमर्दो व्यवहार र मिश्रदेशदेखि तैंले सुरु गरेका तेरा वेश्यावृत्तिका कामहरू तँबाट म हटाउनेछु । तैंले यी कुराहरूतिर आफ्ना कुदृष्टि लगाउनेछैनस्, र मिश्रदेशको सम्झना फेरि तैंले गर्नेछैनस् ।' |
21105 | EZK 23:29 | उनीहरूले तँसित घृणापूर्वक व्यवहार गर्नेछन् । तेरा सबै धन-सम्पत्ति उनीहरूले लानेछन्, र तँलाई नाङ्गो र उजाड पारेर छोड्नेछन् । अनि तँ कामुक र वेश्यावृत्तिमा संलग्न हुँदा भएझैं तँलाई नाङ्गो पारिनेछ । |
21107 | EZK 23:31 | तँ आफ्नी दिदीकै चालमा हिंडेकी छेस्, यसैले त्यसको दण्डको कचौरा म तेरो हातमा दिनेछु ।' |
21166 | EZK 25:14 | मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्यवहार गर्नेछन्, र तिनीहरूले मेरो बदला कस्तो रहेछ भनी जान्नेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो' । |
21175 | EZK 26:6 | मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् । |
21236 | EZK 28:10 | विदेशीहरूका हातबाट तँ खतना नगर्नेहरूझैं मर्नेछस्, किनकि मैले यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो' ।” |
21240 | EZK 28:14 | मानिसहरूका सुरक्षा गर्न मैले तँलाई करूबलाई झैं अभिषेक गरेर मैले तँलाई परमेश्वरको पवित्र डाँडामा राखें । अग्निमय पत्थरहरूका बिचमा तँ थिइस्, जहाँ तँ हिंड्थिस् । |
21249 | EZK 28:23 | तँभित्र एउटा रूढी पठाउने, र त्यसका गल्लीहरूमा रगत म बगाउनेछु । मारिनेहरू तेरो बिचमा ढल्नेछन् । जब चारैतिरबाट तेरो विरुद्धमा तरवारले आउनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् । |
21252 | EZK 28:26 | त्यसपछि तिनीहरू त्यसभित्र सुरक्षित रहनेछन्, र मन्दिरहरू बनाउनेछन्, दाखबारी लगाउनेछन् । अनि तिनीहरूलाई घृणा गर्ने वरिपरिका सबैलाई मेले न्याय गर्दा, तिनीहरू त्यहाँ सुरक्षित रहनेछन् । तब तिनीहरूले म नै परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी जान्नेछन्' ।” |
23434 | MAT 8:20 | येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका दुला छन्, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्, तर मानिसका पुत्रको त आफ्नो शिर राख्ने ठाउँ कहीँ छैन ।” |
23439 | MAT 8:25 | चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्, हामी मर्नै लागेका छौँ !” |
24099 | MAT 25:22 | दुईवटा सिक्का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुईवटा सिक्का दिनुभएको थियो । हेर्नुहोस्, मैले अर्का दुईवटा सिक्का कमाएको छु ।’ |