418 | GEN 17:20 | इश्माएको विषयमा मैले तेरो बिन्ति सुनेँ । हेर्, म त्यसलाई आशिष् दिनेछु, र त्यसलाई फल्दो-फुल्दो बनाएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु । त्यो बाह्र जातिका अगुवाहरूका पिता हुनेछ, र त्यसलाई म ठुलो जाति बनाउनेछु । |
4545 | NUM 26:54 | ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक-एक अंश दिनुपर्छ । |
4797 | NUM 33:35 | तिनीहरू अब्रोनाबाट हिँडे र एस्योन-गेबेरमा छाउनी हाले । |
4798 | NUM 33:36 | तिनीहरू एस्योन-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले । |
4827 | NUM 34:9 | अनि सिमाना सिप्रोनतिर अघि बढ्ने छ र हसर-एनानमा टुङ्गिनेछ । यो तिमीहरूको उत्तरी सिमाना हुने छ । |
5992 | JOS 7:14 | बिहान तिमीहरू कुल-कुलअनुसार हाजिर हुनुपर्छ । परमप्रभुले चुन्नुहुने कुल आ-आफ्नो कुलअनुसार उहाँको नजिक आउने छ । परमप्रभुले चुन्नुहुने कुल तिनीहरूको घराना-घरानाअनुसार नजिक आउनुपर्छ । परमप्रभुले चुन्नुहुने घराना एक-एक गरी आउनुपर्छ । |
5996 | JOS 7:18 | तिनले जेरहको घरानालाई एक-एक गर्दै नजिक ल्याए र जब्दीको घरानालाई चुनियो । तिनले जब्दीको घरानालाई एक-एक गरी ल्याए र यहूदा कुलका जेरहका छोरा जब्दीका छोरा कर्मीका छोरा आकानलाई चुनियो । |
7877 | 1SA 25:13 | दाऊदले तिनका मानिसहरूलाई भने, “हरेक मानिसले आ-आफ्नो तरवार भिर ।” त्यसैले हरेक मानिसले आ-आफ्नो तरवार भिरे । दाऊदले पनि आफ्नो तरवार भिरे । झण्डै चार सय मानिसहरू दाऊदको पछि लागे र दुई सय जनाचाहिं सरसामानसँगै बसे । |
8155 | 2SA 5:20 | त्यसैले दाऊदले बाल-पराजीमा आक्रमण गरे र त्यहाँ तिनले तिनीहरूलाई पराजित गरे । तिनले भने, “परमप्रभु विष्फोट हुने पानीको बाढीझैं मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको छ ।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम भयो । |