87 | GEN 4:7 | यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ ।” |
90 | GEN 4:10 | परमप्रभुले भन्नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मलाई पुकारिरहेको छ । |
317 | GEN 12:18 | फारोले अब्रामलाई बोलाए र भने, “तिमीले मलाई यो के गरेको? तिनी तिम्रो पत्नी थिइन् भनी मलाई किन बताएनौ? |
318 | GEN 12:19 | 'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्नो बाटो लाग । |
328 | GEN 13:9 | के सारा भूमि तिम्रो सामु नै छैन र? तिमी जाऊ र मबाट अलग होऊ । यदि तिमी बायाँतरि गयौ भने म दायाँतिर जानेछु । वा यदि तिमी दाहिनेतिर गयौ भनौ म देब्रेतिर जानेछु ।” |
415 | GEN 17:17 | त्यसपछि अब्राहाम घोप्टो परेर हाँसे, अनि मनमनै यसो भने, “के सय वर्षको मानिसबाट सन्तान जन्मन सक्छ र? नब्बे वर्ष पुगेकी साराले कसरी सन्तान जन्माउन सक्छिन् र?” |
439 | GEN 18:14 | परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? अर्को साल मैले तोकेको समयमा म तँकहाँ फर्किआउनेछु । अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ ।” |
442 | GEN 18:17 | तर परमप्रभुले भन्नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ? |
448 | GEN 18:23 | तब अब्राहामले नजिक गएर भने, ‘के तपाईंले धर्मीहरूलाई पनि दुष्टहरूसँगै नष्ट गर्नुहुनेछ? |
449 | GEN 18:24 | सायद त्यस सहरमा पचास धर्मी जन छन् होला । के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र? |
450 | GEN 18:25 | धर्मीलाई पनि दुष्टलाई जस्तै व्यवहार गरेर दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्वीका न्यायकर्ताले न्यायोचित काम गर्नुहुन्न र? |
453 | GEN 18:28 | यदि त्यहाँ पाँच कम पचास जना धर्मी जन रहेछन् भने? केवल पाँच मात्र घटी भएको कारण तपाईं सारा सहरलाई नै नाश गर्नुहुनेछ?” त्यसपछि उहाँले भन्नुभयो, “यदि मैले त्यहाँ पैँतालीस पाएँ भने म त्यो नाश गर्नेछैनँ ।” |
463 | GEN 19:5 | तिनीहरूले लोतलाई बोलाएर भने, “साँझ तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई बाहिर हामीकहाँ ल्याऊ, ताकि हामी तिनीहरूसँग सुत्न सकौँ ।” |
470 | GEN 19:12 | त्यसपछि ती मानिसहरूले लोतलाई भने, “के तिमीकहाँ अरू कोही छन्? जुवाइँ, छोराहरू, छोरीहरू, र यस सहरमा तिम्रा जो कोही छन्, सबैलाई यस सहरबाट बाहिर लैजाऊ । |
500 | GEN 20:4 | अबीमेलेक तिनको नजिक गएका थिएनन् र उनले भने, “परमप्रभु के तपाईंले धार्मिक जातिलाई पनि मार्नुहुन्छ र? |
501 | GEN 20:5 | के त्यो आफैँले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेर भनेको थिएन र? त्यस स्त्रीले पनि, ‘तिनी मेरा दाजु हुन्’ भनेर भनेकी थिई । मेरो हृदयको इमान्दारी र मेरा निर्दोष हातद्वारा मैले यो गेरको हुँ ।” |
505 | GEN 20:9 | त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले यो हामीलाई के गर्यौ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ? तिमीले मसित गर्न नहुने काम गर्यौ ।” |
531 | GEN 21:17 | परमप्रभुले त्यस बालकको सोर सुन्नुभयो, र स्वर्गबाट परमप्रभुको एउटा दूतले हागारलाई बोलाएर भने, “हागार, तिमीलाई के कुराले सताइरहेको छ? नडराऊ, किनकि त्यस बालक भएको ठाउँबाट त्यसको सोर परमप्रभुले सुन्नुभएको छ । |
587 | GEN 23:15 | “हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस् । जग्गाको मोल चाँदीका चार सय सिक्का हो, तर मेरो र तपाईंको बीचमा त्यो के हो र? लाशलाई गाड्नुहोस् ।” |
597 | GEN 24:5 | त्यस नोकरले तिनलाई भन्यो, “यदि त्यो स्त्री मेरो पछि लागेर यस देशमा आउने इच्छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?” |
615 | GEN 24:23 | भन्यो, “तिमी कसकी छोरी हौ? कृपया मलाई भन, के तिम्रा बुबाको घरमा रात गुजार्नको निम्ति हाम्रो निम्ति ठाउँ छ?” |
703 | GEN 26:10 | अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्नीसित सजिलै नराम्रो कर्म गर्ने थियो, र तिमीले हामीमाथि दोष ल्याउने थियौ ।” |
761 | GEN 27:33 | इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्यो सबै खाएर त्यसलाई आशिष् दिइसकेँ । वास्तवमा, त्योचाहिँ आशीर्वादी हुनेछ।” |
764 | GEN 27:36 | एसावले भने, “त्यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्यसले मलाई दुई पल्ट ठग्यो । त्यसले मेरो ज्येष्ठ-अधिकार हर्यो, र अहिले मैले पाउने आशिष् पनि लग्यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्ति एउटै आशिष् पनि जगेडा राख्नुभएको छैन?” |
766 | GEN 27:38 | एसावले आफ्ना पितालाई भने, “तपाईंसित मेरो निम्ति एउटै मात्र आशिष् छैन र मेरा बुबा? मलाई पनि त आशिष् दिनुहोस् ।” एसाव डाँको छोडेर रोए । |
811 | GEN 29:15 | त्यसपछि लाबानले याकूबलाई भने, “मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्याला कति हो मलाई भन ।” |
821 | GEN 29:25 | याकूबले बिहान हेर्दा त लेआ पो रहिछन् । तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको? मैले राहेलको निम्ति सेवा गरेको होइन र? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो?” |
833 | GEN 30:2 | राहेलमाथि याकूबको क्रोध दन्कियो । तिनले भने, “के तिमीलाई सन्तान दिनबाट रोक्नु हुने म परमेश्वरको स्थानमा छु र? |
846 | GEN 30:15 | लेआले उनलाई भनिन्, “के तिमीले मेरा पति मबाट लैजानु सामान्य विषय हो र? अब तिमी मेरो छोराका विशाखमूलहरू पनि लिन चाहन्छ्यौ? राहेलले भनिन्, “त्यसो भए, तिम्रो छोराका विशाखमूलहरूको सट्टामा आज राति तिनी तिमीसितै सुत्नेछन् ।” |
888 | GEN 31:14 | राहेल र लेआले तिनलाई जवाफ दिएर भने, “के हाम्रा पिताको घरमा हाम्रा निम्ति हकको कुनै भाग छ र? के उहाँले हामीलाई विदेशीहरूलाई जस्तै व्यवहार गर्नुभएको छैन र? |
900 | GEN 31:26 | लाबानले याकूबलाई भने, “तिमीले मेरा छोरीहरूलाई युद्धका कैदीहरूलाई जस्तै गरी लगेर मलाई छल गरी यो के गरेको? |
901 | GEN 31:27 | किन तिमीले मलाई नबताईकन सुटुक्क भागेर धोका दियौ? गीत गाउँदै वीणा र खैँजडी बजाउँदै उत्सवको साथमा मैले तिमीलाई बिदा गर्ने थिएँ । |
910 | GEN 31:36 | याकूब रिसाए र तिनले लाबानलाई हप्काए, “मेरो दोष के हो? मेरो पाप के हो जसको लागि तपाईंले मेरो यसरी पिछा गर्नुभयो? |
911 | GEN 31:37 | तपाईंले मेरा सबै मालसामानको खोजी गरिसक्नुभयो । के तपाईंले कुनै आफ्ना घरेलु सामानहरू फेला पार्नुभयो? पाउनुभएको छ भने ती हाम्रा आफन्तहरूको सामु राखिदिनुहोस् ताकि तिनीहरूले हामी दुईको बिचमा न्याय गरून् । |
917 | GEN 31:43 | लाबानले याकूबलाई जवाफ दिई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्; यी नातिनातिनाहरू मेरै नातिनातिनाहरू हुन् र यी बगालहरू मेरै बगालहरू हुन् । तिमीले देखेका यी सबै मेरै हुन् । तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोराछोरीहरूलाई म के नै गर्न सक्छु र? |
946 | GEN 32:18 | तिनले पहिलो कमारोलाई यसो भन्दै निर्देशन दिए, “मेरा दाजु एसावले तँलाई भेटेर 'तँ कसको होस्? तँ कहाँ जाँदै छस्? तेरो अगिअगि आएका यी पशुहरू कसका हुन्? भनेर सोधे भने |
1004 | GEN 34:23 | के तिनीहरूका सबै गाईबस्तु र सम्पत्ति अर्थात् जनावरहरू हाम्रा हुनेछैनन् र? त्यसैले तिनीहरूसित सहमत होऔँ र तिनीहरू हामीसित बसून् ।” |
1092 | GEN 37:8 | उनका दाजुहरूले उनलाई भने, “के तैँले साँच्चै हामीमाथि शासन गर्नेछस्? के साँच्चै हामीमाथि तैँले अधिकार गर्नेछस्?” उनका सपना र उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । |
1094 | GEN 37:10 | आफ्ना दाजुहरूलाई झैँ उनले यो कुरा आफ्ना बुबालाई पनि बताए, तर उनका बुबाले उनलाई हप्काए । तिनले उनलाई भने, “तिमीले देखेको यो सपना के हो? के तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?” |
1097 | GEN 37:13 | इस्राएलले योसेफलाई भने, “के तिम्रा दाजुहरू शकेममा भेडाबाख्राहरूका बगाल चराइरहेका छैनन् र? आऊ, र म तिमीलाई तिनीहरूकहाँ पठाउनेछु ।” योसेफले तिनलाई भने, “म तयार छु ।” |
1110 | GEN 37:26 | यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा? |
1181 | GEN 40:8 | तिनीहरूले उनलाई भने, “हामी दुवैले एउटा सपना देखेका छौँ र कसैले पनि त्यसको अर्थ खोल्न सकेको छैन ।” योसेफले तिनीहरूलाई भने, “के सबै अर्थहरू परमेश्वरका नै होइनन् र? कृपया, मलाई ती बताउनुहोस् ।” |
1275 | GEN 42:22 | रूबेनले तिनीहरूलाई जवाफ दिए, “'त्यस केटोको विरुद्धमा पाप नगर' भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र? तर तिमीहरूले मेरो कुरा सुनेनौँ । अब हामीले त्यसको रगतको बदला भोग्नुपर्छ । |
1298 | GEN 43:7 | तिनीहरूले भने, “ती मानिसले हामी र हाम्रो परिवारको बारेमा सबै कुरा सोधपुछ गरे । तिनले भने, 'के तपाईंका पिता अझै जीवितै हुनुहुन्छ? के तिमीहरूको अर्को भाइ छ?' हामीले तिनका प्रश्नहरूको जवाफ मात्र दिएका हौँ । तिनले 'तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ' भन्छन् भनी हामीले कसरी जान्न सक्थ्यौँ र? |
1318 | GEN 43:27 | तिनले तिनीहरूको भलाकुसारीको बारेमा सोधपुछ गरे, “तपाईंहरूले बताउनुभएका तपाईंहरूका वृद्ध पिता सञ्चै हुनुहुन्छ? के तिनी अझै जीवितै छन्?” |
1330 | GEN 44:5 | के यो त्यही कचौरा होइन जसबाट मेरा मालिकले पिउनुहुन्छ र शकून-अपशकूनको लागि प्रयोग गर्नुहुन्छ? तपाईंहरूले जे गर्नुभएको छ त्यो खराब छ' ।” |
1332 | GEN 44:7 | तिनीहरूले त्यसलाई भने, “किन मेरा मालिकले यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंका दासहरूले कहिल्यै यस्तो कुरा गर्न सक्दैनन् । |
1333 | GEN 44:8 | हामीले हाम्रा बोराहरूका मुखमा फेला पारेका रुपियाँ-पैसा त हामीले कनान देशबाट फेरि तपाईंकहाँ फर्काएर ल्यायौँ । तब कसरी हामीले हाम्रा मालिकको घरबाट चाँदी वा सुन चोर्न सक्छौँ? |
1340 | GEN 44:15 | योसेफले तिनीहरूलाई भने, “तिमीहरूले यो के गरेको? मजस्तो मानिसले शकून-अपशकून गर्छ भनी के तिमीहरूलाई थाहा छैन?” |
1341 | GEN 44:16 | यहूदाले भने, “मेरा मालिकलाई हामी के भनौँ? हामी के बोलौँ? वा हामीले आफूलाई कसरी सफाइ दिऔँ? परमेश्वरले तपाईंका दासहरूको अपराध पत्ता लगाउनुभएको छ । हेर्नुहोस्, हामी मेरा मालिकहरूका दास हुन्छौँ– हामी र त्यो व्यक्ति जसको हातमा त्यो कचौरा फेला पर्यो । |
1359 | GEN 44:34 | किनकि ठिटालाई नलिईकन म कसरी मेरा पिताकहाँ जान सक्छु र? मेरा पितामाथि आइपर्ने खराबी हेर्नदेखि म डराएको छु ।” |
1440 | GEN 47:19 | हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्ने किन नष्ट हुने? अन्नको साटोमा हामी र हाम्रो जमिनलाई किन्नुहोस्, र हामी आफ्ना जग्गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौँ । हामीलाई बिउ दिनुहोस्, ताकि हामी जीवित हुन सकौँ र हाम्रा जग्गाजमिन पनि उजाड नहोऊन् ।” |
1483 | GEN 49:9 | यहूदा सिंहको डमरु हो । ए मेरो छोरो, तँ तेरो शिकारभन्दा उच्च भएको छस् । त्यो निहुरियो, सिंह र सिंहनीझैँ झुक्यो । कसले त्यसलाई उठाउने आँट गर्छ? |
1526 | GEN 50:19 | तर योसेफले उनीहरूलाई भने, “नडराउनुहोस् । के म परमेश्वरको स्थानमा छु र? |
1569 | EXO 2:14 | तर त्यस मानिसले भन्यो, “कसले तिमीलाई हाम्रो अगुवा र न्यायकर्ता बनायो? त्यस मिश्रीलाई मारेजस्तै के तिमी मलाई पनि मार्न खोज्दै छौ?” तब मोशा डराएर भने, “निश्चय नै, मैले गरेको कुरा अरूहरूले थाहा पाउन लागेछन् ।” |
1575 | EXO 2:20 | तिनले आफ्ना छोरीहरूलाई भने, “त्यसो भए, तिनी कहाँ छन् त? किन तिमीहरूले ती मानिसलाई छाड्यौ?” तिनलाई डाक ताकि तिनले हामीसितै खाना खान सकून् ।” |
1613 | EXO 4:11 | परमप्रभुले तिनलाई भन्नुभयो, “मानिसको मुख बनाउने को हो? मानिसलाई गुँगो वा बैरो वा दृष्टिविहीन बनाउने को हो? के म परमप्रभुले नै होइनँ र? |
1616 | EXO 4:14 | तब परमप्रभु मोशासित रिसाउनुभयो र भन्नुभयो, “तेरो दाजु लेवी हारून छैन र? त्यसले राम्ररी बोल्न सक्छ भनी मलाई थाहा छ । यसको अतिरिक्त, त्यो तँलाई भेट्न आउँदै छ र त्यसले तँलाई देख्दा त्यो ह्रदयमा खुसी हुनेछ । |
1635 | EXO 5:2 | फारोले भने, “परमप्रभु को हुनुहुन्छ? उहाँको कुरा सुनेर मैले इस्राएललाई किन जान दिने? म परमप्रभुलाई चिन्दिनँ, र म इस्राएललाई जान दिन्नँ ।” |
1637 | EXO 5:4 | तर मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून हो, तिमीहरू मानिसहरूका काममा किन अवरोध गर्छौ? तिमीहरूका काममा जाओ ।” |
1648 | EXO 5:15 | त्यसैले इस्राएली नाइकेहरू फारोकहाँ आएर बिन्ती गरे, “तपाईंले हजुरका दासहरूलाई किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ? |
1655 | EXO 5:22 | मोशा परमप्रभुकहाँ गई भने, “हे प्रभु, तपाईंले किन यो जातिमा कष्ट ल्याउनुभएको? तपाईंले पहिले मलाई किन दरबारमा पठाउनुभयो? |
1737 | EXO 8:22 | मोशाले भने, “हामीलाई त्यसो गर्न ठिक हुँदैन किनकि हामीले परमप्रभु हाम्रा परमेश्वरलाई चढाउने बलिदान मिश्रीहरूको भन्दा बेग्लै हुनेछ । हामीले मिश्रीहरूलाई घिनलाग्ने बलि तिनीहरूकै आँखाको सामुन्ने चढायौँ भने के तिनीहरूले हामीमाथि ढुङ्गा बर्साउँदैनन् र? |
1781 | EXO 10:3 | त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, “हिब्रूहरूका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस्? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे । |
1785 | EXO 10:7 | फारोका अधिकारीहरूले तिनलाई भने, “कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने? तिनीहरूका परमप्रभु परमेश्वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् । मिश्र नष्ट भएको के हजुरले देख्नुभएको छैन र?” |
1901 | EXO 14:11 | तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको? |
1902 | EXO 14:12 | के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो ।” |
1905 | EXO 14:15 | तब परमप्रभुले मोशालाई भन्नुभयो, “ए मोशा, किन तँ मेरो पुकार गर्दै छस्? इस्राएलीहरूलाई अगाडि बढ्न आज्ञा दे । |
1932 | EXO 15:11 | हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र? |
1955 | EXO 16:7 | बिहान तिमीहरूले परमप्रभुको महिमा देख्नेछौ किनकि तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्नुभएको छ । हाम्रो विरुद्धमा गनगन गर्ने तिमीहरूका लागि हामी को हौँ र? |
1956 | EXO 16:8 | मोशाले यसो पनि भने, “तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्नुभएकोले उहाँले तिमीहरूलाई साँझमा मासु र बिहान रोटी अघाउञ्जेल दिनुहुँदा तिमीहरूले यो जान्नेछौ । हारून र म को हौँ र? तिमीहरूको गनगन हाम्रा विरुद्धमा नभई परमप्रभुको विरुद्धमा हो ।” |
1976 | EXO 16:28 | तब परमप्रभुले मोशालाई भन्नुभयो, “कहिलेसम्म तिमीहरू मेरा आज्ञा र विधिहरू मान्नलाई इन्कार गर्छौ? |
1986 | EXO 17:2 | त्यसैले मानिसहरूले तिनीहरूको अवस्थाको निम्ति मोशालाई दोष लगाए र भने, “हामीलाई पिउन पानी दिनुहोस् ।” मोशाले भने, “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन परमप्रभुको जाँच गर्छौ?” |
1987 | EXO 17:3 | मानिसहरू तिर्खाएका थिए । त्यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, “तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको? हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई?” |
1988 | EXO 17:4 | तब मोशाले परमप्रभुलाई पुकारा गरे, “यी मानिसहरूलाई मैले के गर्ने? तिनीहरू मलाई ढुङ्गा हान्न झण्डै तयार छन् ।” |
2014 | EXO 18:14 | मोशाले आफ्ना मानिसहरूका निम्ति गरेका सबै कुरा तिनका ससुराले देखेपछि तिनले भने, “तिमीले मानिसहरूसित गरिरहेको यो के हो? किन तिमी एक्लै बस्छौ? किन मानिसहरू बिहानदेखि बेलुकासम्म तिम्रो वरिपरि झुम्मिन्छन्?” |
2141 | EXO 22:26 | किनकि त्यसको ओढ्ने त्यही मात्र हो । यो त्यसको शरीरको लागि त्यसको खास्टो हो । योबाहेक त्यो केमा सुत्न सक्छ र? त्यसले मेरो पुकारा गर्दा म सुन्नेछु किनकि म दयालु छु । |
2450 | EXO 32:11 | तर मोशाले परमप्रभु तिनका परमेश्वरलाई शान्त पार्न खोजे । तिनले भने, “हे परमप्रभु, आफ्नो ठुलो सामर्थ्य र शक्तिशाली हातले मिश्र देशबाट तपाईंले बाहिर ल्याउनुभएका यी मानिसहरूको विरुद्ध तपाईंको क्रोध किन दन्किने? |
2490 | EXO 33:16 | किनकि नत्रता म र मेरा मानिसहरूले तपाईंको दृष्टिमा निगाह पाएका छौँ भनी हामीले कसरी थाहा पाउने? पृथ्वीको सतहमा भएका सबै जातिभन्दा तपाईंको जाति र म अलग छु भनेर थाहा पाउने कुरो भनेको तपाईं हामीसँग गएर मात्र हुने होइन र?” |
2995 | LEV 10:17 | “तिमीहरूले त्यो पापबलिलाई पवित्र वासस्थानको क्षेत्रमा किन खाएनौ, किनकि त्यो अति पवित्र हो, र समुदायको पाप हटाउन र उहाँको सामु तिनीहरूका निम्ति प्रायश्चित्त गर्नका लागि परमप्रभुले त्यो तिमीहरूलाई दिनुभएको होइन र? |
3490 | LEV 25:20 | तिमीहरूले भनौला, “सातौँ वर्षमा हामीले के खाने छौँ? हेर्नुहोस्, हामीले न त बाली लगाउन सक्छौँ, न फसल कटनी गर्न सक्छौँ ।” |
4414 | NUM 22:38 | त्यसपछि बालामले बालाकलाई जवाफ दिए, “हेर्नुहोस्, म तपाईंकहाँ आएको छु । के मसँग कुनै कुरा भन्ने शक्ति छ र? मैले त परमेश्वरले मेरो मुखमा जे हालिदिनुहुन्छ त्यही मात्र भन्न सक्छु ।” |
4922 | DEU 1:28 | अब हामी कहाँ जाने? हाम्रा दाजुभाइहरूले यसो भनी हामीलाई निराश बनाएका छन्, 'ती मानिसहरू हामीभन्दा ठुला र अग्ला छन् । तिनीहरूका सहरहरू विशाल छन् र आकाशसम्मै पर्खाल लगाइएका छन् । त्यस बाहेक, त्यहाँ हामीले अनाकीहरूका सन्तानहरूलाई पनि देखेका छौँ' ।” |
5001 | DEU 3:24 | 'हे परमप्रभु परमेश्वर, तपाईंले आफ्ना दासलाई तपाईंको महान्ता र तपाईंको शक्तिशाली हात देखाउन थाल्नुभएको छ किनकि स्वर्ग र पृथ्वीमा त्यस्तो कुनचाहिँ देव छ जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू गर्न सक्छ? |
5862 | JOS 1:9 | के मैले तँलाई आज्ञा गरेको होइनँ र? बलियो र साहसी हो । नडरा । निराश नहो । तँ जहाँ गए पनि परमप्रभु परमेश्वर तँसँग हुनुहुन्छ । |
5985 | JOS 7:7 | त्यसपछि यहोशूले भने, “हाय! हे परमप्रभु परमेश्वर, तपाईंले यी मानिसहरूलाई किन यर्दन तारेर ल्याउनुभयो? के हामीलाई एमोरीहरूका हातमा दिएर नष्ट पार्नलाई हो? हामीले अर्कै निर्णय गरेर हामी त यर्दन पारी नै बसेको भए पनि हुनेथियो । |
5986 | JOS 7:8 | हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काएपछि म के भन्न सक्छु र? |
5987 | JOS 7:9 | कनानीहरू र यस भूमिमा बस्नेहरूले यो कुरा सुन्ने छन् । तिनीहरूले हामीलाई घेर्ने छन् र पृथ्वीका मानिहरूलाई हाम्रो नाउँ बिर्सन लगाउने छन् । अनि तपाईंको महान् नाउँको निम्ति तपाईं के गर्नुहुन्छ? |
5988 | JOS 7:10 | परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ् । तँ किन घोप्टो परेर लम्पसार परिरहन्छस्? |
6003 | JOS 7:25 | यहोशूले भने, “तैँले हामीमाथि किन कष्ट ल्याइस्? परमप्रभुले तँमाथि पनि कष्ट ल्याउनुहुने छ ।” सबै इस्राएलले ढुङ्गाले हाने । त्यसपछि बाँकी सबैलाई पनि ढुङ्गाले हानेर मारे र तिनीहरूलाई आगोले जलाइदिए । |
6047 | JOS 9:8 | उनीहरूले भने, “हामी तपाईंहरूका दासहरू हौँ ।” यहोशूले उनीहरूलाई भने, “तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?” |
6061 | JOS 9:22 | यहोशूले उनीहरूलाई बोलाए र भने, “'हामी टाढाबाट आएका हौँ' भनी तिमीहरूले हामीसँग किन छल गर्यौ, जब कि तिमीहरू हाम्रै माझमा बस्दा रहेछौ? |
6078 | JOS 10:12 | अनि यहोशू परमप्रभुसँग बोले । यहोशूले इस्राएलको सामु परमप्रभुलाई यसो भने, “ए सूर्य, गिबोनमाथि र ए चन्द्र अय्यालोनको बेँसीमा अडिरह ।” जातिले तिनीहरूका शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडियो र चन्द्र रोकियो । के यो याशारको पुस्तकमा लेखिएको छैन र? |
6298 | JOS 18:3 | यहोशूले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाले तिमीहरूलाई दिनुभएको भू-भागमा जान तिमीहरूले कहिलेसम्म पछि सारिरहन्छौ? |
6444 | JOS 22:16 | “परमप्रभुका सारा समुदाय यसो भन्छ, 'परमप्रभुको विरुद्धमा आजको दिन आफ्नो निम्ति वेदी निर्माण गरेर परमप्रभुलाई पछ्याउनबाट तर्किएर इस्राएलका परमेश्वरको विरुद्ध तिमीहरूले कस्तो बेइमानी गरेको? |
6445 | JOS 22:17 | के पोरको हाम्रो पाप पर्याप्त थिएन? तैपनि हामीले आफूलाई यसबाट अझै शुद्ध पारेका छैनौँ । त्यो पापको निम्ति परमप्रभुको समुदायमा विपत्ति आइपर्यो । |
6446 | JOS 22:18 | के तिमीहरू पनि अहिले नै परमप्रभुलाई पछ्याउनबाट तर्किनुपर्छ? यदि तिमीहरूले आज उहाँको विरुद्ध विद्रोह गर्यौ भने, उहाँ भोलि हामी इस्राएलको सबै समुदायसँग रिसाउनुहुने छ । |
6448 | JOS 22:20 | के परमेश्वरलाई सुम्पेका थोकहरूको विषयमा जेरहको छोरो आकानले विश्वास तोडेनन्? के सबै इस्राएलका मानिसमाथि क्रोध परेन? त्यसको पापको निम्ति आफू मात्रै मरेन' ।” |
6452 | JOS 22:24 | यदि हामीले यो वेदी होमबलि, अन्नबलि वा मेलबलि चढाउनलाई निर्माण गरेका हौँ भने, परमप्रभुले हामीलाई यसको निम्ति मूल्य चुकाउन लगाउनुभएको होस् । होइन! हामीले आउँदो दिनमा तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई यसो भन्लान् भन्ने डरले हामीले यसो गर्यौँ, 'परमप्रभु इस्राएलका परमेश्वरसँग तिमीहरूको के सरोकार? |
6549 | JDG 2:2 | यस देशमा बस्नेहरूसँग तिमीहरूले कुनै करार गर्नुहुँदैन । तिमीहरूले तिनीहरूका वेदीहरू भत्कानुपर्छ ।’ तर तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ । तिमीहरूले यो के गरेका छौ? |