427 | GEN 18:2 | तिनले आफ्ना आँखा उठाएर हेरे, र तिनले आफ्नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्म निहुरेर दण्डवत् गरे । |
579 | GEN 23:7 | तब अब्राहामले उठेर त्यस देशका मानिसहरू अर्थात् हेतका छोराहरूका अगि निहुरेर दण्डवत् गरे । |
583 | GEN 23:11 | “होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस् । म तपाईंलाई त्यो खेत र त्यसमा भएको ओडार पनि दिन्छु । मेरा मानिसहरूका छोराहरूकै सामुन्ने म त्यो तपाईंलाई दिन्छु। म तपाईंलाई लाश गाड्नको निम्ति त्यो दिन्छु ।” |
584 | GEN 23:12 | अब्राहामले फेरि त्यस देशका मानिसहरूलाई दण्डवत् गरे । |
587 | GEN 23:15 | “हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस् । जग्गाको मोल चाँदीका चार सय सिक्का हो, तर मेरो र तपाईंको बीचमा त्यो के हो र? लाशलाई गाड्नुहोस् ।” |
625 | GEN 24:33 | तिनीहरूले त्यसको सामु खानेकुरा पनि राखिदिए, तर त्यसले भन्यो, “जबसम्म मेरो समाचार म भन्दिनँ तबसम्म म केही खान्नँ ।” तब लाबानले भने, “ल, भन्नुहोस् ।” |
632 | GEN 24:40 | तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्ने म हिँड्छु, उहाँले नै आफ्ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, ताकि तैैँले मेरो कुटुम्ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्नी ल्याउनेछस् । |
641 | GEN 24:49 | अब तपाईंहरू मेरा मालिकसँग करारको विश्वासयोग्यता र भरोसायोग्य व्यवहार गर्नुहुन्छ भने मलाई भन्नुहोस् । होइन भने पनि मलाई भन्नुहोस्, र म दाहिने-देब्रे जता हुन्छ लागुँला ।” |
644 | GEN 24:52 | तिनीहरूका कुरा सुनेपछि अब्राहामको नोकरले भूइँमा निहुरेर परमप्रभुलाई दण्डवत् गर्यो । |
645 | GEN 24:53 | तब त्यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्याएर रिबेकालाई दियो । त्यसले तिनका दाजु र आमालाई पनि मूल्यवान् उपहारहरू दियो । |
648 | GEN 24:56 | तर त्यसले तिनीहरूलाई भन्यो, “परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको हुनाले मलाई नअलमल्याउनुहोस् । मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु ।” |
661 | GEN 25:2 | तिनको नाउँ कतूरा थियो । तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्माइन् । |
690 | GEN 25:31 | याकूबले भने, “पहिले तपाईंको ज्येष्ठ-अधिकार मलाई बेच्नुहोस् ।” |
757 | GEN 27:29 | मानिसहरूले तेरो सेवा गरून् र जाति-जातिहरूले तँलाई दण्डवत् गरून् । तेरा दाजुभाइहरूको मालिक बन्, र तेरी आमाका छोराहरूले तँलाई दण्डवत् गरून् । तँलाई सराप्नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष् दिनेहरू सबैले आशिष् पाऊन् ।” |
829 | GEN 29:33 | तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्माइन् । तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो,” र तिनले त्यसको नाउँ शिमियोन राखिन् । |
1496 | GEN 49:22 | योसेफ एउटा फलवन्त लहरा हो, पानीको मूलनेर भएको फल दिने लहरा, जसका हाँगाहरू पर्खालमाथि फैलिन्छन् । |
10313 | 1CH 2:3 | यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्त्री शूआले तिनीबाट जन्माइन् । यहूदाका जेठा छोरा एर् परमप्रभुको दृष्टिमा दुष्ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो । |
10314 | 1CH 2:4 | तिनकी बुहारी तामारले तिनको निम्ति फारेस र जेरहलाई जन्माइन् । यहूदा जम्मा पाँच जना छोराहरू थिए । |
10329 | 1CH 2:19 | अजूबा मृत्यु भएपछि कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन् । |
10331 | 1CH 2:21 | पछि हेस्रोनले (जब तिनी साठी वर्षका थिए) गिलादका पिता माकीरकी छोरीसित विवाह गरे । तिनले उनका निम्ति सगूबलाई जन्माइन् । |
10339 | 1CH 2:29 | अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो र उनले तिनको निम्ति अहबान र मोलीदलाई जन्माइन् । |
10345 | 1CH 2:35 | शेशानले आफ्नी छोरीको विवाह यही दास यरहासित गरिदिए । तिनले त्यसको निम्ति अत्तैलाई जन्माइन् । |
10359 | 1CH 2:49 | तिनले मद्मन्नाका पिता शापलाई अनि मक्बेना र गिबियाका पिता शेबालाई पनि जन्माइन् । कालेबकी छोरी अक्सा थिइन् । कालेबका सन्तान यी नै थिए । |
10395 | 1CH 4:6 | नाराले तिनको निम्ति अहुज्जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्माइन् । नाराका छोराहरू यि नै थिए । |
10406 | 1CH 4:17 | एज्रहका छोराहरू येतेर, मेरेद, एपेर, यालोन थिए । मेरेदले विवाह गरेकी मिश्री बित्याहले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन् । |
10553 | 1CH 7:14 | मनश्शेका अस्रीएल नाम गरेका छोरा थिए, जसलाई अरामी उपपत्नीले जन्माएकी थिइन् । तिनले पनि गिलादका पिता माकीरलाई जन्माइन् । |
10562 | 1CH 7:23 | तिनले आफ्नी पत्नीसित सहवास गरे । तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन् । त्यसको नाउँ एफ्राइमले बरीआ राखे, किनभने तिनको परिवारमा दुःख आएको थियो । |
10839 | 1CH 16:14 | उहाँ परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, समस्त पृथ्वीमा उहाँका फैसलाहरू रहन्छन् । |
10854 | 1CH 16:29 | परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ । भेटी ल्याओ र उहाँको सामु आओ । पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत् गर । |
11189 | 1CH 29:20 | दाऊदले सम्पूर्ण सभालाई भने, “अब परमप्रभु आफ्ना परमेश्वरलाई धन्यवाद देओ ।” सम्पूर्ण समुदायले आफ्ना पुर्खाहरूका परमेश्वरलाई धन्यवाद दिए, आफ्ना शिर निहुराएर परमप्रभुको आराधना गरे र राजाको सामु घोप्टो परेर दण्डवत् गरे । |
11307 | 2CH 6:20 | यस मन्दिर, अर्थात्, तपाईंले आफ्नो नाम राख्ने प्रतिज्ञा गर्नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुला रहोस् । तपाईंको सेवकले यस ठाउँतिर फर्केर गरेको प्रार्थना तपाईंले सुन्नुहोस् । |
11308 | 2CH 6:21 | यसैले आफ्ना सेवक र तपाईंका मानिस इस्राएलले यो ठाउँतिर फर्केर प्रार्थना गर्दा ती बिन्तीहरू सुन्नुहोस् । हो, त्यो ठाउँबाट, तपाईं बस्नुहुने स्वर्गबाट सुन्नुहोस् । अनि तपाईंले सुन्नुहुँदा क्षमा गर्नुहोस् । |
11312 | 2CH 6:25 | तब तपाईंले स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नुहोस्, र आफ्ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस् । |
11317 | 2CH 6:30 | तब तपाईं बस्नुहुने स्वर्गबाट सुन्नुहोस् । क्षमा गर्नुहोस् र हरेक व्यक्तिलाई उसका सबै चाल अनुसार प्रतिफल दिनुहोस् । तपाईंलाई त्यसको हृदय थाहा हुन्छ, किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्नुहुन्छ । |
11329 | 2CH 6:42 | हे परमप्रभु परमेश्वर, आफ्ना अभिषिक्त जनको मुहार तपाईंबाट नतर्काउनुहोस् । आफ्ना सेवक दाऊदसँग तपाईंले गर्नुभएको करार बफादारीतालाई सम्झनुहोस् । |
11344 | 2CH 7:15 | यस ठाउँमा गरिएका प्रार्थनातिर अब मेरा आँखा खुला हुनेछन् र मेरा कानले सुन्नेछन् । |
11469 | 2CH 13:11 | तिनीहरू हरेक बिहान र बेलुकी परमप्रभुको निम्ति होमबलि र सुगन्धित धूप चढ़ाउँछन् । पवित्र टेबलमा उपस्थितिको रोटीलाई मिलाएर राख्ने काम पनि तिनीहरू गर्छन् । तिनीहरू बेलुकैपिच्छे सुनको सामदानमा भएका बत्तीहरू बाल्दछन् । हामी परमप्रभु हाम्रा परमेश्वरका आज्ञा पालना गर्छौं, तर तिमीहरूले उहाँलाई त्यागेका छौ । |
11554 | 2CH 18:7 | इस्राएलका राजाले यहोशापातलाई भने, “परमप्रभुबाट सल्लाह लिनलाई अझै एक जना यिम्लाका छोरा मीकाया छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवाणी बोल्दैनन्, तर सधैं खराबी मात्र भन्दछन् ।” यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न ।” |
11564 | 2CH 18:17 | यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल अगमवाणी बोल्दैनन् तर विनाशको मात्र भन्छन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?” |
11674 | 2CH 23:13 | र तिनले हेरिन् र हेर, राजा आफ्नो स्तम्भको छेउमा ढोकानेर खडा थिए र कमाण्डरहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए । देशका सबै मानिसहरूले उत्सव मनाउँदै र तुरही बजाउँदै थिए । अनि गायकहरूले बाजाहरू बजाउँदै थिए र प्रशंसाको गानको नेतृत्व गरिरहेका थिए । तब अतल्याहले आफ्ना लुगा च्यातिन् र कराएर भनिन्, “राजद्रोह! राजद्रोह!” |
19721 | JER 29:17 | हेर, तिनीहरूकहाँ मैले तरवार, अनिकाल र विपत्ति ल्याउनै लागेको छु, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ । किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्ये खराब हुन्छन् । |
20566 | EZK 2:5 | तिनीहरूले सुन्नेछन् वा सुन्नेछैनन् । तिनीहरू विद्रोही घराना हुन्, तर तिनीहरूले कमसेकम आफ्ना बिचमा एक जना अगमवक्ता छन् भनी जान्नेछन् । |
20577 | EZK 3:6 | अनौठो बोली र कठिन भाषा बोल्ने धैरै जना मानिसकहाँ होइन, जसको भाषा तैंले बुझ्दैनस् । मैले तँलाई त्यस्ताहरूकहाँ पठाएको भए, उनीहरूले निश्चय नै तेरा कुरा सुन्नेथिए । |
20602 | EZK 4:4 | त्यसपछि तँ देब्रेतिर कोल्टे परेर सुत्, र इस्राएलका घरानाको पाप त्यसमाथि राख् । जति समयसम्म तँ यसरी इस्राएलको घरानाको विरुद्धमा कोल्टो परिरहन्छस्, त्यति दिनसम्म तैंले तिनीहरूको पाप बोक्नेछस् । |
20603 | EZK 4:5 | तिनीहरूको पापका वर्षको संख्याकै बराबर तेरो लागि दिनको संख्या तोकेको छुः तिन सय नब्बे दिन । यसरी तैंले इस्राएलका घरानाको पाप बोक्नेछस् । |
20606 | EZK 4:8 | किनभने हेर्! म तँलाई डोरीहरूले कसी राख्नेछु, यसरी तेरा घेराको दिन समाप्त नहोउञ्जेल तँ यताउता फर्कन सक्नेछैनस् । |
20615 | EZK 4:17 | किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्दा हताश हुनेछ र आफ्नो अधर्मले गर्दा तिनीहरू सुक्दैजानेछन् ।' |
20623 | EZK 5:8 | यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “हेर, म आफै तेरो विरुद्धमा हुनेछु । म स्वयम् ती जातिहरूका सामुन्ने तँलाई दण्ड दिनेछु । |
20628 | EZK 5:13 | तब मेरो क्रोध पुरा हुनेछ, र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्त हुनेछ । म सन्तुष्ट हुनेछु, र मेरो क्रोध शान्त भएपछि तिनीहरूले जान्नेछन् कि म परमप्रभुले नै मेरो क्रोधमा यो कुरा भनेको हुँ । |
20645 | EZK 6:13 | जब तिनीहरूका मूर्तिहरूका बिचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्गा-अल्गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्याम्म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्ना मूर्तिहरूका निम्ति धूप बाल्थे, त्यहाँ-त्यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् । |
20650 | EZK 7:4 | किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् । |
20655 | EZK 7:9 | किनकि मेरा आँखाले तँलाई दयापूर्वक हेर्नेछैनँ, र तँलाई म छोड्नेछैन । जस्तो तैंले गरेको छस् तेस्तै म तँलाई गर्नेछु । अनि तेरा घृणित कुराहरू तेरै माझमा हुनेछन् ताकि तँलाई दण्ड दिनेचाहिं म परमप्रभु नै हुँ भनी तैंले जान्नेछस् । |
20665 | EZK 7:19 | तिनीहरूले आफ्ना चाँदी गल्लीहरूमा फाल्नेछन्, र तिनीहरूको सुन त्यागिएको चिजजस्तो हुनेछ । परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्नेछैनन् । तिनीहरूको जीवन बचाइनेछैन, र तिनीहरूको भोक मेटिनेछैन, किनकि तिनीहरूको अधर्म ठेसलाग्ने ढुङ्गो बनेको छ । |
20673 | EZK 7:27 | राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्नेछन् । तिनीहरूका आफ्नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्याय गर्नेछु । |
20679 | EZK 8:6 | यसैले उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, तिनीहरू के गर्दैछन्, तँ देख्छस्? इस्राएलको घरानाले मलाई आफ्नो पवित्रस्थानबाट टाढा हटाउनलाई घिनलाग्दा काम यी नै हुन् । तर तँ फर्कनेछस् र अझ बढी घिनलाग्दा कामहरू देख्नेछस् ।” |
20752 | EZK 12:3 | यसकारण ए मानिसको छोरो, निर्वासित भएको व्यक्तिझैं आफ्ना सामान पोको पार्, र दिउँसै तिनीहरूले देख्ने गरी जान सुरु गर्, किनकि तिनीहरूकै सामु तँलाई म निर्वासित तुल्याउनेछु । तिनीहरू विद्रोही घराना भए तापनि शायद तिनीहरूले बुझ्लान् । |
20764 | EZK 12:15 | जब जातिहरूका बिचमा तिनीहरूलाई म छरपष्ट पार्नेछु र देश-देशमा तिनीहरूलाई तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् । |
20765 | EZK 12:16 | तर म तिनीहरूमध्येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्यहाँका जातिहरूका बिचमा आफ्ना घिनलाग्दा व्यवहारहरूका लेखा तिनीहरूले राख्नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।” |
20786 | EZK 13:9 | मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्य दर्शनहरू देख्छन् र झूटा जोखनाहरू भन्छन् । तिनीहरू मेरो मानिसहरूका सभामा हुनेछैनन्, वा इस्राएलका घरानाको सूचीमा तिनका नाउँ लेखिनेछैनन् । तिनीहरू इस्राएल देशमा जानुहुँदैन । किनकि परमप्रभु परमेश्वर म नै हुँ भनी तिमीहरूले जान्नेछौ । |
20864 | EZK 16:33 | मानिसहरूले त हरेक वेश्यालाई ज्याला दिन्छन्, तर तैंले चाहिं उल्टो आफ्ना सबै प्रेमीलाई ज्याला दिन्छेस् र तँसित वेश्यवृति गर्न चारैतिरबाट तिनीहरू तँकहाँ आऊन् भनेर घुस दिन्छेस् । |
20870 | EZK 16:39 | तँलाई तिनीहरूका हातमा म सुम्पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्काउनेछन् र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन् र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन् । |
20892 | EZK 16:61 | तब तैंले आफ्ना चालहरू सम्झनेछस् र दिदी-बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिं होइन । |
20911 | EZK 17:17 | फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्छन् र घेरा हाल्नलाई पर्खालहरू बनाइन्छन् । |
21054 | EZK 22:9 | रगत बगाउनलाई हत्या गर्ने मानिसहरू तँभित्र आएका छन्, र तिनीहरूले डाँडाहरूमा खान्छन् । तिनीहरूले तेरो बिचमा दुष्ट काम गर्छन् । |
21057 | EZK 22:12 | तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्छन् र तैंले बढी ब्याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्वरको घोषणा हो । |
21100 | EZK 23:24 | उनीहरू तेरो विरुद्धमा हतियारहरू र रथहरू र गाडाहरू र मानिसहरूका ठुलो भीडलाई साथमा लिएर आउनेछन् । ठुला ढालहरू, साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्नेछन् । तँलाई दण्ड दिने मौका उनीहरूलाई म दिनेछु, र उनीहरूले आफ्ना कामहरूले तँलाई दण्ड दिनेछन् । |
21101 | EZK 23:25 | मेरो डाहको रिस तँतिर म फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्यवहार गर्नेछन् । उनीहरूले तेरा नाक र कान काट्नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्नेछन् । उनीहरूले तेरा छोराछोरीलाई लानेछन्, र तेरा बाँचेकाहरूलाई आगोले भस्म पार्नेछ । |
21152 | EZK 24:27 | त्यो दिनमा त्यो शरणार्थीसँग तैंले मुख खोल्नेछस् र तँ बोल्नेछस्— तँ फेरि चूपचाप रहनेछैनस् । तँ तिनीहरूका निम्ति एउटा चिन्ह हुनेछस्, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।” |
21165 | EZK 25:13 | यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म आफ्नो हातले एदोमलाई हिर्काउनेछु, र त्यहाँ भएका हरेक मानिस र पशुको नाश गर्नेछु । तेमानदेखि ददानसम्मै म त्यसलाई भग्नावशेष, उजाड पार्नेछु । तिनीहरू तरवारले ढल्नेछन् । |
21173 | EZK 26:4 | उनीहरूले टुरोसका पर्खालहरू भत्काउनेछन्, र त्यसका धरहराहरू ढाल्नेछन् । म त्यसको धूलो उडाउनेछु र त्यसलाई उजाड चट्टान बनाउनेछु । |
21175 | EZK 26:6 | मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् । |
21180 | EZK 26:11 | त्यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्चिनेछ । त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्नेछन् । |
21181 | EZK 26:12 | उनीहरूले तेरा धन-सम्पत्तिहरू लुट्नेछन्, र तेरा व्यापारका मालहरू लुट्नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा आरामदायी घरहरू भत्काउनेछन् । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्नेछन् । |
21183 | EZK 26:14 | म तँलाई उजाड चट्टान बनाउनेछु । तँ जालहरू सुकाउने ठाउँ बन्नेछस् । फेरि कहिल्यै तँलाई बनाइनेछैन, किनकि म परमप्रभु परमेश्वर नै बोलेको हुँ— यो परमप्रभु परमेश्वरको घोषणा हो । |
21184 | EZK 26:15 | परमप्रभु परमेश्वर टुरोस सहरलाई यसो भन्नुहुन्छ, 'जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्छ, तब ढलेहरूका सोर र घाइतेहरूले सुस्केराले के टापुहरू काम्नेछैनन् र? |
21185 | EZK 26:16 | तब समुद्र किनारका सबै जना शासक आ-आफ्ना सिंहासनबाट ओर्लनेछन् र आ-आफ्नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्त्रहरू फुकाल्नेछन् । तिनीहरूले आफैंमा कम्पका पोशाक लगाउनेछन्, तिनीहरू भूइँमा बस्नेछन्, र हरेक क्षण काम्नेछन्, र तँलाई देखेर तिनीहरू भयभीत हुनेछन् । |
21187 | EZK 26:18 | अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्छन् । तँ आफ्नो ठाउँमा नभए हुनाले टापूहरू त्रासमा परेका छन् ।' |
21189 | EZK 26:20 | तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्वीमुनि, प्राचीन भग्नावशेषमा जस्तै, मृत-लोकमा जानेहरूसित बस्न लाउनेछु । जसको कारण तँ फेरि कहिल्यै जीवितहरूको देशमा फर्केर बस्नेछैनस् । |
21217 | EZK 27:27 | तेरा धन-सम्पत्ति, सामान र व्यापारका माल । तेरा माझीहरू र तेरा नावीहरू, र जहाज बनाउनेहरू । तेरा व्यापारीहरू र तँसँग भएका तेरा युद्धका योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो सर्वनाशको दिनमा समुद्रको गहिरोमा डुब्नेछन् । |
21223 | EZK 27:33 | जब समुद्र किनारमा तेरा व्यापारका माल जान्थे, तिनले धेरै जना मानिसलाई सन्तुष्ट पार्थे । तेरा धेरै धन-सम्पत्ति र व्यापारका मालले तैंले पृथ्वीका राजाहरूलाई धनी तुल्याइस् । |
21235 | EZK 28:9 | तँलाई मार्नेहरूका सामु के तँ अझै पनि “म देवता हुँ” भन्नेछस् र? तँ मानिस होस्, र देवता होइन, र तँलाई छेड्नेहरूका हातमा तँ हुनेछस् । |
21248 | EZK 28:22 | यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, ए सीदोन, म तेरो विरुद्धमा छु । तेरो माझमा मेरो महिमा हुनेछ । मैले तँभित्र न्याय गर्दा, म नै परमप्रभु हुँ भनी तेरा मानिसहरूले जान्नेछन् । तँभित्र म पवित्र प्रकट हुनेछु । |
21249 | EZK 28:23 | तँभित्र एउटा रूढी पठाउने, र त्यसका गल्लीहरूमा रगत म बगाउनेछु । मारिनेहरू तेरो बिचमा ढल्नेछन् । जब चारैतिरबाट तेरो विरुद्धमा तरवारले आउनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् । |
21250 | EZK 28:24 | तब इस्राएलका घरानालाई, त्यसका मानिसहरूलाई घृणा गर्न त्यसका वरिपरि कसैबाट पनि दुःख दिने सिउँडी र तीखा काँढाहरू फेरि कहिल्यै हुनेछैनन् । यसरी तिनीहरूले म नै परमप्रभु परमेश्वर हुँ भनी जान्नेछन् । |
21257 | EZK 29:5 | तँ र तेरा नदीका सबै माछालाई म उजाड-स्थान फाल्नेछु । तँ खुला मैदानमा ढल्नेछस् । तँलाई कसैले जम्मा गर्ने वा उठाउने छैन । पृथ्वीका प्राणीहरू र आकाशका चाराहरूका निम्ति आहारा हुन म तँलाई दिनेछु । |
21258 | EZK 29:6 | तब मिश्रदेशमा बस्नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्नेछन् । किनकि तिनीहरू इस्राएलका घरानाको निम्ति एउटा नर्कटको लट्ठी भएका छन् । |
21266 | EZK 29:14 | म मिश्रदेशको सुदिन फर्काउनेछु र तिनीहरूलाई फारोको राज्यमा, तिनीहरूका सुरुको देशमा फर्काएर ल्याउनेछु । तब तिनीहरू त्यहाँ एक तुच्छ राज्य भएर बस्नेछन् । |
21277 | EZK 30:4 | तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र जब मारिएका मानिसहरू मिश्र देशमा ढल्नेछन् तब कूश देशमा पनि सङ्कष्ट आइपर्नेछ — जति बेला तिनीहरूले त्यसका धन-सम्पत्तिहरू लानेछन्, र जब त्यसका जगहरू भत्काइनेछन् । |
21281 | EZK 30:8 | जब म मिश्रदेशमा आगो लगाउनेछु, र जब त्यसका सबै सहयोगी नाश हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् । |
21284 | EZK 30:11 | त्यो र त्यससँग भएको त्यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्याइनेछन् । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्ना तरवार थुत्नेछन्, र मारिएकाहरूका सङ्ख्याले यो देशलाई भर्नेछन् । |
21298 | EZK 30:25 | किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्यसले मिश्रदेशको विरुद्धमा त्योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् । |