Wildebeest analysis examples for:   npi-npiulb   “Word‍Word    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

60  GEN 3:4  सर्पले स्‍त्रीलाई भन्यो, “निश्‍चय नै तिमीहरू मर्नेछैनौ ।
402  GEN 17:4  “निश्‍चय नै मेरो करार तँसँगै छ । तँ धेरै जातिहरूका पिता बन्‍नेछस् ।”
455  GEN 18:30  तिनले भने, “परमप्रभु रिसानी नहोस् ताकि म अझै बोल्न सकूँ । यदि त्‍यहाँ तिस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ तिस जना नै पाएँ भने पनि म त्‍यसो गर्नेछैनँ ।”
568  GEN 22:20  यी कुराहरू भएको केही समयपछि “मिल्‍काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्‍माइन्‌” भन्‍ने कुरा अब्राहामले सुने ।
622  GEN 24:30  जब उनले आफ्‍नी बहिनीको नाकमा नत्‍थ र हातमा बाला देखे र “त्‍यस मानिसले मलाई यसो भन्‍यो” भन्‍ने कुरा आफ्‍नी बहिनीबाट सुने, तब उनी त्‍यस मानिसकहाँ गए, त्यो मानिस इनारको छेउमा ऊँटहरूका नजिकै उभिइरहेको थियो ।
625  GEN 24:33  तिनीहरूले त्‍यसको सामु खानेकुरा पनि राखिदिए, तर त्‍यसले भन्‍यो, “जबसम्‍म मेरो समाचार म भन्‍दिनँ तबसम्‍म म केही खान्‍नँ ।” तब लाबानले भने, “ल, भन्‍नुहोस्‌ ।”
647  GEN 24:55  रिबेकाका दाजु र आमाले भने, “कन्‍यालाई कम्तीमा पनि दस दिन यहीँ हामीसँग रहन दिनुहोस्‌ । त्‍यसपछि तिनी गए हुन्‍छ ।”
764  GEN 27:36  एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठग्यो । त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?”
790  GEN 28:16  तब याकूबले निद्राबाट ब्‍युँझेर भने, “निश्‍चय नै परमप्रभु यस ठाउँमा हुनुहुँदोरहेछ, र मलाई यो थाहा थिएन ।”
810  GEN 29:14  लाबानले तिनलाई भने, “वास्‍तवमा तिमी मेरो हाड र मासु हौ ।” त्यसपछि याकूब तिनीसँग करिब एक महिना बसे ।
815  GEN 29:19  लाबानले भने, “त्‍यसलाई अर्को मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो । मसँगै बस ।”
828  GEN 29:32  लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्‍यसको नाम रूबेन राखिन् । “साँच्‍ची नै परमप्रभुले मेरो दु:ख देख्‍नुभएको छ, अब त मेरा पतिले निश्‍चय नै मलाई प्रेम गर्नुहुनेछ ।”
837  GEN 30:6  त्यसपछि राहेलले भनिन्, “परमेश्‍वरले मेरो पक्षमा न्याय गर्नुभएको छ । उहाँले मेरो प्रार्थना सुन्‍नुभई मलाई एउटा छोरो दिनुभएको छ ।” त्यसैले उनले त्यसको नाउँ दान राखिन् ।
849  GEN 30:18  लेआले भनिन्, “परमेश्‍वरले मेरो ज्याला दिनुभएको छ किनभने मैले मेरी कमारी मेरा पतिलाई दिएँ ।” उनले त्यसको नाउँ इस्साखार राखिन् ।
851  GEN 30:20  लेआले भनिन्, “परमेश्‍वरले मलाई अनमोल उपहार दिनुभएको छ । अब मेरा पतिले मलाई इज्‍जत गर्नुहुनेछ किनभने मैले उहाँका निम्ति छवटा छोरा जन्माएँ ।” उनले त्यसको नाउँ जबूलून राखिन् ।
854  GEN 30:23  उनी गर्भवती भइन् र एउटा छोरो जन्माइन् । उनले भनिन्, “परमेश्‍वरले मेरो लाज हटाइदिनुभएको छ ।”
1235  GEN 41:39  त्यसैले फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई यी सबै देखाउनुभएकोले तिमीजस्तै कुशल र बुद्धिमान् अरू कोही छैन ।
1247  GEN 41:51  योसेफले आफ्नो जेठो छोरोलाई मनश्शे नाउँ दिएका थिए किनकि तिनले भने, “परमेश्‍वरले मेरा र मेरा पिताका घरानाका सबै कष्‍ट बिर्सन लगाउनुभएको छ ।”
1248  GEN 41:52  तिनले दोस्रो छोरोको नाउँ एफ्राइम राखे किनकि तिनले भने, “परमेश्‍वरले मेरो कष्‍टलको देशमा मेरो फलिफाप गराउनुभएको छ ।”
1281  GEN 42:28  तिनले आफ्ना दाजुभाइहरुलाई भने, “मेरो रुपियाँ-पैसा त फिर्ता गरिएको रहेछ । हेर त, यो त मेरै बोराभित्र छ ।” तिनीहरूको हंसले ठाउँ छाड्यो । तिनीहरू डरले काम्दै यसो भने, “परमेश्‍वरले यो हामीलाई के गर्नुभएको?”
1523  GEN 50:16  यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो
1532  GEN 50:25  अनि योसेफले इस्राएलका मानिसहरूलाई शपथ खान लगाए । उनले भने, “परमेश्‍वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ। त्‍यो बेला तिमीहरूले मेरा अस्‍थिहरू यहाँबाट लैजानू ।”
1562  EXO 2:7  तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “बच्‍चालाई दूध खुवाउन तपाईंको लागि म गएर एक हिब्रू स्‍त्रीलाई फेला पारेर ल्याऊँ?”
1569  EXO 2:14  तर त्यस मानिसले भन्यो, “कसले तिमीलाई हाम्रो अगुवा र न्यायकर्ता बनायो? त्यस मिश्रीलाई मारेजस्तै के तिमी मलाई पनि मार्न खोज्दै छौ?” तब मोशा डराएर भने, “निश्‍चय नै, मैले गरेको कुरा अरूहरूले थाहा पाउन लागेछन् ।”
1587  EXO 3:7  परमप्रभुले भन्‍नुभयो, “निश्‍चय नै मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍ट मैले देखेको छु । तिनीहरूका नाइकेहरूको कारणले तिनीहरूको रुवाइ मैले सुनेको छु किनकि मलाई तिनीहरूको दुःखकष्‍ट थाहा छ ।
1592  EXO 3:12  परमेश्‍वरले जवाफ दिनुभयो, “निश्‍चय नै म तँसित हुनेछु । मैले तँलाई पठाएको हुँ भन्‍नाका लागि चिन्हचाहिँ यो हुनेछ । तैँले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याएपछि तैँले यही पर्वतमा मेरो आराधना गर्नेछस् ।”
1628  EXO 4:26  तब उनले भनिन्, “निश्‍चय नै तपाईं रगतद्वारा मेरो दुलहा हुनुहुन्छ ।” त्यसैले परमप्रभुले तिनलाई एक्लै छाडिदिनुभयो । यो खतनाको कारणले “तपाईं मेरो दुलहा हुनुहुन्छ” भनी उनले भनिन् ।
1887  EXO 13:19  मोशाले योसेफको अस्थि आफूसितै लगे किनकि योसेफले इस्राएलीहरूलाई यसरी गम्भीरतापूर्वक शपथ खान लगाएका थिए, “निश्‍चय नै परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुहुनेछ र तिमीहरूले मेरो अस्थि आफूसितै लैजानू ।”
2015  EXO 18:15  मोशाले आफ्ना ससुरालाई भने, “परमेश्‍वरको निर्देशन खोज्न मानिसहरू मकहाँ आउँछन् ।
3461  LEV 24:14  “परमेश्‍वरलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाल् । त्यसको कुरा सुनेका सबैले आफ्ना हात त्यसको टाउकोमाथि राखून्, र त्यसपछि जम्‍मै समुदायले त्यसलाई ढुङ्गाले हानून् ।
4386  NUM 22:10  बालामले परमेश्‍वरलाई जवाफ दिए, “सिप्‍पोरका छोरा मोआबका राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका छन् । तिनले भने,
4392  NUM 22:16  तिनीहरू बालामकहाँ आए र तिनलाई भने, “सिप्‍पोरका छोरा बालाक भन्‍नुहुन्छ, 'बिन्ती छ, तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्,
6594  JDG 3:24  एहूद गइसकेपछि, राजाका सेवकहरू आए । तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे । यसैले तिनीहरूले विचार गरे, “पक्‍कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला ।”
6610  JDG 4:9  तिनले भनिन्, “निश्‍चित रूपमा म तिमीसँग जानेछु । तर जुन बाटो तिमी जाँदैछौ त्यसले तिमीलाई सम्मान दिनेछैन, किनकि परमप्रभुले सीसरालाई एउटी स्‍त्रीको हातमा बेचिदिनुहुनेछ ।” त्यसपछि दबोरा खडा भइन् र बाराकसँग केदेशमा गइन् ।
6810  JDG 9:54  त्यसपछि उनले आफ्नो हतियार बोक्‍ने जवान मानिसलाई झट्टै बोलाए र उसलाई भने, “आफ्‍नो तरवार झिकेर मलाई मार्, ताकि कसैले मेरो बारेमा यस्तो नभनोस्, ‘एउटी स्‍त्रीले त्यसलाई मारी ।’” त्यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए, र तिनी मरे ।
6846  JDG 11:15  र तिनले भने, “यिप्‍ता यसो भन्छन्: इस्राएलले मोआब देश र अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन,
7124  JDG 21:20  तिनीहरूले बेन्यामीनका मानिसहरूलाई यसो भनेर निर्देशन दिए, “गुप्‍तमा लुक र दाखबारीहरूमा पर्ख ।
7517  1SA 14:7  तिनका हतियार बोक्‍नेले जवाफ दिए, “आफ्‍नो मनमा जे लागेको छ सो गर्नुहोस् । अगि बढ्नुहोस्, हेर्नुहोस्, तपाईंका सबै आज्ञा पालन गर्न म तपाईंको साथमा छु ।”
7528  1SA 14:18  शाऊलले अहियाहलाई भने, “परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ,” किनकि त्यस बेला यो इस्राएलका मानिसहरूसँग थियो ।
7546  1SA 14:36  तब शाऊलले भने, “पलिश्‍तीहरूलाई राती गएर पिछा गरौं र बिहानसम्ममा तिनीहरूलाई लूटौं । तिनीहरूलाई एउटै पनि जीवित नछोडौं ।” तिनीहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।” तर पुजारी भने, “यहाँ परमेश्‍वरकहाँ जाऔं ।”
7576  1SA 15:14  शमूएलले भने, “त्‍यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको र गोरुहरू कराएको यो के हो?”
7578  1SA 15:16  तब शमूएलले शाऊललाई भने, “पर्खनुहोस्, र परमप्रभुले मल‍ाई आज राती के भन्‍नुभयो सो म तपाईंलाई भन्‍नेछु ।” शाऊलले तिनलाई भने, “भन्‍नुहोस् ।”
7594  1SA 15:32  तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्‍याउनुहोस् ।” अगाग साङ्लाले बाँधिएकै अवस्थामा आए र भने, “निश्‍चय नै मृत्यु तीक्‍तता टरेको छ ।”
7820  1SA 23:7  दाऊद कीलाहमा गएका थिए भनी शाऊललाई भनियो । शाऊलले भने, “परमेश्‍वरले उसलाई मेरो हातमा दिनुभएको छ । किनकि ऊ थुनिएको छ, किनभने ढोकाहरू र बारहरू भएको सहरमा ऊ पसेको छ
7885  1SA 25:21  दाऊदले भनेका थिए, “निश्‍चय नै यो मानिसँग उजाड-स्‍थानमा भएका सबै थोकलाई मैले व्यार्थमा सुरक्षा दिएको रहेछु, ताकि उसँग भएका कुनै पनि कुरा हराएनन् र उसले मलाई असलको सट्टामा खराब फिर्ता दिएको छ ।
7916  1SA 26:8  अबीशैले दाऊदलाई भने, “परमेश्‍वरले आज तपाईंको शत्रुलाई तपाइईंको हातमा दिनुभएको छ । कृपया, तिनलाई एकै प्रहारमा भालाले भूइँमा रोप्‍न मलाई दिनुहोस् । म तिनलाई दोस्रो पटक प्रहार गर्दिनँ ।”
7955  1SA 28:10  शाऊलले परमप्रभुको नाउँमा शपथ खाए र भने, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, तिमीलाई यो कुराको निम्ति कुनै दण्ड हुनेछैन ।”
7959  1SA 28:14  तिनले उनलाई भने, “त्‍यो कस्तो छ?” उनले भनिन्, “एउटा वृद्ध मानिस माथि आइरहेका छन् । यिनले खा्सटो ओढेका छन् ।” यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे र तिनले घोप्‍टो परेर दण्डवत गरे र आदर प्रकट गरे ।
8172  2SA 6:12  अब दाऊद राजालाई भनियो, “परमेश्‍वरको सन्दुकको कारणले परमप्रभुले एदोमको घर र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभएको छ ।” त्यसैले दाऊद गए र तिनले परमेश्‍वरको सन्दुकलाई एदोमको घरबाट दाऊदको सहरमा आनन्द साथ ल्याए ।
8294  2SA 12:5  दाऊद त्यो धनी मानिसप्रति रिसले आगो भए र नातानसँग जङ्गिए, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, त्‍यो मानिस जसले यसो गर्‍यो त्यो मारिन योग्य छ ।
8308  2SA 12:19  तर जब दाऊदले आफ्‍ना सेवकहरूले आपसमा कानेखुसी गरिरहेको देखे, तब बालक मरेछ भनी दाऊदले थाहा पाए । तिनले आफ्ना सेवकहरूलाई भने, “के त्‍यो बालक मर्‍यो?” तिनीहरूले जवाफ दिए, “त्‍यो मर्‍यो ।”
8325  2SA 13:5  तब योनादाबले तिनलाई भने, “आफ्‍नो ओछ्‍यान सुतिराख र बिरामी भएको बहाना गर । जब तिम्रो बुबाले तिमीलाई हेर्न आउँछन्, तब उनलाई भन, 'कृपया मलाई केही खाने कुरा दिन र मेरो सामु ती पकाउन कृपया मेरी बहिनी तामारलाई पठाइदिनुहोस्, ताकि म त्‍यो हेर्न सकूँ र त्‍यो उनको हातबाट खान सकूँ ।”
8417  2SA 15:25  राजाले सादोकलाई भने, “परमेश्‍वरको सन्दुकलाई सहरमा नै फर्काएर लेजाऊ । मैले परमप्रभुको दृष्‍टिमा निगाह पाएँ भने, उहाँले मलाई यहाँ फर्काएर ल्याउनुहुने छ र सन्दुक र उहाँ बस्‍नुहुने ठाउँ मलाई फेरि देखाउनुहुने छ ।
8432  2SA 16:3  राजले भने, “त्‍यसो भए, तिम्रो मालिको नाति कहाँ छ?” सीबाले राजालाई जवाफ दिए, “हेर्नुहोस्, उनी यरूशलेममा नै बसेका छन्, किनकि, उनले भने, 'इस्राएलको घरानाले आज मेरो बुबाको राज्य मलाई पुनर्स्थापना गर्ने छन्' ।”
8510  2SA 18:29  त्यसैले राजाले जवाफ दिए, “त्‍यो जवान अब्शालोम ठिकै छ?” अहीमासले जवाफ दिए, “जब योबले म महाराजाको सेवकलाई हजुरकहाँ पठाए, तब मैले ठुलो खेलाबैल देखें, तर यो के हो भनी मलाई थाहा भएन ।”
8513  2SA 18:32  त्यसपछि राजाले कूशीलाई भने, “त्‍यो जवान अब्शालोम ठिकै छ?” ती कूशीले जवाफ दिए, “मेरो मालिक महाराजाका शत्रुहरू र हजूरलाई हानि गर्न खडा हुने सबैलाई त्यो जवान मानिसलाई जस्तै हुनुपर्छ ।”
8568  2SA 20:11  योआबका मानिसमध्‍ये एक जना अमासाको छेउमा खडा भयो र त्यो मानिसले भन्यो, “त्‍यो जसले योआबको पक्ष लिन्‍छ र त्‍यो जो दाऊदको पक्षमा छ, त्‍यसले योआबलाई पछ्‍याओस् ।”
9552  2KI 1:15  परमप्रभुका दूतले एलियालाई भने, “त्‍योसँगै तल जा । त्‍योदेखि नडरा ।” त्यसैले एलिया उठे र त्‍योसँगै राजाकहाँ गए ।
9684  2KI 6:6  त्यसैले परमेश्‍वरका मानिसले भने, “त्‍यो कहाँ खस्यो ?” त्यस मानिसले एलीशालाई त्यो ठाउँ देखायो । तब तिनले एउटा लट्ठी काटे, त्यसलाई पानीमा फाले र फलाम पनि तैरियो ।
9738  2KI 8:7  एलीशा दमस्कसमा आए जहाँ अरामका राजा बेन-हदद बिरामी थिए । राजालाई भनियो, “परमेश्‍वरका मानिस यहाँ आएका छन् ।”
9891  2KI 13:16  एलीशाले इस्राएलका राजालाई भने, “आफ्‍नो हात धनुमा राख्‍नुहोस् ।” त्यसैले तिनले आफ्नो हातमा धनुमा राखे । तब एलीशाले आफ्ना हात राजाका हातमाथि राखे ।
9892  2KI 13:17  एलीशाले भने, “पूर्वपट्टिको झ्याल खोल्नुहोस् ।” त्यसैले तिनले त्‍यसलाई खोले । तब एलीशाले भने, “हान्‍नुहोस् !” तिनले हाने । एलीशाले भने, “यो परमप्रभुको विजयको काँड हो अर्थात् अराममाथि विजयको काँड हो, किनकि अरामीहरूलाई सर्वनाश नपारूञ्जेलसम्म तपाईंले तिनीहरूलाई अपेकमा आक्रमण गर्नुहुनेछ ।”
10071  2KI 19:6  र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई यसो भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः अश्शूरका राजाका सेवकहरूले मेरो अपमान गरेर बोलेका कुरा सुनेर तँ नडरा ।
10777  1CH 13:12  त्‍यो दिन दाऊद परमेश्‍वरसँग डराए । तिनले भने, “परमेश्‍वरको सन्‍दूकलाई कसरी मकहाँ घरमा ल्‍याउन म सक्‍छु?”
10798  1CH 15:2  तब दाऊदले भने, “परमेश्‍वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्‍दूक बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्‍नुभएको थियो ।”
10962  1CH 21:23  अरौनाले दाऊदलाई भने, “त्‍यो तपाईंको आफ्नै ठानेर लिनुहोस्, मेरा मालिक महाराजा । हजुरो नजरमा जस्तो असल लाग्छ सो त्‍यहाँ गर्नुहोस् । हेर्नुहोस्, म तपाईंलाई होमबलिको निम्‍ति गोरुहरू, दाउराको निम्‍ति काठहरू र अन्‍नबलिको निम्‍ति गहूँ दिन्छु । यो सबै थोक म तपाईंलाई दिनेछु ।”
10992  1CH 23:4  “तिमध्‍येका चौबीस हजारको काम परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्‍यायकर्ताहरू थिए ।
11170  1CH 29:1  राजा दाऊदले सारा सभालाई भने, “परमेश्‍वरले चुन्‍नुभएको मेरा छोरो सोलोमन अहिले पनि सानै छ र कामचाहिं महान्‌ छ । किनकि यो मन्‍दिर मानिसहरूका निम्‍ति होइन तर परमप्रभु परमेश्‍वरको निम्‍ति हो ।
11423  2CH 11:4  'परमप्रभु यसो भन्‍नुहुन्‍छ, “आफ्‍नै दाजुभाइका विरुद्धमा तिमीहरूले आक्रमण गर्नु वा युद्ध गर्नुहुँदैन । हरेक व्‍यक्ति आआफ्‍नै घरमा फर्केर जानुपर्छ, किनकि मैले नै यसो हुन दिएको हो” ।’” यसैले तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आक्रमण गर्नबाट पछि हटे ।
11555  2CH 18:8  तब इस्राएलका राजाले तुरुन्‍तै आफ्‍ना एक जना अधिकारीलाई बोलाए र भने, “यिम्‍लाका छोरा मीकायालाई तुरुन्‍तै झिकाऊ ।”
11702  2CH 24:20  यहोयादाका छोरा जकरिया पुजारीमाथि परमेश्‍वरका आत्मा आउनुभयो । जकरिया मानिसहरूका सामु खडा भए र तिनीहरूलाई भने, “परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ, जसले गर्दा तिमीहरूले उन्‍नति गर्न सक्दैनौ? तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्‍नुभएको छ ।”
11724  2CH 25:15  यसैले अमस्‍याहको विरुद्धमा परमप्रभुको क्रोध दन्‍कियो । उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले भने, “आफ्‍नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्‍ने देवताहरूको खोजी तपाईं किन गर्नुभयो?”
12686  NEH 13:11  त्यसैले मैले अधिकारीहरूको सामना गरी तिनीहरूलाई भनेँ, “परमेश्‍वरको मन्दिरलाई किन बेवास्ता गरिएको ?” मैले तिनीहरूलाई जम्मा गरी तिनीहरूकै पदमा नियुक्त गरेँ ।
12887  JOB 1:14  एउटा समाचारवाहक अय्यूबकहाँ आयो र भन्यो, “आफ्‍ना छेउमै गोरुहरू जोतिरहेका थिए, र गधाहरू चरिरहेका थिए ।
12899  JOB 2:4  शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, “वस्‍तवमा नै छालाको साटो छाला हुन्‍छ । एक जना मानिसले आफ्नो ज्यानको लागि आफूसित भएका सबै थोक दिन्छ ।
14063  PSA 10:11  त्यसले आफ्नो मनमा भन्छ, “परमेश्‍वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्‍नुहुन्‍छ । उहाँले हेर्ने कष्‍ट गर्नुहुनेछैन ।”
14093  PSA 14:1  मूर्खले आफ्नो हृदयमा भन्छ, “परमेश्‍वर हुनुहुन्‍न ।” तिनीहरू भ्रष्‍ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही छैन ।
14757  PSA 53:2  मूर्खले आफ्नो मनमा भन्छ, “ईश्‍वर छँदैछैन ।” तिनीहरू भ्रष्‍ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही पनि छैन ।
15030  PSA 70:5  तपाईंको खोजी गर्नेहरू आनन्‍दित होऊन् र तपाईंमा खुसी होऊन् । तपाईंको उद्धार मन पराउनेहरूले सधैं भनून्, “परमेश्‍वरको स्तुति होस् ।”
15042  PSA 71:11  तिनीहरू भन्छन्, “परमेश्‍वरले त्यसलाई त्याग्‍नुभएको छ । लखेटेर त्यसलाई समात्, किनकि त्यसलाई बचाउने कोही पनि छैन ।”
15086  PSA 73:11  तिनीहरू भन्छन्, “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ? के सर्वोच्‍चसँग ज्ञान छ र?”
15137  PSA 75:11  उहाँ भन्‍नुहुन्छ, “दुष्‍टहरूका सबै सिङलाई म काट्‍नेछु, तर धर्मीहरूका सिङहरू माथि उचालिनेछन् ।”
15190  PSA 78:19  तिनीहरू परमेश्‍वरको विरुद्धमा बोले । तिनीहरूले भने, “परमेश्‍वरले हामीलाई उजाड-स्थानमा साँच्‍चै नै खाना खुवाउन सक्‍नुहुन्छ र?
15369  PSA 87:5  सियोनको बारेमा यसो भनिनेछ, “यिमध्‍ये हरेक त्‍यहाँ जन्मेका थियो । अनि सर्वोच्‍चले नै त्यसलाई स्थापित गर्नुहुनेछ ।”
16318  PSA 139:11  मैले भनें, “निश्‍चय नै अन्धकारले मलाई ढाक्‍नेछ र मेरो विरपरिको ज्‍योति रात हुनेछ,”
17828  ISA 5:19  धिक्‍कार तिनीहरूलाई, जसले भन्छन्, “परमेश्‍वरले हतार गर्नुभएको होस्, उहाँले चाँडै काम गर्नुभएको होस्, यसैले कि हामी यसो भएको देख्‍न सक्‍छौं । र इस्राएलको परमपवरित्रको योजना पुरा होस् ताकि हामीले ती थाहा पाउनेछौं ।”
17859  ISA 7:7  परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “त्‍यो कुरा हुन आउनेछैन । त्‍यस्‍तो हुनेछैन,
18022  ISA 14:24  सर्वशक्तिमान् परमप्रभुले शपथ खानुभएको छ, “निश्‍चय नै, जस्तो मैले इच्‍छा गरेको छु, त्यस्तै हुनेछ । अनि जे उद्देश्य मैले राखेको छु, त्‍यो पुरा हुनेछ ।
18136  ISA 22:14  यो कुरा सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा प्रकट गर्नुभयोः “निश्‍चय नै यो अपराधको निम्‍ति मृत्‍युमा पनि तिमीहरूलाई क्षमा हुनेछैन,” परमप्रभु सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।
18288  ISA 30:1  यो परमप्रभुको घोषणा हो, “धिक्‍कार विद्रोही छोराछोरीलाई ! तिनीहरू योजना बनाउँछन्, तर मबाट योजना होइन । तिनीहरूले अरू जातिहरूसँग मित्रता गाँस्छन्, तर तिनीहरू मेरो आत्माद्वारा निर्देशित भएनन्, त्यसैले तिनीहरूले पापमाथि पाप थप्छन् ।
18421  ISA 36:21  तर मानिसहरू चुपचाप बसे र कुनै जवाफ दिएनन्, किनकि “त्‍यसलाई जवाफ नदिनू” भन्‍ने राजाको हुकुम थियो ।
18428  ISA 37:6  र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई भन, 'परमप्रभु भन्‍नुहुन्छ, “अश्शूरका राजाले मेरो अपमान गर्न पठाएका सेवकहरूले भनेका जुन तैंले सुनेको कुरादेखि तँ नडरा ।
18481  ISA 38:21  यति बेला यशैयाले भनेका थिए, “अञ्‍जिरको लेप लिनु र त्‍यसलाई त्‍यो घाउमा लगाउनु र उहाँ निको हुनुहुनेछ ।”
18713  ISA 49:7  जातिहरूले तुच्‍छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, “विश्‍वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्‍नुभएको हुनाले राजाहरूले तँलाई देख्‍नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्‍नेछन् र घोप्टो पर्नेछन् ।”
18826  ISA 56:3  परमप्रभुको अनुसरण गर्ने कुनै परदेशीले यसो नभनोस्, “निश्‍चय नै परमप्रभुले मलाई आफ्‍ना मानिसहरूबाट बहिस्‍कार गर्नुहुनेछ ।” नपुङ्सकले यसो भन्‍नुहुँदैन, “हेर, म सुकेको रूख हुँ ।”
18928  ISA 62:4  तेरो बारेमा कदापि “त्यागिएकी” भनिनेछैनस् । न त तेरो देशलाई फेरि कहिलै “उजाडिएको” भनिनेछ । तँलाई साँच्‍चै, “त्‍योसँग म खुसी छु” र तेरो देशलाई “विवाहित” भनिनेछ, किनकि परमप्रभु तँमा खुसी हुनुहुन्छ र तेरो देश विवाहित हुनेछ ।
18932  ISA 62:8  परमप्रभुले आफ्नो दाहिने बाहुली र आफ्नो सामर्थ्यद्वारा शपथ खानुभएको छ, “निश्‍चय नै तेरो अन्‍न तेरो शत्रुहरूलाई म फेरि दिनेछैन । विदेशीहरूले तेरो नयाँ दाखमद्य पिउनेछैनन्, जसको निम्ति तैंले काम गरेको छस् ।
18944  ISA 63:8  किनकि उहाँले भन्‍नुभयो, “निश्‍चय नै तिनीहरू मेरा मानिसहरू हुन्, छोराछोरी जो बेइमान छैनन् ।” उहाँ तिनीहरूका मुक्‍तिदाता हुनुभयो ।
19077  JER 3:6  तब राजा योशियाहको शासनकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएलले के गरेको छ, तँ देख्छस् ? त्यो हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि गएकी छ, र त्यहाँ त्यसले वेश्याले झैं काम गरेकी छ ।
19082  JER 3:11  तब परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएल विश्‍वासहीन यहूदाभन्दा बढी धर्मी भएको छ ।