Wildebeest analysis examples for:   npi-npiulb   Word-Word‍Word    February 25, 2023 at 00:55    Script wb_pprint_html.py   by Ulf Hermjakob

240  GEN 10:5  यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्‍नो जातिअनुरूप आ-आफ्‍नो भाषाअनुसार तिनीहरूको भूमितिर गए ।
3059  LEV 13:6  पुजारीले फेरि सातौँ दिनमा त्यो रोगमा केही सुधार भएको छ वा छैन र छालामा पर-परसम्‍म फैलिएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ । यदि फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यो एउटा डाबर मात्र हो । त्यसले आफ्ना लुगाहरू धोओस्, अनि त्यो शुद्ध हुने छ ।
3080  LEV 13:27  सातौँ दिनमा पुजारीले त्यसको जाँच गरोस् । यदि त्यो छालामा पर-परसम्‍म फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।
3088  LEV 13:35  तर पुजारीले त्यसलाई शुद्ध घोषणा गरिसकेपछि त्यो चिलाउने रोग छालामा पर-परसम्‍म फैलियो भने,
5984  JOS 7:6  तब यहोशूले आफ्‍नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे ।
5992  JOS 7:14  बिहान तिमीहरू कुल-कुलअनुसार हाजिर हुनुपर्छ । परमप्रभुले चुन्‍नुहुने कुल आ-आफ्‍नो कुलअनुसार उहाँको नजिक आउने छ । परमप्रभुले चुन्‍नुहुने कुल तिनीहरूको घराना‍-घरानाअनुसार नजिक आउनुपर्छ । परमप्रभुले चुन्‍नुहुने घराना एक‍-एक गरी आउनुपर्छ ।
6212  JOS 15:8  अनि त्यो सिमाना यबूसी (त्यो भनेको यरूशलेम हो) सहरको दक्षिणतिरको बेन-हिन्‍नोमको बेँसीतिर माथि निस्क्यो । यो हिन्‍नोमको बेँसीमाथि पर्ने डाँडाको टुप्‍पोसम्म निस्क्यो, पश्‍चिममा, जुन रपाईको बेँसीको उत्ततिरको छेउमा छ ।
6253  JOS 15:49  दन्‍ना, किर्यत-सन्‍ना (अर्थात् दबीर),
6314  JOS 18:19  सिमाना बेथ-होग्‍लाको उत्तरतिर छिचोल्यो । त्यो सिमाना खारा समुद्रको उत्तरी खाडीमा, यर्दनको दक्षिणी किनारामा टुङ्गियो । यो दक्षिणतिरको सिमाना थियो ।
6408  JOS 21:25  मनश्शेको कुलबाट कहातको कुललाई यसको खर्कसहित तानाक र यसको खर्कसहित गात-रिम्‍मोन गरी दुईवटा सहर दिइयो ।
6412  JOS 21:29  यसको खर्कसहित यर्मूत र यसको खर्कसहित एन-गन्‍नीम गरी चारवटा सहर दिए ।
6527  JDG 1:16  मोशाका ससुराका वंश, केनीहरू खजूरका रूखहरूको सहरबाट आरादको नजिक यहूदाको उजाड-स्‍थानमा त्यहाँका मानिसहरूसँग बस्‍न गए, जुन नेगेवमा पर्छ ।
6847  JDG 11:16  तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।
6849  JDG 11:18  त्यसपछि तिनीहरू उजाड-स्‍थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो ।
6853  JDG 11:22  तिनीहरूले एमोरीहरूका सिमानाभित्र अर्नोनदेखि यब्बोकसम्म, र उजाड-स्‍थानदेखि यर्दनसम्म हरेक कुरामा अधीन गरे ।
6950  JDG 15:19  परमेश्‍वरले लहीमा भएको खाल्डोलाई चिरिदिनुभयो र त्यहाँबाट पानी निस्कियो । जब तिनले पानी पिए, तब तिनको शक्ति फर्कियो र तिनी ताजा भए । यसैले तिनले त्यस ठाउँको नाउँ एन-हक्‍कोरे राखे, र आजको दिनसम्मै त्यो लहीमा छ ।
7098  JDG 20:42  यसैले तिनीहरू इस्राएलका मानिसहरूबाट भागे, र उजाड-स्‍थानतिर गए । तर युद्धले तिनीहरूलाई भेटाइहाल्यो । इस्राएलका सेनाहरू सहरहरूबाट आए र तिनीहरू भएकै ठाउँमा तिनीहरूलाई मारे ।
7101  JDG 20:45  तिनीहरू युद्धबाट फर्के र उजाड-स्‍थानमा रिम्मोनको चट्टानतर्फ भागे । इस्राएलीहरूले बाटोहरूमा तिनीहरूका अरू पाँच हजार जना मानिसहरूलाई मारे । उनीहरूले तिनीहरूलाई गीदोमसम्मै लखेटिरहे र त्यहाँ अरू दुई हजार जनालाई मारे ।
7103  JDG 20:47  तर छ सय मानिसहरू उजाड-स्‍थानमा रिम्मोनको चट्टानतिर भागे । चार महिनासम्म तिनीहरू रिम्मोनको चट्टानमा बसे ।
7128  JDG 21:24  तब इस्राएलका मानिसहरूले त्यो ठाउँ छोडे, अनि हरेक व्‍यक्‍ति आ-आफ्नै कुल, र वंशमा र हरेक व्‍यक्‍ति आ-आफ्‍नै उत्तराधिकारको घरमा गए ।
7307  1SA 4:8  हामीलाई धिक्‍कार छ! यी शक्तिशाली देवताहरूको शक्तिबाट हामीलाई कसले सुरक्षा दिन्छ? मिश्रीहरूलाई उजाड-स्‍थानमा विभिन्‍न किसिमका विपत्तिहरूले प्रहार गर्ने देवताहरू यिनै हुन् ।
7505  1SA 13:18  अर्को समूह बेथ-होरोनतिर गए र अर्को समूह उजाड-स्‍थानतिर सबोईंको बेंसी देखिने सिमानातिर लागे ।
7507  1SA 13:20  तर इस्राएलका सबै मानिसहरू आ-आफ्‍ना फाली, कोदालो, बन्चरो र हँसिया अर्जाप्‍न तल पलिश्‍तीहरूकहाँ जाने गर्थे ।
7648  1SA 17:28  तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने । एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्‍थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ । किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् ।”
7827  1SA 23:14  दाऊद उजाड-स्‍थान भएका किल्लाहरूमा, जीपको उजाड-स्‍थानको पडाडी देशमा बसे । शाऊलले तिनलाई हरेक दिन खोजे, तर परमेश्‍वरले तिनलाई उनको हातमा दिनुभएन ।
7828  1SA 23:15  शाऊलले तिनको ज्यान खोज्दै आएका कुरा दाऊदले देखे । यति बेला दाऊद जीपमा भएको होरेशको उजाड-स्‍थान थिए ।
7837  1SA 23:24  तब तिनीहरू उठे र शाऊलभन्दा अगि जीपमा गए । दाऊद र तिनीसँग भएका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको उजाड-स्‍थानमा थिए ।
7838  1SA 23:25  शाऊल र उनका मानिसहरू तिनलाई खोज्‍न गए । तर दाऊदलाई यो कुरा भनिएको थियो, त्यसैले तिनी तल चट्टानको पहाडतिर गए र माओनको उजाड-स्‍थानमा बसे । जब शाऊलले त्‍यो कुरा सुने, तब तिनले दाऊदलाई माओनको उजाड-स्‍थानमा लखेटे ।
7843  1SA 24:2  जब पलिश्‍तीहरूलाई लखेटेर शाऊल फर्के, तब तिनलाई भनियो, “दाऊद एन-गदीको उजाड-स्‍थानमा छन् ।”
7865  1SA 25:1  शमूएल मरे । सबै इस्राएल भेला भए र तिनको निम्ति विलाप गरे र तिनलाई आफ्नै घर रामामा दफन गरे । त्यसपछि दाऊद उठे र पारानको उजाड-स्‍थानमा तल झरे ।
7868  1SA 25:4  नाबालले उजाड-स्‍थानमा भेडाको ऊन कत्रँदैछन् भनी दाऊदले सुने ।
7878  1SA 25:14  तर ती जवान मानिसहरूमध्ये एक जनाले नाबालकी पत्‍नी अबीगेललाई भने । तिनले भने, “दाऊदले उजाड-स्‍थानबाट हाम्रा मालिकसँग भेट गर्न दूतहरू पठाए र तिनले उनीहरूको अपमान गरे ।
7885  1SA 25:21  दाऊदले भनेका थिए, “निश्‍चय नै यो मानिसँग उजाड-स्‍थानमा भएका सबै थोकलाई मैले व्यार्थमा सुरक्षा दिएको रहेछु, ताकि उसँग भएका कुनै पनि कुरा हराएनन् र उसले मलाई असलको सट्टामा खराब फिर्ता दिएको छ ।
7910  1SA 26:2  तब शाऊल उठे र इस्राएलका चुनिएका तिन हजार मानिसलाई आफूसित लिएर जीपको उजाड-स्‍थानमा दाऊदलाई खोज्न तल गए ।
7911  1SA 26:3  शाऊलले हकीलाहको पहाडमा छाउनी हाले, जुन यशीमोनको अगाडीतिर बाटोको छेउमा छ । तर दाऊदचाहिं उजाड-स्‍थानमा बसिरहेका थिए र शाऊल तिनको पछिपछि उजाड-स्‍थानमा आएको तिनले देखे ।
8055  2SA 2:3  दाऊदले आफूसँग भएका मानिसहरूलाई हेब्रोनमा ल्याए र तिनीहरू हरेकले आ-आफ्‍नो परिवारहरू ल्याए, जहाँ तिनीहरू बसोबास गर्न थाले ।
8068  2SA 2:16  हरेकले आ-आफ्‍नो प्रतिद्वन्द्वीलाई टाउकोमा समात्यो र आ-आफ्‍नो प्रतिद्वन्द्वीको कोखामा आ-आफ्‍नो तरवारले रोपे र तिनीहरू एकसाथ भुईंमा ढले । यसकारण, त्यस ठाउँलाई “हल्कत-हज्‍जुरीम” वा “तरवाको मैदान” भनियो जुन गिबोन हो ।
8168  2SA 6:8  दाऊद रिसाए, किनभने परमप्रभुले उज्‍जाहलाई आक्रमण गर्नुभएको थियो र तिनले त्यस ठाउँलाई फारेस-उज्‍जाह भने । त्यस ठाउँलाई आज पनि फारेस-उज्‍जाह नै भनिन्छ ।
9975  2KI 16:8  त्यसैले आहाजले परमप्रभुको मन्दिरमा भेट्टाइएका चाँदी र सुन अनि राजदरबारका धन-सम्‍पति लिए र अश्शूरका राजाकहाँ उपहारको रूपमा ति पठाए ।
10179  2KI 23:10  मोलोखलाई बलिको रूपमा कसैले आफ्ना छोरा वा छोरी आगोमा हिंड्‍न नलगाओस् भनेर योशियाहले बेन-हिन्‍नोमको बेँसीमा अवस्थित तोपेतलाई अपवित्र तुल्याए ।
10410  1CH 4:21  यहूदाका छोरा शेलहका सन्‍तानहरू लेकाका पिता एर्, मारेशाका पिता लादा, र बेथ-अश्‍बेयामा मलमलका कपडा बनाउनेहरूका वंशहरू,
10427  1CH 4:38  माथि लेखिएका मानिसहरू आ-आफ्‍नो वंशका अगुवाहरू थिए, र तिनीहरूका वंश ज्यादै धेरै बढे ।
10439  1CH 5:7  आ-आफ्‍ना वंशाक्रमअनुसार सूचीकृत भएका बीरहका आफन्तका वंशहरूः अगुवा यीएल, जकरिया, र
10441  1CH 5:9  र पूर्वपट्टि यूफ्रेटिस नदीसम्‍म फैलिएको उजाड-स्‍थानको छेउसम्‍म नै तिनीहरू बसोबास गर्थे । तिनीहरूसित गिलादमा पाल्‍तु पशुको संख्‍या ज्‍यादै बढेको हुनाले यसो भयो ।
10477  1CH 6:4  मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्‍ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन्‌ ।
10491  1CH 6:18  आ-आफ्‍ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए । कहातीहरूबाट सङ्गीतकार हेमान आए । तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए । योएल शमूएलका छोरा थिए ।
10527  1CH 6:54  खर्कहरूसहित अय्‍यालोन र खर्कहरूसहित गात-रिम्‍मोन दिइयो ।
10628  1CH 9:9  वंशावक्रमको सूचीमा लेखिएका तिनीहरूका आफन्तहरूको सङ्‍ख्‍या ९५६ जना थिए । यी सबै मानिसहरू आ-आफ्‍ना पिताका घरानाहरूका निम्‍ति मुखियाहरू थिए ।
10646  1CH 9:27  तिनीहरू परमेश्‍वरको भवनमा आ-आफ्‍ना जिम्‍मेवारीको ठाउँमा नै रात बिताउँथे, किनकी त्यसको सुरक्षा गर्नु तिनीहरूको जिम्मेवारी थियो । तिनीहरूले हरेक बिहान त्यसलाई खोल्थे ।
10670  1CH 10:7  जब मैदानमा भएका सबै इस्राएलीले आ-आफ्‍ना सेना भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्‍ना सहरहरू छोडे र भागे । अनि पलिश्‍तीहरू त्‍यहाँ आए र बसोबास गरे ।
10690  1CH 11:13  तिनी दाऊदसँग पास-दम्‍मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्‍तीहरू युद्धको निम्‍ति भेला भए र पलिश्तीहरूदेखि सेना भाग्यो ।
10733  1CH 12:9  कोही गादीहरू पनि उजाड-स्‍थानको किल्लामा दाऊदसँग सहभागी भए । तिनीहरू युद्धका निम्ति तालिमप्राप्‍त योद्धाहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्‍तै डरलाग्दा थिए । तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।
10770  1CH 13:5  यसैले किर्यत-यारीमबाट परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई मिश्रदेशको शिहोर नदीदेखि लेबो-हमातसम्‍मका सारा इस्राएललाई दाऊदले भेला गराए ।
10776  1CH 13:11  परमप्रभुले उज्‍जाहलाई गर्नु भएको प्रहारको कारणले दाऊद रिसाए । त्यस ठाउँलाई आजको दिनसम्म फारेस-उज्‍जाह भनिन्छ ।
10790  1CH 14:11  यसैले तिनीहरू बाल-पराजीमसम्‍म आए, र त्यहाँ तिनले उनीहरूलाई पराजित गरे । तिनले भने, “वेगले बग्‍ने बाढीले किनार भत्काएझैं परमेश्‍वरले मेरा शत्रुहरूलाई मद्वारा भत्‍काउनुभयो ।” यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम रह्‍यो ।
10811  1CH 15:15  यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्‍वरको सन्‍दूकलाई आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर ल्‍याए ।
10812  1CH 15:16  लेवीहरूका मुखियाहरूले आ-आफ्‍ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए ।
10868  1CH 16:43  तब सबै मानिसहरू आ-आफ्‍नो घर फर्के, र दाऊदचाहिं आफ्‍नो परिवारलाई आशीर्वाद दिन गए ।
10919  1CH 19:7  उनीहरूले बत्तीस हजार रथ र सारथिहरू, अनि माकाका राजा र उनका मानिसहरूलाई ज्‍यालामा लिए, र उनीहरू आएर मेदबाको सामुन्‍ने छाउनी बनाए । त्यसपछि अम्‍मोनीहरूचाहिं आ-आफ्‍ना सहरहरूबाट भेला भएर लडाइँ गर्न आए ।
10968  1CH 21:29  त्यस बेला, मोशाले उजाड-स्‍थानमा बनाएको परमप्रभुको पवित्र वासस्‍थान र होमबलिको वेदी गिबोनको डाँडाको उच्‍च स्‍थानमा नै थिए ।
11088  1CH 26:6  तिनका छोरा शमायाहका छोराहरू जन्मे जसले आ-आफ्‍ना परिवारहरूमाथि शासन गरे । तिनीहरू धेरै क्षमता भएका मानिसहरू थिए ।
11095  1CH 26:13  तिनीहरू जवान र बूढ़ा दुवैले आ-आफ्‍ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्‍ति चिट्ठा हाले ।
11197  1CH 29:28  तिनी दिर्घ जीवन, धन-सम्‍पत्ति र मानमा आनन्द भई वृद्धावस्‍थामा मरे । तिनीपछि तिनका छोरा सोलोमन राजा भए ।
11202  2CH 1:3  अनि सोलोमन र तिनीसँग भएका सबै सभा गिबोनमा भएको अग्‍लो स्‍थानमा गए, किनकि त्‍यहाँ परमेश्‍वरका भेट हुने पाल थियो, जुन परमप्रभुका सेवक मोशाले उजाड-स्‍थानमा बनाएका थिए ।
11210  2CH 1:11  परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “किनभने तेरो हृदयमा यो कुरा छ, र तैंले समृद्धि, धन-सम्‍पत्ति वा आदर मागिनस् न त तँलाई घृणा गर्नेहरूको प्राण, न त आफ्‍नो निम्‍ति दीर्घायु नै मागिस्, तर आफ्‍नो निम्‍ति तैंले बुद्धि र ज्ञान मागिस् ताकि तैंले मेरा मानिसमाथि शासन सक्‍छस् जसमाथि मैले तँलाई राजा बनाएको छु, र म यसै गर्नेछु ।
11229  2CH 2:12  अब मैले एक जना सिपालु मानिस हुराम-अब्‍बीलाई पठाएको छु, जससँग सुझबुझको वरदान छ ।
11242  2CH 3:8  तिनले महा-पवित्रस्‍थानको निर्माण गरे । यसको लम्बाइ मन्‍दिरको चौडाइ बराबर बिस हात र यसको चौडाइ पनि बिस हात थियो । त्‍यसको भित्रपट्टि तिनले बिस टन निखुर सुनको जलप लगाए ।
11244  2CH 3:10  तिनले महा-पवित्रस्‍थानको निम्ति दुई करूबका प्रतिरूप बनाए । कालिगरहरूले तिनमा सुनको जलप लगाए ।
11267  2CH 4:16  साथै भाँडाहरू, बेल्‍चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्‍बन्‍धित सामानहरू पनि बनाए, र हुराम-अब्‍बीले परमेश्‍वरका मन्‍दिरको निम्‍ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्‍काइएका काँसाका थिए ।
11273  2CH 4:22  सलेदाका चिम्‍टाहरू, बाटाहरू, चम्‍चाहरू र धुपौराहरू पनि निखुर सुनले बनाइएका थिए । मन्‍दिरका सुनका ढोकाहरू र महा-पवित्रस्‍थानमा पस्‍ने भित्रका ढोकाहरू र मन्‍दिरको मुख्‍य ढोकाहरू सुनले बनाइएका थिए ।
11280  2CH 5:7  पुजारीहरूले परमप्रभुका करारको सन्‍दूक मन्‍दिरको भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थानमा त्‍यसकै ठाउँमा ल्‍याएर करूबहरूका पखेटामुनि राखे ।
11355  2CH 8:4  तिनले उजाड-स्‍थानमा तदमोरको पुनर्निर्माण गरे र सबै भण्‍डारणका सहर जसलाई तिनले हमातमा बनाए ।
11391  2CH 9:22  यसरी सोलोमन राजाले धन-सम्‍पत्ति र बुद्धिमा पृथ्‍वीका अरू सबै राजालाई जितेका थिए ।
11533  2CH 17:5  यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्‍पत्ति र ख्‍याति प्रशस्‍त थियो ।
11548  2CH 18:1  यहोशापातसँग धेरै धन-सम्‍पत्ति र सम्मान थियो । तिनले आफ्नो परिवारको एक जना सदस्यसित आहाबकी छोरीको बिवाह गराएर उनीसित वैवाहिक सम्‍बन्‍ध जोडे ।
11608  2CH 20:16  तिमीहरू भोलि उनीहरूका विरुद्धमा जानुपर्छ । हेर, उनीहरू जीजको बाटो भएर आउँदैछन् । तिमीहरूले उनीहरूलाई बेसीको पल्लो छेउमा यरूएलको उजाड-स्‍थान अगि भेट्‌ने छौ ।
11612  2CH 20:20  तिनीहरू बिहान सबेरै उठे र निस्‍केर तकोको उजाड-स्‍थानमा गए । जब तिनीहरू निस्‍केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्‍ना परमेश्‍वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।”
11616  2CH 20:24  जब यहूदाका मानिसहरू उजाड-स्‍थान देखिने अल्‍गो ठाउँमा आइपुगे, तब तिनीहरूले फौजलाई हेरे । हेर, तिनीहरू मरेर भूइँमा ढलेका थिए । एक जना पनि बाँचेको थिएन ।
11643  2CH 21:14  हेर्, तेरा मानिसहरू, तेरा छोराछोरी, तेरी पत्‍नीहरू र तेरा सबै धन-सम्‍पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।
11646  2CH 21:17  तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्‍पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्‍नीहरू पनि लगे । कान्‍छा छोरा अहज्‍याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।
11722  2CH 25:13  तर अमस्‍याहले आफूसित युद्धमा नजाउन् भनी फिर्ता पठाइदिएका फौजले यहूदाका सामरियादेखि बेथ-होरोनसम्‍मका सहरहरू आक्रमण गरे । तिनीहरूले तीन हजार जना मानिसलाई मारे, र धेरै लूटका माल लिएर गए ।
11732  2CH 25:23  इस्राएलका राजा येहोआशले अहज्‍याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्‍याहलाई बेथ-शेमेशमा गिरफ्‍तार गरे । तिनले उनलाई यरूशलेममा ल्‍याए र तिनले एफ्राइमको ढोकादेखि कुने-ढोकासम्‍म चार सय हात लामो यरूशलेमको पर्खाल भत्‍काइदिए ।
11747  2CH 26:10  तिनले उजाड-स्‍थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेसी दुवैमा तिनका गाईबस्‍तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने । पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे ।
11772  2CH 28:3  यसको साथै तिनले बेन-हिन्‍नोमको बेसीमा बलिदानहरू पनि चढाए र इस्राएलको सामुन्‍नेबाट परमप्रभुले देशबाट निकाल्‍नुभएको मानिसहरूका मूर्ति पुजाका घिनलाग्‍दा चालमा हिंडेर तिनले आफ्‍ना छोराछोरीलाई आगोबाट हिंड्न लगाए ।
11919  2CH 33:6  तिनले आफ्ना छोराहरूलाई बेन-हिन्‍नोमको बेसीमा आगोमा हिंड्न लगाए । तिनले टुनामुना गरे, जोखना हेरे, मन्त्रतन्त्र गरे र मृतहरूसँग कुरा गर्नेहरू र आत्माहरूसँग कुरा गर्नेहरूसित सल्लाह लिए । मनश्शेले परमप्रभुको दृष्‍टिमा धेरै दुष्‍ट काम गरे र तिनले उहाँलाई रिस उठाए ।
12276  EZR 10:19  त्यसैले तिनीहरूले आ-आफ्‍ना पत्‍नीहरूलाई त्‍यागिदिने निधो गरे । तिनीहरू दोषी भएका हुनाले तिनीहरूले दोषबलिको रूपमा आफ्‍ना बगालबाट एउटा भेडा पनि ल्‍याए ।
12346  NEH 3:14  बेथ-हेक्‍केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले फोहोर ढोका मर्मत गरे । तिनले यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।
12453  NEH 7:28  बेथ-अज्‍मावेतका मानिसहरू ४२
12612  NEH 11:20  बाँकी इस्राएलीहरू, पुजारीहरू र लेवीहरू यहूदाका सबै सहरहरूमा बसोबास गरे । हरेक आ-आफ्‍नै पुर्खाका अधिकारको जग्‍गामा बसे ।
12640  NEH 12:12  योयाकीमको समयमा यी पुजारीहरू आ-आफ्‍ना परिवारका मुखिया थिए: सरायाहका परिवारका मरायाह, यर्मियाका हनन्‍याह,
13776  JOB 37:3  उहाँले त्‍यसलाई सारा आकाशमुनि पठाउनुहुन्छ, र उहाँले पृथ्वीको कुना-कुनासम्‍म आफ्नो बिजुली पठाउनुहुन्छ ।
14333  PSA 29:8  परमप्रभुको सोरले उजाड-स्‍थानलाई हल्लाउँछ । परमप्रभुले कादेशको उजाड-स्‍थानलाई थर्कमान पार्नुहुन्छ ।
14779  PSA 55:8  हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्‍थानमा बस्‍ने थिएँ । सेला
18040  ISA 16:1  उजाड-स्‍थानको सेलाको देशबाट सियोन पर्वतको छोरीको शासकलाई थुमाहरू पठाओ ।
18160  ISA 23:13  कल्दीहरूको देशलाई हेर् । यी मानिहरू समाप्‍त भएका छन् । अश्‍शूरीहरूले त्‍यसलाई जङ्गली जनावरहरूको निम्ति उजाड-स्‍थान बनाएका छन् । तिनीहरूले आफ्‍ना घेरा-मचान खडा गरेका छन् । तिनीहरूले त्‍यसका दरबारहरू नष्‍ट गरे । तिनीहरूले त्‍यसलाई भग्‍नावशेषको थुप्रो बनाए ।
18231  ISA 27:10  किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।
18344  ISA 32:15  माथिबाट हामीमा आत्मा नखन्यासम्म र उजाड-स्‍थान एउटा फलदायी खेत नभएसम्म र फलदायी खेतलाई एउटा जङ्गझैं नसोचेसम्‍म ।
18345  ISA 32:16  तब न्यान उजाड-स्‍थान बास गर्नेछ । अनि धार्मिकताचाहिं फलदायी खेतमा बास गर्नेछ ।
18391  ISA 35:1  उजाड-स्‍थान र अरब खुसी हुनेछन् । मरुभूमी आनन्दित हुनेछ र फुल्नेछ । गुलाफजस्तै,
18396  ISA 35:6  तब लङ्गडो मानिस हरिणझैं उफ्रनेछ र गूँगाहरूका जिब्रोले गाउनेछन्, किनकि अरबमा पानीको मुल फुट्नेछ र उजाड-स्‍थानमा खोलाहरू बग्‍नेछन् ।