6235 | JOS 15:31 | सिक्लग, मद्मन्न, सन्सन्ना, |
6909 | JDG 13:23 | तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्ने इच्छा गर्नुभएको भए, उहाँले हामीले अर्पण गरेका होमबलि र अन्नबलि ग्रहण गर्नुहुन्नथ्यो । उहाँले हामीलाई यी सबै कुराहरू देखाउनुन्नथ्यो, न त उहाँले यो समय हामीलाई यी कुराहरू भन्नुहुन्थ्यो ।” |
7407 | 1SA 9:14 | त्यसैले तिनीहरू सहरमा गए । तिनीहरू सहर पस्नैलाग्दा, उच्च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे । |
7456 | 1SA 11:9 | तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “तिमीहरूले याबेश-गिलादका मानिसहरूलाई यसो भन, 'भोलि यति बेला मध्यन्हसम्ममा, तिमीहरूको छुट्टकारा हुनेछ,’ ।” त्यसैले दूतहरू गए र याबेश-गिलादका मानिसहरूलाई भने, र तिनीहरू खुसी भए । |
7690 | 1SA 18:12 | परमप्रभु दाऊदसँग हुनुहुन्थ्यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए । |
8657 | 2SA 23:1 | अब दाऊदको अन्तिम वचनहरू यी नै हुन्— यिशैका छोरा दाऊद, उच्च रूपमा आदर गरिएको मानिस, याकूबका परमेश्वरले अभिषेक गर्नुभएको व्यक्ति, इस्राएलको सुमधुर भजनकार । |
9541 | 2KI 1:4 | त्यसकारण परमप्रभु भन्नुहुन्छ, “ तँ उक्लेको त्यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्चय नै मर्नेछस्' ।” तब एलिया गए । |
10735 | 1CH 12:11 | चौथा मिश्मन्ना, पाँचौं यर्मिया, |
10742 | 1CH 12:18 | तिनीहरूलाई भेट्न दाऊद बाहिर निस्केर गए र यसो भनेर सम्बोधन गरे, “तिमीहरू मकहाँ शान्तिमा मलाई सहायता गर्न आएका हौ भने, तिमीहरू मसित सहभागी हुन सक्छौ । तर धोकाबाजी गरेर मेरा शत्रुहरूका हातमा मलाई सुम्पिदिन तिमीहरू आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्वरले हेर्नुहुन्छ र तिमीहरूलाई हप्काउनुहुन्छ, किनकि मैले कुनै खराबी गरेको छैन ।” |
10950 | 1CH 21:11 | यसैले गाद दाऊदकहाँ गए र तिनलाई भने, “परमप्रभु यही भन्नुहुन्छ, ‘यिमध्ये एउटा रोज: |
11149 | 1CH 28:1 | दाऊदले इस्राएलका सबै अधिकारीलाईः कुलहरूका अधिकारीहरू, राजाको सेवामा आफूलाई तोकिएका समयको काममा लाग्ने दलहरूका अधिकारीहरू, हजार र सयका कमाण्डरहरू, राजा र तिनका छोराहरूका सबै सम्पत्तिमाथिका व्यवस्थापकहरू, अनि अधिकारीहरू र सबैभन्दा सिपालुहरू वीर योद्धाहरू यरूशलेममा भेला गरे । |
11263 | 2CH 4:12 | दुई वटा स्तम्भ, ती स्तम्भका टुप्पामा कचौराको आकारका दुई स्तम्भ-शिर थिए । तिनले स्तम्भमाथि स्तम्भ-शिर सजाउने दुई वटा बुट्टादार र जालीहरू बनाए । |
11323 | 2CH 6:36 | जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्— किनकि पाप नगर्ने एक जना पनि छैन— र तिनीहरूसँग तपाईं रिसाउनुहुन्छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्पिनुहुन्छ, ताकि शत्रुहरूले तिनीहरूलाई लान्छन् र तिनीहरूलाई आफ्नो देशमा, टाढा वा नजिक कैद गरेर लान्छन् । |
11349 | 2CH 7:20 | तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु । मेरो नाउँ रहनलाई मैले अलग गरेको यस मन्दिरलाई म त्याग्नेछु, र सबै मानिसका बिचमा म त्यसलाई एउटा उखान र गिल्लाको पात्र बनाउनेछु । |
11382 | 2CH 9:13 | सोलोमनकहाँ हरेक वर्षमा आएको सुनको तौल तेईस टन हुन्थ्यो, |
11411 | 2CH 10:11 | यसैले अब, मेरा बुबाले तिमीहरूमाथि गह्रौं जुवा बोकाउनुभए तापनि, तिमीहरूका जुवामाथि म थप्नेछु । मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्ड दिनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले दण्ड दिनेछु’ ।” |
11414 | 2CH 10:14 | ती जवान मानिसका सल्लाहको अनुसरण गरेर उनीहरूसँग तिनले यसो भनेर, “मेरा बुबाले तिमीहरूको जुवा गह्रौं बनाउनुभयो, तर म त्यसमा थप्नेछु। मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्ड दिनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले दण्ड दिनेछु ।” |
11423 | 2CH 11:4 | 'परमप्रभु यसो भन्नुहुन्छ, “आफ्नै दाजुभाइका विरुद्धमा तिमीहरूले आक्रमण गर्नु वा युद्ध गर्नुहुँदैन । हरेक व्यक्ति आआफ्नै घरमा फर्केर जानुपर्छ, किनकि मैले नै यसो हुन दिएको हो” ।’” यसैले तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आक्रमण गर्नबाट पछि हटे । |
11509 | 2CH 15:14 | तिनीहरूले ठूलो सोर, चिच्च्याएर, र तुरहीहरू र नरसिङ्गा बजाउँदै परमप्रभुसँग शपथ खाए । |
11607 | 2CH 20:15 | यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्दा र राजा यहोशापात, सुन्नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो । |
11782 | 2CH 28:13 | तिनीहरूले उनीहरूलाई भने, “यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्याउनुहुन्न, किनकि तिमीहरूले जे विचार गरिरहेका छौ त्यसले गर्दा हामीहरूमा परमप्रभुको विरुद्धमा पाप ल्याउनेछ, हाम्रा पाप र दोष थप्नेछ, किनकि हाम्रा दोषहरू ठुला छन् र इस्राएलको विरुद्धमा भयानक क्रोध आइपरेको छ ।” |
11921 | 2CH 33:8 | इस्राएलका मानिसहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशामार्फत् मैले तिनीहरूलाई दिएका सबै व्यवस्था, विधिहरू र आदेशहरू होसियारसाथ पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूलाई म फेरि पर हटाउनेछैनँ ।” |
12653 | NEH 12:25 | मत्तन्याह, बक्बुक्याह, ओबदिया, मशुल्लाम, तल्मोन र अक्कूबचाहिँ मूल ढोकानेर भएका भण्डार-कोठाहरूमा रक्षा दिने द्वारपालहरू थिए । |
13009 | JOB 6:27 | वास्तवमा, तपाईं अनाथको लागि चिट्ठा हाल्नुहुन्छ, र बेच्ने सामनझैं आफ्नो मित्रको मूल्य तोक्नुहुन्छ । |
13017 | JOB 7:5 | मेरो शरीर किराहरू र धूलोको डल्लाहरूले ढाकिएको छ । मेरो जीउका खटिरा टन्किन्छन्, र फुट्छन् र पिप बग्छन् । |
13053 | JOB 8:20 | हेर्नुहोस्, परमेश्वरले निर्दोष मानिसलाई फाल्नुहुन्न, न त उहाँले दुष्ट काम गर्नेहरूका हातलाई मदत गर्नुहुन्छ । |
13062 | JOB 9:7 | उहाँ उही परमेश्वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्नुहुन्छ, र त्यो उदाउँदैन, र जसले ताराहरूलाई ढाक्नुहुन्छ, |
13097 | JOB 10:7 | म दोषी छैनँ भनी तपाईं जान्नुहुन्छ, र कोही पनि छैन जसले मलाई तपाईंको हातबाट बचाउन सक्छ ? |
13117 | JOB 11:5 | तर परमेश्वर बोल्नुभए हुन्थ्यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्नुभए हुन्थ्यो । |
13122 | JOB 11:10 | उहाँ आउनुहुन्छ र कसैलाई थुन्नुहुन्छ, र कसैलाई इन्साफको लागि बोलाउनुहुन्छ भने, कसले उहाँलाई रोक्न सक्छ र ? |
13123 | JOB 11:11 | किनकि झुटा मानिसहरूलाई उहाँले चिन्नुहुन्छ । जब उहाँले अधर्म देख्नुहुन्छ, तब उहाँले त्यो ख्याल गर्नुहुन्न र ? |
13131 | JOB 11:19 | साथै, तपाईं विश्राममा पल्टनुहुन्थ्यो, र कसैले तपाईंलाई भयभीत पार्दैनथ्यो । वास्तवमा धेरैले तपाईंको निगाह खोज्थे । |
13198 | JOB 14:13 | दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्तमा राख्नुहुन्छ, र त्यहाँ म रहने समय तपाईंले तोक्नुहुन्छ, र मलाई याद गर्नुहुन्छ । |
13201 | JOB 14:16 | तपाईंले मेरा पाइला गन्नुहुन्छ, र वास्ता गर्नुहुन्छ । तपाईंले मेरो पापको लेखा राख्नुहुन्न । |
13216 | JOB 15:9 | तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन ? तपाईंले के बुझ्नुहुन्छ, जुन हामीमा पनि नभएको होस् ? |
13294 | JOB 18:14 | आफ्नो पालको सुरक्षाबाट उसलाई घिस्याइन्छ, र त्रासको राजाकहाँ लगिन्छ । |
13538 | JOB 29:2 | “ओहो, जस्तो म विगतका महिनाहरू थिएँ त्यस्तै म भए त, जति बेला परमेश्वरले मेरो वास्ता गर्नुहुन्थ्यो, |
13539 | JOB 29:3 | जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्थ्यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्थें । |
13540 | JOB 29:4 | ओहो, जस्तो मेरा खुशीका दिनहरूमा म थिएँ त्यस्तै म भए त, जति बेला परमेश्वरको मित्रता मेरो पालमाथि हुन्थ्यो, |
13543 | JOB 29:7 | जति बेला म सहरको मूल ढोकाबाट बाहिर निस्कन्थें, जति बेला सहरको चोकमा भएको मेरो शासनमा म बस्थें, |
13584 | JOB 30:23 | किनकि म जान्दछु, कि तपाईंले मलाई मृत्युमा पुर्याउनुहुन्छ, सबै जीवितहरूका लागि नियुक्त गरिएको घरमा लानुहुन्छ । |
13606 | JOB 31:14 | जब मलाई दोष लगाउन परमेश्वर उठ्नुहुन्छ, तब म के गर्न सक्छु र ? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्छु र ? |
13620 | JOB 31:28 | यो पनि न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्थ्यो, किनकि माथि विराजमान् हुनुहुने परमेश्वरलाई मैले इन्कार गरेको हुन्थें । |
13716 | JOB 34:29 | जब उहाँ चुप लाग्नुहुन्छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र ? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्छ भने कसले उहाँलाई भेट्न सक्छ र ? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ, |
13726 | JOB 35:2 | “जब तपाईं भन्नुहुन्छ, 'परमेश्वरको सामु मेरो अधिकार' तब त्यो न्यायोचित नै हो भन्ने विचार तपाईंलाई हुन्छ ? |
13738 | JOB 35:14 | तपाईं भन्नुहुन्छ, तपाईंले उहाँलाई देक्नुहुन्न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला ! |
13790 | JOB 37:17 | जब बतास नचली भूमि शान्त हुँदा दक्षिणबाट बतास चल्नथाल्छ, तब तपाईंको लुगा कसरी तातो हुन्छ भनेर तपाईं बुझ्नुहुन्छ ? |
13794 | JOB 37:21 | आकाशमा बतास चलेपछि र त्यसले त्यहाँको बादललाई उडाएर सफा गरेपछि, जब त्यहाँ सूर्य चम्किन्छ, तब मानिसहरूले त्यो हेर्न सक्दैनन् । |
14629 | PSA 45:5 | विश्वस्तता, नम्रता र धार्मिकताको कारणले आफ्नो ऐश्वर्यमा विजयसाथ सवार हुनुहोस् । तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्दा कुराहरू सिकाउनेछन् । |
14659 | PSA 47:5 | उहाँले हाम्रा निम्ति हाम्रो उत्तराधिकार रोज्नुहुन्छ, याकूबको महिमा जसलाई उहाँले प्रेम गर्नुहुन्छ । सेला |
15508 | PSA 94:11 | परमप्रभुले मानिसहरूका विचारहरू जान्नुहुन्छ, ती वाफ हुन् । |
15888 | PSA 113:7 | उहाँले गरीबलाई फोहोरबाट उठाउनुहुन्छ र दरिद्रलाई खरानीको थुप्रोबाट उचाल्नुहुन्छ, |
18425 | ISA 37:3 | तिनीहरूले उनलाई भने, “हिजकियाले भन्नुहुन्छ, 'आजको दिन बालक जन्माउनलाई प्रसव भएको, तर आफ्नो बलाक जन्माउन आमासँग कुनै बल नभएजस्तो दुःख, हप्की र अपमानको दिन हो । |
18501 | ISA 40:11 | एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्मा गर्नुहुन्छ र तिनीहरूलाई आफ्ना हृदयको छेउमा बोक्नुहुन्छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्याउनुहुन्छ । |
18514 | ISA 40:24 | ती रोपिनेबित्तिकै, छरिनेबित्तिकै, तिनका जरा जमिन पर्नेबित्तिकै, जब उहाँले तिमाथि फुक्नुहुन्छ, तब तिनीहरू ओइलाउँन्, र हावाले तिनलाई परालझैं लैजान्छ । |
18765 | ISA 51:22 | परमप्रभु तेरा परमेश्वर, आफ्ना मानिसहरूका निम्ति बहस गर्नुहुने परमेश्वर यसो भन्नुहुन्छ, “हेर्, मैले तेरो हातबाट धरमराउने कचौरा— मेरो क्रोधको कचौरा— लिएको छु, ताकि तैंले फेरि त्यो पिउनेछैनस् । |
19129 | JER 5:2 | तिनीहरू भन्छन्छन्, 'जीवित परमप्रभुको नाउँमा' तापनि तिनीहरूले झूटा शपथ खाँदैछन् ।” |
19151 | JER 5:24 | किनकि तिनीहरूले आफ्ना हृदयमा यसो भन्दैनन्, “हामी परमप्रभु हाम्रा परमेश्वरको भय मानौं जसले वर्षा ल्याउनुहुन्छ, हामीले खेति गर्नुपर्ने हप्ताहरूमा, ठिक समयमा अगिल्लो र पछिल्लो वर्षा दिनुहुन्छ।” |
19246 | JER 9:1 | उजाड-स्थानमा यात्रुहरू बस्नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्थ्यो, म आफ्ना मानिसहरूलाई त्याग्न त्यहाँ जान सक्थे । तिनीहरूलाई मैले छोड्न सके हुन्थ्यो, किनकि सबै व्यभिचारी, विश्वासघातीको जमात हुन् ! |
19601 | JER 24:8 | तर परमप्रभु भन्नुहुन्छ, यहूदाका राजा सिदकियाह, त्यसका अधिकारीहरू र यस देशमा भएका यरूशलेममा रहेका र मिश्रदेशमा गएका बाँकी मानिसहरूसित म खानै नसकिने यी खराब अञ्जीरहरूझैं व्यवहार गर्नेछु । |
20214 | JER 49:18 | जसरी सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूको पतन भयो,” परमप्रभु भन्नुहुन्छ, “त्यहाँ कोही पनि बस्नेछैन । कुनै पनि व्यक्ति त्यहाँ रहनेछैन । |
20559 | EZK 1:26 | तिनीहरू शिरमाथिका विशाल अर्धगोलाकार क्षेत्रमाथि एउटा सिंहासनजस्तो थियो जुन हेर्दा त्यो नीलमणीजस्तै देखिन्थ्यो, र त्यो सिंहासनजस्तोमा बस्नेको स्वरूप मानिसको जस्तो थियो । |
20620 | EZK 5:5 | परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “जातिहरूका बिचमा भएको यरूशलेम यही हो, जहाँ मैले त्यसलाई राखेको छु र जहाँ मैले त्यसलाई अरू देशहरूले घेरेको छु । |
20622 | EZK 5:7 | यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “तिमीहरू आफ्ना चारैतिरका जातिहरूभन्दा अझ बढी बदमास भएका छौ, र मेरा विधिहरूमा चलेका छैनौ, वा मेरा नियमहरू पालन गरेका छैनौ, वा तिमीहरूका चारैतिर भएका जातिहरूका चालबमोजिम पनि चलेका छैनौ,” |
20623 | EZK 5:8 | यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “हेर, म आफै तेरो विरुद्धमा हुनेछु । म स्वयम् ती जातिहरूका सामुन्ने तँलाई दण्ड दिनेछु । |
20707 | EZK 10:5 | करूबहरूका पखेटाको आवाजचाहिं बाहिरको चोकसम्मै सुनिन्थ्यो, जुन सर्वशक्तिमान् परमेश्वर बोल्नुहुँदा सुनिने आवाज जस्तै थियो । |
20807 | EZK 14:7 | किनकि इस्राएलका घरानाको हरेक व्यक्ति र इस्राएलमा बस्ने हरेक विदेशी व्यक्ति जसले मलाई त्याग्छ, जसले आफ्ना मूर्तिहरू आफ्ना हृदयमा राख्छ र आफ्नो अधर्मको ठक्कर लाग्ने ढुङ्गा आफ्नै अनुहारको सामु राख्छ, र त्यसपछि मलाई खोज्न कुनै अगमवक्ताकहाँ जान्छ, त्यसलाई म परमप्रभु आफैले जवाफ दिनेछु । |
20818 | EZK 14:18 | तब यी तिन जना मानिस त्यो दैशको बिचमा भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीलाई बचाउन सक्दैनन् । तिनीहरूका आफ्नो जीवन मात्र बाँच्नेछ । |
20820 | EZK 14:20 | तब नोआ, दानिएल र अय्यूब त्यो देशमा भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीलाई बचाउन सक्दैनन् । तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्छन् । |
20916 | EZK 17:22 | परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'यसैले त्यो देवदारुको सबैभन्दा टुप्पाको भाग म नै लिएर जानेछु, र म त्यसलाई त्यसका कोमल हाँगादेखि टाढा रोप्नेछु । त्यसलाई म भाँच्नेछु र त्यसलाई एउटा उच्च पर्वतमा रोप्नेछु । |
20964 | EZK 19:14 | किनकि त्यसका ठुला हाँगाहरूबाट आगो निस्क्यो, र त्यसका फलहरू भस्म पार्यो । त्यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासन गर्ने राजदण्ड पनि रहेन ।' यो एउटा विलापको गीत हो, र विलापको गीतको रूपमा गाउनुपर्छ ।” |
21108 | EZK 23:32 | परमप्रभु यसो भन्नुहुन्छ, ‘तैंले तेरी दिदीको कचौरा पिउनेछस्, जो ठुलो र गहिरो छ । तँ गिल्ला पात्र र हाँसोको विषय हुनेछेस्— यो कचौरामा धेरै अट्छ । |
21111 | EZK 23:35 | यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्नो लज्जास्पद व्यवहार र यौनको अनैतिक कामहरूका दुष्परिणामहरू तैंले सहनुपर्नेछ' ।” |
21164 | EZK 25:12 | परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'एदोमले यहूदाको घरानासित बदला लियो, र त्यसो गरेर त्यसले गलत गर्यो । |
21167 | EZK 25:15 | परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'पलिश्तीहरूले शत्रुतासाथ बदला लिएका छन्, र आफ्नो भित्रैदेखि तिनीहरूले यहूदालाई पटक-पटक सर्वनाश गर्न खोजे । |
21172 | EZK 26:3 | यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘हेर्, ए टुरोस, म तेरो विरुद्धमा छु, र समुद्रमा छालहरू उठेझैं धेरै जातिहरूलाई तेरो विरुद्धमा म ल्याउनेछु । |
21184 | EZK 26:15 | परमप्रभु परमेश्वर टुरोस सहरलाई यसो भन्नुहुन्छ, 'जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्छ, तब ढलेहरूका सोर र घाइतेहरूले सुस्केराले के टापुहरू काम्नेछैनन् र? |
21251 | EZK 28:25 | परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘जब इस्राएलका घरानालाई तिनीहरू छरपष्ट भएका मानिसहरूका माझबाट म भेला गर्छु, र तब तिनीहरूलाई अलग गर्नेछु, यसरी जातिहरूले देख्न सक्छन् । त्यसपछि मेरो दास याकूबलाई मैले दिने देशमा तिनीहरूले आफ्ना मन्दिरहरू बनाउनेछन् । |
21271 | EZK 29:19 | यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्यसले उसका धन-सम्पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्यो त्यसको फौजको ज्याला हुनेछ । |
21432 | EZK 36:4 | यसकारण, ए इस्राएलका पर्वतहरू, परमप्रभु परमेश्वरको वचन सुनः पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरू, तिनीहरूका वरिपरि भएका अरू जतिहरूका निम्ति लूट र हाँसोको विषय बनेका निर्जन उजाड-स्थानहरू र त्यागिएका सहरहरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, |
21438 | EZK 36:10 | यसैले तिमीहरूमाथि म मानिसहरूका सङ्ख्या, इस्राएलका सारा घरानालाई बढाउनेछु । सहरहरूमा बसोबास हुनेछ र भग्नावशेषहरू पुनःनिर्माण गरिनेछन् । |
21837 | DAN 2:10 | ती बुद्धिमान् मानिसहरूले राजालाई जवाफ दिए, “महाराजाको माग पुरा गर्नलाई यस पृथ्वीमा कुनै मानिस छैन । कुनै यस्तो महान् र शक्तिशाली राजा पनि छैन जसले कुनै जादुगर, वा मृतसँग बोल्न सक्छु भनेर दावी गर्ने कुनै व्यक्ति, वा कुनै बुद्धिमान् मानिसबाट यस्तो कुराको माग गरेका छन् । |
21856 | DAN 2:29 | महाराजा, हजुरको सम्बन्धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ । |
22203 | HOS 4:1 | ए इस्राएलका मानिस हो, परमप्रभुको वचन सुन । यस देशका वासिन्दाहरूको विरुद्धमा परमप्रभुको एउटा मुद्धा छ, किनभने देशमा सत्यता, करारको विश्वस्तता, परमप्रभुको ज्ञान छैन । |
22336 | HOS 13:1 | “जब एफ्राइम बोल्थ्यो, तब त्यहाँ कम्पन हुन्थ्यो । त्यसले आफैंलाई इस्राएलमा उच्च पार्यो, तर बाल देवताको उपासना गरेको कारणले त्यो दोषी ठहरियो, र त्यो मर्यो । |
22380 | JOL 1:20 | जमिनका पशुहरू पनि तपाईंका निम्ति तड्पिन्छन्, किनकि पानीका खोलाहरू सुकेका छन्, र उजाड-स्थानका खर्कहरूलाई आगोले भस्म पारेको छ । |
22394 | JOL 2:14 | कसले जान्दछ? सायद उहाँ पर्कनुहुन्छ, र दया देखाउनुहुन्छ, र आफ्नो पछि आशिष् छोड्नुहुन्छ, तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति अन्नबलि र अर्घबलि दिनुहुन्छ कि? |
22480 | AMO 4:1 | ए बाशानका गाईहरू, यो वचन सुन, तिमीहरू जो सामरियाको पहाडमा बस्छौ, तिमीहरू जसले गरिबहरूलाई थिचोमिचो गर्छौ, तिमीहरू जसले दरिद्रहरूलाई कुल्चिन्छौ, तिमीहरू जसले आफ्ना पतिहरूलाई भन्छौ, “हामीलाई मद्य ल्याउनुहोस्” । |
22636 | JON 3:9 | कसलाई जान्दछ? परमेश्वर नरम बन्न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्नुहुन्छ, जसले गर्दा हामी नष्ट हुनेछैनौं ।” |
22652 | MIC 1:4 | मैन आगोको सामु पग्लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्लन्छन्, र उपत्यकाहरू टुक्रिन्छन् । |
23440 | MAT 8:26 | येशूले तिनीहरूलाई भन्नुभयो, “ए अल्पविश्वासीहरू, तिमीहरू किन डराउँछौँ ?” त्यसपछि उहाँ उठ्नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्यसपछि त्यहाँ पुरै शान्ति छायो । |
23891 | MAT 20:30 | र दुई जना दृष्टिविहीन बाटोको छेउमा बसिरहेका थिए । येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।” |
23904 | MAT 21:9 | येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्च्याए, “दाऊदका पुत्रलाई होसन्ना ! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्वरको नाउँमा आउनुहुन्छ ! उच्चमा विराजमान हुनुहुनेलाई होसन्ना !” |
24549 | MRK 7:17 | जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्नुभयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे । |
25046 | LUK 2:4 | योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेममा गए, जुन ठाउँ दाऊदको सहरको नामले चिनिन्थ्यो, किनभने उनी दाऊदको वंशका थिए । |
25084 | LUK 2:42 | जब उहाँ बाह्र वर्षको हुनुहुन्थ्यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए । |
25115 | LUK 3:21 | यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिँदै गर्दा, येशूलाई पनि बप्तिस्मा दिइयो । जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, तब स्वर्ग खुल्यो । |
25342 | LUK 8:28 | जब उसले येशूलाई देख्यो, ऊ चिच्च्यायो, उहाँको सामु लड्यो र उसले उच्च स्वरमा भन्यो, “सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार ? म बिन्ती गर्छु कि मलाई नसताउनुहोस् ।” |
25409 | LUK 9:39 | हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्च्याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ । |
26539 | JHN 9:30 | त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “उहाँले मेरा आँखा खोलिदिनुभो, तैपनि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्नुहुन्न, यो त अचम्म भो ! |