562 | GEN 22:14 | यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे, र “परमप्रभुको डाँडामा जुटाइनेछ” भनी आजसम्म पनि भनिन्छ । |
622 | GEN 24:30 | जब उनले आफ्नी बहिनीको नाकमा नत्थ र हातमा बाला देखे र “त्यस मानिसले मलाई यसो भन्यो” भन्ने कुरा आफ्नी बहिनीबाट सुने, तब उनी त्यस मानिसकहाँ गए, त्यो मानिस इनारको छेउमा ऊँटहरूका नजिकै उभिइरहेको थियो । |
1453 | GEN 48:1 | यी कुराहरू भएको केही समयपछि “हेर्नुहोस्, हजुरका पिता बिरामी हुनुहुन्छ” भनेर कसैले योसेफलाई खबर दियो । यसकारण तिनले आफ्ना दुई छोरा मनश्शे र एफ्राइमलाई आफ्नो साथमा ल्याए । |
2083 | EXO 21:5 | तर कमाराले सफासँग “म मेरा मालिक, मेरी पत्नी र मेरा छोराछोरीलाई प्रेम गर्छु; म मुक्त भएर जान्नँ” |
23910 | MAT 21:15 | तर जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्ना” भनेर चिच्च्याइरकेका सुने, तिनीहरू रिसले चुर भए । |
26264 | JHN 4:39 | “मैले गरेका सबै कुरा उहाँले मलाई भन्नुभयो” भनी स्त्रीले दिएको गवाहीले गर्दा त्यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्वास गरे । |
26278 | JHN 4:53 | त्यसपछि यो येशूले “तिम्रो छोरा बाँच्छ” भन्नुभएको घडी थियो भन्ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्पूर्ण घरानाले विश्वास गरे । |
26532 | JHN 9:23 | त्यसैले गर्दा त्यसका आमाबुबाले “यो वयस्क मानिस हो, त्यसैलाई सोध्नुहोस्” भने । |
28767 | 1CO 14:21 | व्यवस्थामा यस्तो लेखिएको छ “अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तर पनि तिनीहरूले मलाई सुन्नेछैनन्” परमप्रभु भन्नुहुन्छ । |
29913 | 2TI 2:19 | तथापि यस छाप सहितको परमेश्वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” । |
30299 | HEB 12:20 | किनकि “यदि कुनै जनावरले त्यस पहाडलाई छोयो भने त्यसलाई ढुङ्गाले हान्नैपर्छ” भन्ने आज्ञालाई तिनीहरूले सहन सकेनन् । (नोटः केही पुरानो संस्करणमा लेखिएको छः एउटा जनावरले त्यस पहाडलाई छोयो भने, तापनि त्यसलाई ढुङ्गा वा तीरले हान्नैपर्छ) ।” |
30363 | JAS 2:3 | यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीँ उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने, |