5994 | JOS 7:16 | त्यसैले, यहोशू बिहान सबेरै उठेर इस्राएललाई कुल-कुल गरेर नजिक ल्याए र यहूदाको कुललाई चुनियो । |
15135 | PSA 75:9 | किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र यसलाई खन्याउनुहुन्छ । निश्चय नै पृथ्वीका सबै दुष्टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् । |
18591 | ISA 43:16 | परमप्रभु यसो भन्नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो, |
18652 | ISA 45:21 | नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्यो? के यो म परमप्रभुले नै थिएनँ र? मबाहेक त्यहाँ अरू कुनै परमेश्वर छैन, न्यायी परमेश्वर र उद्धारक । मबाहेक कुनै अरू छैन । |
25154 | LUK 4:22 | उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस योसेफका छोरा होइनन् र ? |
26515 | JHN 9:6 | येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुछ्नुभयो, अनि त्यसको आँखामा पोतिदिनुभयो । |
28131 | ROM 5:16 | किनकि वरदान एक जनाले पाप गरेको परिणामजस्तो होइन । एकातिर, एक जना मानिसको अपराधले दण्डको न्याय आयो । अर्कोतिर, सित्तैँको वरदान धेरै अपराधपछि धर्मीकरणको परिणाममा आयो । |
29998 | TIT 3:8 | यी वचनहरू विश्वासयोग्य छन् । तिमी यी कुराहरूबारे दृढतासाथ बलेको म चाहन्छु, ताकि परमेश्वरमा भरोसा गर्नेहरूले उहाँले तिनीहरूका सामु राख्नुभएको असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् । |