606 | GEN 24:14 | यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस् । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु ।” |
828 | GEN 29:32 | लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्यसको नाम रूबेन राखिन् । “साँच्ची नै परमप्रभुले मेरो दु:ख देख्नुभएको छ, अब त मेरा पतिले निश्चय नै मलाई प्रेम गर्नुहुनेछ ।” |
1003 | GEN 34:22 | यो सर्तमा मात्रै ती मानिसहरू हामीसित बसी एउटै जाति हुन सहमत छन्: तिनीहरूजस्तै हाम्रो हरेक पुरुषको खतना हुनुपर्छ । |
1054 | GEN 36:13 | रूएलका छोराहरू यस प्रकार थिए: नहत, जेरह, शम्मा र मिज्जा । एसावकी पत्नी बासमतका नातिहरू यी नै थिए । |
1056 | GEN 36:15 | एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिए: एसावका जेठा छोरा एलीपजका छोराहरूः तेमान, ओमार, सपो, कनज, |
1070 | GEN 36:29 | होरीहरूका नजिकका घरानाहरू यी थिए: लोतान, शोबाल, सिबोन, अना, |
1396 | GEN 46:9 | रूबेनका छोराहरू: हानोक, पल्लु, हेस्रोन र कर्मी; |
1397 | GEN 46:10 | शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्नीतर्फका छोरा शौल; |
1398 | GEN 46:11 | लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी । |
1399 | GEN 46:12 | यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर् र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए । |
1430 | GEN 47:9 | याकूबले फारोलाई भने, “मेरो प्रवासी जीवनको उमेर एक सय तिस वर्ष भयो । मेरो यस जीवनका वर्षहरू थोरै र दु:खमय भएका छन् । मेरो उमेर मेरा पिता-पुर्खाहरूको जति पुगेकै छैन ।” |
1512 | GEN 50:5 | मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु । कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्नू । तैँले मलाई त्यहीँ गाड्नेछस् ।’ यसकारण गएर मेरा बुबालाई त्यहीँ गाड्न दिनुहोस्, र त्यसपछि म फर्केर आउनेछु।” |
1534 | EXO 1:1 | याकूबसँगै मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्: |
2079 | EXO 21:1 | “अब तैँले तिनीहरूका सामु राख्ने आदेशहरू यी नै हुन्: |
2199 | EXO 25:3 | तैँले तिनीहरूबाट प्राप्त गर्नुपर्ने भेटीहरू यिनै हुन्: सुन, चाँदी, र काँसा |
2427 | EXO 31:6 | त्योबाहेक मैले दानको कुलबाट अहीसामाकको छोरो ओहोलीआबलाई नियुक्त गरेको छु । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिनीहरूले बनाउन सकून् भनेर सबै बुद्धिमानीहरूका ह्रदयमा मैले सिप हालिदिएको छु । तिनीहरूले बनाउने सामग्रीहरू यिनै हुन्: |
2537 | EXO 35:5 | इच्छुक ह्रदय भएका सबैले परमप्रभुका निम्ति यी भेटीहरू ल्याऊन्: सुन, चाँदी, काँसा, |
2542 | EXO 35:10 | तिमीहरूका बिचमा भएका हरेक सिपालु व्यक्ति आएर परमप्रभुले आज्ञा दिनुभएका हरेक कुरा बनाओस्: |
3346 | LEV 20:27 | मरेकाहरू वा आत्माहरूसँग बोल्ने पुरुष वा स्त्री मारिनुपर्छ । मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून् । तिनीहरू दोषी छन् र मर्न योग्यका छन् ।’” 20:7 [१] धेरै वर्तमान संस्करणमा यस्तो छः ... किनभने म, परमप्रभु तिमीहरूका परमेश्वर पवित्र छु । |
3695 | NUM 3:2 | हारूनका छोराका नाउँहरू यिनै हुन्: जेठा नादाब, अबीहू, एलाजार र ईतामार थिए । |
5200 | DEU 10:12 | अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर; |
5296 | DEU 14:4 | तिमीहरूले खान हुने प्राणीहरू यिनै हुन्: गोरु, भेडा र बोका, |
5599 | DEU 27:12 | “तिमीहरूले यर्दन नदी पार गरेपछि मानिसहरूलाई आशिष् दिन यी कुलहरू गीरीज्जीम डाँडामा खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन । |
5600 | DEU 27:13 | श्रापको घोषणा गर्न यी कुलहरूचाहिँ एबाल डाँडामा खडा होऊन्: रूबेन, गाद, आशेर, जबूलून, दान र नप्ताली । |
5601 | DEU 27:14 | ठुलो सोरमा लेवीहरूले इस्राएलीहरूलाई यसो भनेर जवाफ दिऊन्: |
6059 | JOS 9:20 | हामी उनीहरूलाई यसो गर्ने छौँ: हामीले उनीहरूसँग शपथ खाएका कारण हामीमाथि आइपर्ने क्रोधबाट बच्न हामी उनीहरूलाई बाँच्न दिने छौँ ।” |
6573 | JDG 3:3 | ती जातिहरू यी नै हुन्: पलिश्तीहरूका पाँच राजाहरू, सबै कनानीहरू, सीदोनीहरू, र लेबनानका पर्वतहरूमा बाल-हर्मोनदेखि हमात-पाससम्म बस्ने हिव्वीहरू । |
6626 | JDG 5:1 | त्यो दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए: |
6745 | JDG 8:24 | गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु: तिमीहरू हरेकले आफ्नो लुटको सामानबाट मलाई कुण्डलहरू देओ ।” (मिद्दानीहरूले सुनका कुण्डल लगाउँथे, किनभने तिनीहरू इश्माएलीहरू थिए ।) |
6846 | JDG 11:15 | र तिनले भने, “यिप्ता यसो भन्छन्: इस्राएलले मोआब देश र अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन, |
6999 | JDG 18:4 | तिनले उनीहरूलाई भने, “मीकाले मेरो निम्ति यसो गरेका छन्: तिनको पुजारी हुनलाई तिनले मलाई नियुक्त गरेका छन् ।” |
7019 | JDG 18:24 | तिनले भने, “मैले बनाएका देवताहरू तिमीहरूले चोर्यौ, मेरो पुजारीलाई लग्यौ, र तिमीहरू जाँदैछौ । अब मसँग के बाँकी छ? तिमीहरू कसरी मलाई ‘तिमीलाई के कुराले दु:ख दिइरहेको छ’ भनेर सोध्दैछौ?” |
7065 | JDG 20:9 | तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं । |
7115 | JDG 21:11 | “यस्तो गर्नू: हरेक पुरुष र मानिससँग सहवास गरेका स्त्रीलाई मार्नू ।” |
8849 | 1KI 4:2 | तिनका अधिकारीहरू यी नै हुन्: सादोकका छोरा अजर्याह पुजारी थिए । |
8855 | 1KI 4:8 | तिनीहरूका नाउँ यी नै हुन्: एफ्राइमको पहाडी देशमा बेन-हूर; |
9502 | 1KI 22:19 | तब मीकायाले भने, “त्यसकारण परमप्रभुको वचन सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने र देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ । |
10285 | 1CH 1:29 | तिनीहरूका सन्तान यी नै हुन्: इश्माएलका जेठा नबायोत, त्यसपछि केदार, अदबेल, मिब्साम, |
10294 | 1CH 1:38 | सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए । |
10366 | 1CH 3:1 | हेब्रोनमा जन्मेका दाऊदका छोराहरू यी नै हुन्: यिजरेलकी अहीनोमबाट जेठा छोरा अमनोन, कर्मेलकी अबीगेलबाट माहिला दानिएल भए । |
10478 | 1CH 6:5 | गेर्शोनका सन्तानहरू: तिनका छोरा लिब्नी थिए । लिब्नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्माह थिए । |
10585 | 1CH 8:6 | एहूदका सन्तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए: |
10783 | 1CH 14:4 | यरूशलेममा जन्मेका तिनका छोराछोरीका नाउँ यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन, |
10872 | 1CH 17:4 | “जा र मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले मेरो लागि बस्ने घर बनाउनेछैनस् । |
10875 | 1CH 17:7 | “अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्नबाट बोलाएँ । |
10950 | 1CH 21:11 | यसैले गाद दाऊदकहाँ गए र तिनलाई भने, “परमप्रभु यही भन्नुहुन्छ, ‘यिमध्ये एउटा रोज: |
10984 | 1CH 22:15 | तँसित धेरै कामगर्ने मानिसहरू छन्: ढुङ्गा काट्नेहरू, डकर्मीहरू, सिकर्मीहरू, र हरेक किसिमका शिल्पकारहरू अनगिन्ती छन्, |
10996 | 1CH 23:8 | लादानका तीन छोराहरू: अगुवा यहीएल, जेताम र योएल थिए । |
10997 | 1CH 23:9 | शिमीका तिन छोराहरू: शलोमोत, हजीएल र हारान थिए । लादानका वंशका मुखियाहरू यी नै थिए । |
11000 | 1CH 23:12 | कहातका चार छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए । |
11040 | 1CH 24:20 | बाँकी लेवीका सन्तानहरू यी नै थिएः अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट येहदयाह । |
11042 | 1CH 24:22 | यिसहारबाटः शलोमोत, शलोमोतबाट: यहत । |
11043 | 1CH 24:23 | हेब्रोनका छोराहरू: अगुवा यरियाह, माइला अमर्याह, साँहिंला यहासेल, कान्छा यकमाम । |
11044 | 1CH 24:24 | उज्जीएलका छोरा मीका; मीकाका छोराहरूबाट: शामीर । |
11045 | 1CH 24:25 | मीकाका भाइः यिश्याह । यिश्याहका छोराहरूबाट: जकरिया । |
11046 | 1CH 24:26 | मरारीका छोराहरू: महली र मूशी । यजियाहका छोराबाटः बनो । |
11047 | 1CH 24:27 | यजियाहबाट मरारीका छोराहरू: बनो, शोहम, जक्कूर र इब्री । |
11048 | 1CH 24:28 | महलीबाट: एलाजार, जसका छोराहरू थिएनन् । |
11049 | 1CH 24:29 | कीशबाट: कीशका छोराः यरहमेल । |
11050 | 1CH 24:30 | मूशीका छोराहरू: महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए । |
11227 | 2CH 2:10 | टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई लेखेर जावाफ दिए: “परमप्रभुले आफ्ना मानिसहरूलाई प्रेम गर्नुभएको हुनाले उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभयो ।” |
11313 | 2CH 6:26 | जब तपाईंका मानिसले तपाईंको विरुद्धमा पाप गरेको कारणले आकाश बन्द भएर पानी परेको छैन— अनि तिनीहरूले यस ठाउँतर्फ फर्केर तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारणले तपाईंको नाउँ स्वीकार गर्छन् र आफ्ना पाप त्यागेर यस मन्दिरमा तपाईंको अगाडि प्रार्थना गर्छन् भने— |
11438 | 2CH 11:19 | उनीले तिनको निम्ति छोराहरू जन्माइन्: येऊश, शमरयाह र साहम । |
11447 | 2CH 12:5 | शीशकको कारणले यरूशलेममा भेला भएका रहबाम र यहूदाका अगुवाहरू भएको ठाउँमा शमयाह अगमवक्ता आए । शमायाहले तिनीहरूलाई भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘तिमीहरूले मलाई त्यागेका छौ, यसैले मैले पनि तिमीहरूलाई शीशकको हातमा सुम्पिदिएको छु’ ।” |
11497 | 2CH 15:2 | तिनी आसालाई भेट गर्न गए र तिनलाई भने, “ए आसा, यहूदा र बेन्यामीनका सबै जना, मेरा कुरा सुन्नुहोस्: जब तपाईंहरू परमप्रभुसँग रहनुहुन्छ, तब उहाँ पनि तपाईंहरूसँग हुनुहुन्छ । तपाईंहरूले उहाँलाई खोज्नुभयो भने, तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ । तर तपाईंहरूले उहाँलाई त्याग्नुभयो भने उहाँले पनि तपाईंहरूलाई त्याग्नुहुनेछ । |
11501 | 2CH 15:6 | तिनीहरू टुक्रा-टुक्रा पारिए, राष्ट्रको विरूद्ध राष्ट्र, र सहरको विरूद्ध सहर, किनकि परमेश्वरले तिनीहरूलाई सबै किसिमका दु:खले समस्यामा पार्नुभयो । |
11557 | 2CH 18:10 | केनानका छोरा सिदकियाहले आफ्ना निम्ति फलामका सीङहरू बनाए र भने, “परमप्रभु यसो भन्नुहुन्छ: यसको सहायताले तपाईंहरूले अरामीहरू नष्ट नभएसम्म नै तिनीहरूलाई धकेल्नुहुनेछ ।” |
11573 | 2CH 18:26 | तिनलाई तिमीहरूले यसो भन्नेछौ, ‘राजा यसो भन्नुहुन्छ: यस मानिसलाई झ्यालखानमा राख र म कुशलसाथ नआएसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र देओ ।’” |
11641 | 2CH 21:12 | एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो । त्यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘तँ आफ्ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्, |
11702 | 2CH 24:20 | यहोयादाका छोरा जकरिया पुजारीमाथि परमेश्वरका आत्मा आउनुभयो । जकरिया मानिसहरूका सामु खडा भए र तिनीहरूलाई भने, “परमेश्वर यसो भन्नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ, जसले गर्दा तिमीहरूले उन्नति गर्न सक्दैनौ? तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुभएको छ ।” |
11890 | 2CH 32:10 | “अश्शूरका राजा सनहेरीब यसो भन्छन्: यरूशलेममा भएको घेराबन्दी सहनलाई तिमीहरू के कुरामा भर परिरहेका छौ? |
11897 | 2CH 32:17 | परमप्रभु इस्राएलका परमेश्वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे । तिनले भने: “जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन्, त्यसरी नै हिजकियाका परमेश्वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्ने छैनन् ।” |
11961 | 2CH 34:23 | तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वर यो भन्नुहुन्छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन, |
11962 | 2CH 34:24 | ‘परमप्रभु यसो भन्नुहुन्छ: हेर्, मैले यहूदाका राजाको सामुन्ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु । |
11964 | 2CH 34:26 | तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: |
12020 | 2CH 36:22 | फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको आत्मालाई प्रोत्साहित पार्नुभयो, ताकि उनले आफ्नो साम्राज्यभरि एउटा घोषणा निकाले र त्यसलाई लेख्ने काम पनि गरे । तिनले यसो भने: |
12021 | 2CH 36:23 | “फारसका राजा कोरेस यसो भन्छन्: परमप्रभु स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँका सबै मानिसध्येबाट जो-जो अहिले यहाँ छौ, परमप्रभु आफ्ना परमेश्वर तिमीहरूसँग रहनुभएको होस् । त्यो आफ्नो देशमा यरूशलेममा जाओस् ।” |
12030 | EZR 1:9 | ती वस्तुहरूको सङ्ख्या यस प्रकार थिए: सुनका भाँडा तिसवटा, चाँदीका भाँडा एक हजारवटा, उनन्तिसवटा बाटा, |
12068 | EZR 2:36 | पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३ |
12072 | EZR 2:40 | लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४ |
12073 | EZR 2:41 | मन्दिरका गायकहरू: आसापका परिवारका १२८ |
12074 | EZR 2:42 | मन्दिरका द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३९ । |
12075 | EZR 2:43 | मन्दिरका सेवकहरू: सीहा, हसूपा, तब्बाओत, |
12087 | EZR 2:55 | सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, हस्सोपेरेत, पारूद, |
12091 | EZR 2:59 | तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना पुर्खाहरू इस्राएलको वंशबाट आएका हुन् भनेर बताउन सकेनन् । यी हुन्: |
12093 | EZR 2:61 | र पुजारीहरूबाट: होबायाहका, हक्कोसका र बर्जिल्लै (तिनले गिलादी बर्जिल्लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार । |
12126 | EZR 4:11 | तिनीहरूले अर्तासास्तलाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो, “हजुरका सेवकहरू, यूफ्रेटिस नदी पारिको प्रान्तका मानिसहरू यसो लेख्छन्: |
12207 | EZR 8:1 | राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट मसितै आएका परिवारका अगुवाहरू यिनै हुन्: |
12230 | EZR 8:24 | त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए । |
12275 | EZR 10:18 | विदेशी स्त्रीहरूलाई विवाह गर्ने पुजारी परिवारहरूका यिनै हुन्: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइका: मासेयाह, एलीएजर, यारीब र गदल्याह थिए । |
12277 | EZR 10:20 | इम्मेरका परिवारका: हनानी र जबदियाह । |
12278 | EZR 10:21 | हारीमका परिवारका: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्जियाह । |
12279 | EZR 10:22 | पशहूरका परिवारका: एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद र एलासा । |
12280 | EZR 10:23 | लेवीहरूमा: योजाबाद, शिमी, केलायाह अर्थात् कलीता, पतहियाह, यहूदा र एलीएजर । |
12281 | EZR 10:24 | गायकहरूमा: एल्यासीब । द्वारपालहरूमा: शल्लूम, तेलेम र ऊरी । |
12282 | EZR 10:25 | अनि अरू इस्राएलीहरूमा- परोशका परिवारका: रम्याह, यिज्याह, मल्कियाह, मियामीन, एलाजार, मल्कियाह र बनायाह । |
12283 | EZR 10:26 | एलामका परिवारका: मत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया । |
12284 | EZR 10:27 | जत्तूका परिवारका: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा जत्तूका परिवारका: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा । |
12285 | EZR 10:28 | बेबैका परिवारका: येहोहानान, हनन्याह, जब्बै र अत्लै । |
12286 | EZR 10:29 | बानीका परिवारका: मशुल्लाम, मल्लूक, अदायाह, याशूब, शाल र यरेमोत । |