598 | GEN 24:6 | अब्राहामले त्यसलाई भने, “तैँले मेरो छोरालाई त्यहाँ फर्काएर नलानू ! |
4111 | NUM 14:2 | इस्राएलका सबै मानिसले मोशा र हारूनको आलोचना गरे । सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्र देशमा नै मरेको भए पनि हुन्थ्यो अथवा यही मरुभूमिमा नै मरेको भए नि हुन्थ्यो ! |
4205 | NUM 16:10 | उहाँले तिमीहरू र तिमीहरूका सबै दाजुभाइ, लेवीका सन्तानहरूलाई तिमीहरूसँगै नजिक ल्याउनुभएको छ, अझै तिमीहरूले पुजारी पद पनि खोजिरहेका छौ ! |
4208 | NUM 16:13 | के हामीलाई दूध र मह बग्ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो ? अब तपाईं आफै हाम्रो शासक हुन चाहन्छ ! |
4253 | NUM 17:23 | अर्को दिन मोशा गवाही-पाटी भएको पालमा गए, हेर! लेवी कुलका हारूनको लहुरोमा कोपिला लागेको रहेछ । यसमा कोपिला लगेको थियो, फूल फुलेको थियो र हाडे-बदाम पाकेको थियो ! |
4257 | NUM 17:27 | इस्राएलका मानिसहरूले मोशालाई भने, “यहाँ हामी मर्नेभयौँ ! हामी सबै नष्ट हुनेभयौ ! |
4358 | NUM 21:17 | त्यसपछि इस्राएलले यो गीत गायो, “इनारको मूल फुटेर निस्क्यो ! यसको गीत गाओ, |
4452 | NUM 24:5 | हे याकूब, तिम्रा पालहरू र तिमी बस्ने ठाउँ कति सुन्दर छन् ! |
5885 | JOS 2:14 | ती मानिसहरूले तिनलाई भने, “मृत्युसम्म नै तिमीहरूको जीवनको सट्टामा हाम्रो जीवन ! यदि तिमीले हाम्रो कामबारे बताएनौ भने, जब परमप्रभुले यो भूमि हामीलाई दिनुहुने छ हामी तिमीसँग दयालु र विश्वासयोग्य हुने छौँ ।” |
6072 | JOS 10:6 | गिबोनका मानिसहरूले यहोशू र गिलगालमा भएका फौजलाई समाचार पठाए । उनीहरूले भने, “चाँडो गर्नुहोस् ! तपाईंका दासहरूबाट आफ्ना हातहरू नखिँच्नुहोस् । हामीकहाँ चाँडो गरी आउनुहोस् र हामीलाई बचाउनुहोस् । हामीलाई सहायता गर्नुहोस्, किनभने पहाडी देशहरूमा बस्ने सबै एमोरी राजा हामीलाई आक्रमण गर्न भेला भएका छन् ।” |
6450 | JOS 22:22 | “हे सर्वशक्तिमान्, परमप्रभु परमेश्वर सर्वशक्तिमान्, हे परमप्रभु परमेश्वर ! उहाँ जान्नुहुन्छ, इस्राएलले जानोस् ! यदि यो विद्रोह वा विश्वास तोड्नलाई परमप्रभुको विरुद्धमा थियो भने, |
7140 | RUT 1:11 | तर नाओमीले भनिन्, “मेरा छोरीहरू, फर्क ! तिमीहरू मसँग किन जान्छौ? के तिमीहरूका पति हुनलाई मेरो कोखमा छोराहरू छन् र? |
7185 | RUT 3:11 | मेरी छोरी, नडराऊ ! मैले तिम्रो निम्ति तिमीले भनेकी सबै कुरा गर्छु, किनभने तिमी लायककी छ्यौ भन्ने सारा शहरका मानिसहरूले जान्दछन् । |
7555 | 1SA 14:45 | तब मानिसहरूले शाऊललाई भने, “इस्राएलको निम्ति यत्रो विजय ल्याउने जोनाथन मर्नुपर्छ? यस्तो हुँदै नहोस् ! परमप्रभु जीवित हुनुभएझैं, तिनको शिरबाट एउटा कपाल पनि झर्नेछैन, किनकि आज तिनले परमेश्वरसँग काम गरेका छन् ।” यसरी मानिसहरूले जोनाथनको उद्धार गरे ताकि तिनी मरेनन् । |
7575 | 1SA 15:13 | तब शमूएल शाऊलकहाँ आए, र शाऊलले तिनलाई भने, “परमप्रभुद्वारा तपाईंलाई आशिष् मिलोस् ! मैले परमप्रभुको आज्ञा पुरा गरेको छु ।” |
7797 | 1SA 22:7 | शाऊलले आफ्नो वरिपरि खडा भएका सेवकहरूलाई भने, “हे बेन्यामीनका मानिसहरू हो, सुन ! के यिशैका छोराले तिमीहरू हरेकलाई खेत र दाखबारीहरू दिनेछ? के उसले तिमीहरू सबैलाई हजारका कप्तानहरू र सयका कप्तानहरू बनाउनेछ, |
7897 | 1SA 25:33 | तिम्रो बुद्धि धन्यको होस् र तिमी धन्यकी हौ, किनभने तिमीले आज मलाई रक्तपात र आफ्नो निम्ति आफ्नै हातले बद्ला लिनबाट बचाएकी छ्यौ ! |
7914 | 1SA 26:6 | तब दाऊदले हित्ती अहीमेलेक, योआबका भाइ सरूयाहका छोरा अबीशैलाई भने, “शाऊलको छाउनीमा तल मसँग को जानेछ?” अबीशैले भने, “म ! म तपाईंसँग जानेछु ।” |
7930 | 1SA 26:22 | दाऊदले जवाफ दिए र भने, “हेर्नुहोस्, हे राजा, तपाईंको भाला यहाँ छ ! जवान मानिसमध्ये एक जना यता आओस् र यसलाई तपाईंकहाँ लैजाओस् । |
8044 | 2SA 1:19 | “ए इस्राएल तिम्रो महिमा मृत छ, तिम्रो उच्च स्थानहरूमा मारिएको छ । वीरहरू कसरी ढलेका छन् ! |
8050 | 2SA 1:25 | युद्धको बिचमा वीरहरू कसरी ढलेका छन् ! जोनाथन तिम्रो उच्च स्थानहरूमा मारिएका छन् । |
8108 | 2SA 3:24 | तब योआब राजाकहाँ आए र भने, “तपाईंले य के गर्नुभएको छ? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आए ! तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्? |
8296 | 2SA 12:7 | त्यसपछि नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो ! परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें र मैले तँलाई शाऊलको हातबाट बचाएँ । |
8436 | 2SA 16:7 | शिमीले यसरी सरापे, “गइहाल, यहाँबाट निस्की जा, तँ दुष्ट, तँ रक्तपात गर्ने मानिस ! |
8445 | 2SA 16:16 | जब दाऊदका मित्र अरकी हूशै अब्शालोमकहाँ आए, तब हूशैले अब्शालोमलाई भने, “राजा अमर रहुन् ! राजा अमर रहुन्!” |
8484 | 2SA 18:3 | तर मानिसहरूले भने, “तपाईं युद्धमा जानु हुँदैन, किनकि भाग्यौं भने, तिनीहरूले हाम्रो वास्ता गर्ने छैनन् वा हामी आधा नै मरे पनि तिनीहरूले वास्ता गर्ने छैनन् । तर तपाईं त हामीजस्ता दश हजार बराबर हुनुहुन्छ ! यसकारण तपाईं हामीलाई सहरबाट नै सहायता गर्न तयार हुनुहोस् ।” |
8509 | 2SA 18:28 | त्यसपछि अहीमासले कराए र राजालाई भने, “सबै ठिक छ ।” तिनले आफ्नो अनुहार भुईंमा धोप्टो पारेर राजालाई दण्डवत् गरे र भने, “परमप्रभु तपाईंको परमेश्वर धन्यको होऊन् ! मेरो मलिक महाराजाको विरुद्धमा खडा हुने मानिसहरूलाई उहाँले हजुरको हातमा सुम्पनुभएको छ । |
8573 | 2SA 20:16 | त्यसपछि एक जना बुद्धिमान स्त्रीले सहरबाट कराएर भनिन्, “ए योआब, सुन्नुहोस्, कृपया सुन्नुहोस् ! मेरो नजिक आउनुहोस् र म तपाईंसँग कुरा गर्न सक्छु ।” |
8711 | 2SA 24:16 | जब स्वर्गदूतले यरूशलेमलाई नाश गर्न आफ्नो हात त्यता पसारे, तब त्यसले ल्याउने हानिको कारणले परमप्रभुले आफ्नो मन बदल्नुभयो र उहाँले मानिसहरूलाई नाश पारिरहेका स्वर्गदूतलाई भन्नुभयो, “पुग्यो ! अब तिम्रो हात थाम ।” त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलामा खडा भएका थिए । |
9578 | 2KI 2:23 | त्यसपछि एलीशा त्यहाँबाट बेथेलमा गए । तिनी बाटोमा जाँदै गर्दा सहरबाट केही केटाहरू आए र तिनको खिसी गरे। तिनीहरूले भने, “ए मुडुले, तिमी माथि जाऊ ! ए मुडुले, तिमी माथि जाऊ!” |
9603 | 2KI 3:23 | तिनीहरू चिच्च्याए, “यो त रगत पो हो ! निश्चय नै राजाहरूको नाश भएको छ र तिनीहरूले एक-अर्कालाई मारेका छन्! त्यसैले, हे मोआबी हो, हामी गएर तिनीहरूलाई लुटौँ ।” |
9693 | 2KI 6:15 | जब परमेश्वरका मानिसको नोकर सबेरै उठ्यो र बाहिर गयो, हेर, एउटा ठुलो सेनाले घोडाहरू र रथहरू लिएर सहरलाई घेरेको थियो । तिनको सेवकले तिनलाई भन्यो, “ओहो ! मेरा मालिक, हामी के गरौँ ?” |
9695 | 2KI 6:17 | एलीशाले प्रार्थना गरे, “हे परमप्रभु, यसका आँखा खोलिदिनुहोस् ताकि यसले देख्न सकोस् भनी म बिन्ती गर्छु।” तब परमप्रभुले त्यस सेवकका आँखा खोल्नुभयो, र त्यसले देख्यो । हेर, एलीशाको वरिपरि डाँडामा अग्निमय घोडाहरू र रथहरूले भरिएको थियो ! |
10087 | 2KI 19:22 | तैँले कसको गिल्ला गरेको छस् र अपमान गरेको छस् ? तैँले कसको विरुद्धमा आफ्नो सोर उच्च पारेको छस् र घमण्डका साथ आफ्ना आँखा माथि उठाएको छस् ? इस्राएलका परमपवित्रको विरुद्धमा हो ! |
10696 | 1CH 11:19 | तब तिनले भने, “मैले यसो कहिले पनि नगर्नुपरोस् ! के मैले यि मानिसहरूको रगत पिउनू, जसले आफ्नो जीवनलाई नै खतरामा हालेका छन्?” तिनीहरूले आफ्नो जीवन जोखिममा पारेका हुनाले, दाऊदले त्यो पिउन इन्कार गरे । यी तीन जना वीर मानिसका कामहरू यी नै थिए । |
12113 | EZR 3:11 | तिनीहरूले परमप्रभुलाई प्रशंसा र धन्यवादको गीत गाए, “उहाँ भलो हुनुहुन्छ ! इस्राएलसित बाँधिएको उहाँको करारको विश्वासनियता सदासर्वदा रहन्छ ।” मन्दिरको जग बसालिएको हुनाले सबै मानिसले परमप्रभुको प्रशंसा गर्दै आनन्दले कराए । |
12990 | JOB 6:8 | हाय! मैले बिन्ती गरेको कुरा मसित भए ! हाय, मैले चिताएको कुरा परमेश्वरले दिनुभए ! |
12991 | JOB 6:9 | मलाई एकैचोटी धुलो पार्न परमेश्वर खुसी हुनुपर्छ ! उहाँले आफ्नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ ! |
13105 | JOB 10:15 | मैले दुष्टतासाथ काम गरेको भए, मलाई धिक्कार छ ! र मैले धार्मिकतासाथ काम गरे पनि, मैले आफ्नो शिर ठाडो पार्न सकिनँ, किनकि म अपमानले भरिएको छु— मेरो कष्ट हेर्नुहोस् । |
13324 | JOB 19:23 | ओहो, मेरो वचनहरू यति बेला लेखिए त ! ओहो, ती एउटा पुस्तकमा लेखिए त ! |
13325 | JOB 19:24 | ओहो, फलामको कलम र छिनोले, सदाको लागि ती चट्टानमा खोपे त ! |
13329 | JOB 19:28 | तपाईंहरूले यसो भन्नुहुन्छ भने, 'हामी उसलाई कसरी सताउँ ! उसको सङ्कष्टको जड ऊ आफै हो,' |
13405 | JOB 22:12 | के परमेश्वर स्वर्गको उच्चमा हुनुहुन्न र ? आकाशका ताराहरूको उच्चता हेर्नुहोस्, ती कति उच्चमा छन् ! |
13426 | JOB 23:3 | ओहो, उहाँलाई मैले कहाँ भेट्न सक्छु भनी मैले जानेको भए ! ओहो, म उहाँको बासस्थानमा गएको भए ! |
13471 | JOB 25:6 | मानिस त झन् नगन्य हो, जो एउटा किरा हो— मानिसको पुत्र त, जो किरा एउटा हो ! |
13473 | JOB 26:2 | “शक्ति नभएको मानिसलाई तपाईंले कसरी मदत गर्नुभएको छ ! ताकत नभएको पाखुरालाई तपाईंले कसरी बचाउनुभएको छ ! |
13474 | JOB 26:3 | बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ ! |
13542 | JOB 29:6 | जति बेला मेरो बाटो दूधले ढाकिन्थ्यो, र चट्टानले मेरो लागि तेलको खोला बगाउँथ्यो ! |
13738 | JOB 35:14 | तपाईं भन्नुहुन्छ, तपाईंले उहाँलाई देक्नुहुन्न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला ! |
13818 | JOB 38:21 | त्यति बेला नै तेरो जन्म भएको भए निस्सन्देह, तँलाई थाहा हुन्छ । तेरो उमेर धेरै भइसकेको हुन्छ ! |
14208 | PSA 21:2 | हे परमप्रभु, तपाईंको बलमा राजा आनन्दित हुन्छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्दित हुन्छन् ! |
14271 | PSA 25:3 | तपाईंमा आसा राख्ने कोही पनि अपमानित नहोस् । विनाकारण छली रूपले काम गर्नेहरू लज्जित होऊन् ! |
14466 | PSA 36:8 | हे परमेश्वर, तपाईंको करारको विश्वस्तता कति मूल्यवान छ ! तपाईंको पखेटाहरूका छायामुनि मानवजातिले शरण लिन्छ । |
14769 | PSA 54:7 | उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ । आफ्नो विश्वस्ततामा तिनीहरूको नाश गर्नुहोस् ! |
14781 | PSA 55:10 | हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस् । तिनीहरूको भाषा खल्बल्याउनुहोस् ! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु । |
15285 | PSA 81:9 | हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए ! |
15303 | PSA 83:2 | हे परमेश्वर, चूपचाप नबस्नुहोस् ! हे परमेश्वर, हामीलाई बेवास्ता नगर्नुहोस् र कठोर नहुनुहोस् । |
15962 | PSA 118:25 | हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस् ! |
16324 | PSA 139:17 | हे परमेश्वर, तपाईंका विचारहरू मेरो निम्ति कति बहुमूल्य छन् ! तिनका सङ्ख्या कति धेरै छन् ! |
17728 | ISA 1:4 | धिक्कार ! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्ट रूपले काम गर्नेहरूका सन्तानहरू ! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् । |
17786 | ISA 3:9 | तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्ना पाप भन्नेछन् । तिनीहरूले त्यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्कार ! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् । |
17788 | ISA 3:11 | दुष्टलाई धिक्कार ! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ । |
17817 | ISA 5:8 | ठाउँ नै नरहने गरी घरसित घर जोड्ने र खेतसित खेत जोड्नेहरूलाई धिक्कार, र तिमीहरू मात्र देशमा रहन्छौ ! |
17830 | ISA 5:21 | धिक्कार तिनीहरूलाई जो आफ्नै आँखामा बुद्धिमान र आफ्नै समझमा चतुर छन् ! |
17832 | ISA 5:23 | जसले घुस लिएर दुष्टलाई छोडिदिन्छ र निर्दोषलाई उसको अधिकार हनन् गर्छ ! |
17842 | ISA 6:3 | प्रत्येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।” |
17844 | ISA 6:5 | तब मैले भने, “मलाई धिक्कार होस् ! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन् !” |
17897 | ISA 8:20 | व्यवस्था र गवाहीतिर लाग ! तिनले यसो भन्दैनन् भने, तिनीहरूसँग बिहानको मिरमिरे उज्यालो नभएको हुनाले नै हो । |
17950 | ISA 10:30 | ए गल्लीमको छोरी, उच्च सोरमा करा ! हे लाकीश, ध्यान दे ! तँ विचरा अनातोत ! |
17980 | ISA 13:4 | पर्वतहरूमा एउटा भीडको जस्तो धेरै जना मानिसहरूको हल्ला ! धेरै जातिहरू भेला भएका राज्यहरूको होहल्लाको आवाज ! सर्वशक्तिमान् परमप्रभुले युद्धका निम्ति फौज भेला पार्दै हुनुहुन्छ । |
18002 | ISA 14:4 | तब तिमीहरूले बेबिलोनको राजाको विरुद्ध यो गिल्लाको गीत गाउनेछौ, “अत्याचारीको अन्त्य कसरी भएको छ, घमण्डी क्रोधको अन्त्य भयो ! |
18010 | ISA 14:12 | ए दिनको तारा, बिहानको पुत्र, तँ कसरी स्वर्गबाट तल झरेको छस् ! जातिहरूमाथि विजय पाएको, तँलाई कसरी भूइँमा ढालिएको छ ! |
18065 | ISA 17:12 | धिक्कार ! धेरै मानिसहरूको गर्जन, जुन समुद्रहरूको गर्जन, र जातिहरूका हल्लाझैं गर्जन्छ, जुन शक्तिशाली पानी बगेझैं बग्छ ! |
18067 | ISA 17:14 | हेर, साँझमा त्रास ! बिहान हुनअगि ती बितिजानेछन् ! हामीलाई लूट्नेहरू, हामीलाई डकैती गर्नेहरूको भाग यस्तै हुनेछ । |
18225 | ISA 27:4 | म रिसाएको छैन, ओहो, त्यहाँ सिउँडी र काँडाहरू थिए भने ! युद्धमा तिनीहरूको विरुद्धमा म अगि जानेथिएँ । तिनीहरू सबैलाई म एकसाथ जलाउनेथिएँ । |
18235 | ISA 28:1 | एफ्राइमका प्रत्येक मतवालाहरूले लगाएका गौरवशाली फुलमाला र त्यसको महिमित सुन्दरताको ओइलाउने फुललाई, दाखमद्यले लट्ठ परेकाहरूका हरियाली बेसीको शिरमा लगाइएको फुलमालालाई धिक्कार ! |
18264 | ISA 29:1 | अरीएललाई धिक्कार, ए अरीएल, सहर जहाँ दाऊदले छाउनी हाले ! वर्षमाथि वर्ष थप् । चाडहरू फेरो मार्दै आऊन् ! |
18272 | ISA 29:9 | आफै चकित होओ र अचम्म मान । आफैलाई अन्धा बन र अन्धा होओ ! मतवाला होओ, तर दाखमद्यले होइन । लरखराओ, तर मद्यले होइन । |
18278 | ISA 29:15 | परमप्रभुबाट आफ्ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्कार ! तिनीहरू भन्छन्, “हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?” |
18279 | ISA 29:16 | तिमीहरूले कुराहरूलाई उल्टा बनाउँछौ ! के कुमालेलाई माटोजस्तै ठान्ने, ताकि बनाइएको थोकले आफूलाई बनाउनेलाई यसो भनोस्, “त्यसले मलाई बनाएको होइन” वा बनाएको थोकले आफूलाई बनाउनेलाई भन्ने, “त्यसले मलाई बुझ्दैन”? |
18288 | ISA 30:1 | यो परमप्रभुको घोषणा हो, “धिक्कार विद्रोही छोराछोरीलाई ! तिनीहरू योजना बनाउँछन्, तर मबाट योजना होइन । तिनीहरूले अरू जातिहरूसँग मित्रता गाँस्छन्, तर तिनीहरू मेरो आत्माद्वारा निर्देशित भएनन्, त्यसैले तिनीहरूले पापमाथि पाप थप्छन् । |
18321 | ISA 31:1 | सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्कार ! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् । |
18350 | ISA 33:1 | विनाश नभएको विनाश पार्ने तँलाई धिक्कार ! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्कार ! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् । |
18394 | ISA 35:4 | डराएका हृदय भएकाहरूलाई भन, “बलियो होओ, नडराओ ! हेर, तिमीहरूका परमेश्वर सट्टा लिएर, परमेश्वरको इनाम लिएर आउनुहुनेछ । उहाँ आउनुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।” |
18509 | ISA 40:19 | एउटा मूर्ती ! एक जना कारीगरले यसलाई बनाउँछः सुनारले यसमा सुनको जलप लगाउँछ र यसको निम्ति चाँदीको सिक्री बनाउँछ । |
18516 | ISA 40:26 | माथि आकाशमा हेर ! यी सबै ताराहरूलाई कसले सृजेका हुन्? उहाँले ती बनाउनलाई उहाँले नै नेतृत्व गर्नुहुन्छ र ती सबैको नाउँ काढेर बोलाउनुहुन्छ । उहाँको शक्तिको माहन्ता र उहाँको सामर्थ्यको शक्तिद्वारा एउटा पनि हराएका छैनन् । |
18561 | ISA 42:11 | मरुभूमि र सहरहरूले सोर निकालून्, केदार बसेका गाउँहरू आनन्दले कराऊन् ! सेला काबासिन्दाहरूले गाऊन्, पर्वतका चुचुराबाट तिनीहरू कराऊन् । |
18639 | ISA 45:8 | ए आकाश, माथिबाट वर्षा झार् ! आकाशले धार्मिकताको वर्षा गओस् । पृथ्वीले त्यो सोसेर लेओस् ताकि मुक्ति उम्रिहोस् र त्योसँगै धार्मिकता उम्रियोस् । म, परमप्रभुले नै ती दुवैको सृष्टि गरेको हो । |
18640 | ISA 45:9 | त्यसलाई धिक्कार जसले आफूलाई बनाउनेसँग बहस गर्छ, जो जमिनमा भएका सबै माटोका भाँडाका माझमा अरू कुनै माटोको भाँडाजस्तै छ ! के माटोले कुमालेलाई यसो भन्छ, 'तैंले के बनाउँदैछस्' वा तैंले बनाएको भाँडोमा हत्ता नै छैन ?’ |
18651 | ISA 45:20 | आफूलाई भेला पार र आओ ! जातिहरूका माझबाटका आएका शरणार्थीहरू, एकसाथ भेला होओ ! तिनीहरूसँग ज्ञान नै छैन, जसले खोपेका मूर्तिहरू बोक्छन् र बचाउन नसक्ने देवताहरूसँग प्रार्थना गर्छन् । |
18652 | ISA 45:21 | नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्यो? के यो म परमप्रभुले नै थिएनँ र? मबाहेक त्यहाँ अरू कुनै परमेश्वर छैन, न्यायी परमेश्वर र उद्धारक । मबाहेक कुनै अरू छैन । |
18683 | ISA 47:14 | हेर, ती परालको झ्यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्नलाई आगो छैन ! |
18698 | ISA 48:14 | तिमीहरू सबैले आफूलाई भेला पार र सुन ! तिमीहरूका माझमा कसले यी कुराहरू घोषणा गरेको छ? परमप्रभुको मित्रले बेबिलोनविरुद्ध उहाँको उद्देश्य पुरा गर्ने छ । कल्दीहरूका विरुद्धमा उसले परमप्रभुको इच्छा पुरा गर्नेछन् । |
18704 | ISA 48:20 | बेबिलोनबाट बाहिर आओ ! कल्दीहरूबाट भाग ! गुञ्जयमान् आवाजसँगै यो घोषणा गर ! यसलाई प्रकट गर, यसलाई पृथ्वीको अन्तिम छेउसम्म जान देओ । यसो भन, 'परमप्रभुले आफ्नो सेवक याकूबलाई उद्धार गर्नुभएको छ ।' |
18707 | ISA 49:1 | ए समुद्र किनारमा बस्नेहरू हो, मेरो कुरा सुन ! ए टाढाका मानिसहरू हो, मेरो कुरामा ध्यान देओ । मेरो आमाले मलाई संसारमा ल्याउनुहुँदा नै परमप्रभुले मलाई मेरो नाउँ काढेर बोलाउनुभएको छ । |
18719 | ISA 49:13 | ए आकाश गाओ र ए पृथ्वी आनन्दि होओ । ए पर्वतहरू, गीत गाओ ! किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ र उहाँका कष्ठमा परेकाहरूलाई दया गर्नुहुनेछ । |
18811 | ISA 55:1 | “आओ, हरेक व्यक्ति जो तिर्खाएको छौ आओ, पानीमा आओ, अनि तिमीहरू जोसँग पैसा छैन, आओ, किन र खाओ ! आओ, पैसाविना र मूल्यविना दाखमद्य र दूध किन । |
18832 | ISA 56:9 | ए मैदानमा भएका सबै जङ्गली पशुहरू, वनका सबै जङ्गली पशुहरू आओ र खाओ ! |
18849 | ISA 57:14 | उहाँले भन्नुहुनेछ, 'बनओ, बनाओ ! बाटो सफा बनाओ ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्ने कुराहरू हटाओ' !” |
18934 | ISA 62:10 | ढोकाबाट आओ, ढोकाबाट आओ ! मानिसहरूको निम्ति बाटो तयार पार ! यसलाई निर्माण गर, मुल बाटो बनाओ ! ढुङ्गाहरू बटुल ! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ । |