4054 | NUM 11:29 | मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्छौ ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्ताहरू भए कति राम्रो हुन्थ्यो !” |
4427 | NUM 23:10 | याकूबको धूलोलाई वा इस्राएलको एक चौथाइलाई मात्र पनि कसले गन्न सक्छ ? मेरो मरण धार्मिक व्यक्तिको जस्तो होस् र मेरो जीवन त्यसको जस्तै होस् !” |
7924 | 1SA 26:16 | तिमीले गरेको यो कुरा ठीक छैन । जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी मर्न योग्यका छौ किनभने तिमीले परमप्रभुका अभिषिक्त जन तिम्रो मालिकको हेरचाह गरेका छैनौ । राजाको शिरनेर भएको भाला र पानीको सुराही कहाँ छ, हेर !” |
8491 | 2SA 18:10 | कसैले यो देख्यो र योआबलाई भन्यो, “हेर्नुहोस्, मैले अब्शालोम फलाँटको रुखमा झुण्डिरहेको देखें !” |
8514 | 2SA 19:1 | अनि राजा गहिरो शोकमा परे र तिनी ढोकामाथिको कोठामा गए र रोए । जसै तिनी हिंडे, तिनले विलाप गरे, “ए मेरो छोरा ए अब्शालोम, ए मेरो छोरा अब्शालोम! बरु म तिम्रो सट्टामा मरेको भए हुन्थ्यो नि, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा !” |
8518 | 2SA 19:5 | राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा !” |
9567 | 2KI 2:12 | एलीशाले यो देखे र तिनी चिच्च्याए, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र तिनीहरूका घोडाहरू !” तिनले एलियालाई फेरि देखेनन्, र तिनले आफ्ना वस्त्र समाते र दुई भागमा च्याते । |
9683 | 2KI 6:5 | तर एक जनाले काटिरहँदा बञ्चरोको टाउको पानीमा खस्यो । त्यसले चिच्च्याएर भन्यो, “हे मेरा मालिक, यो त मागेर ल्याएको थियो !” |
9845 | 2KI 11:12 | तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए, तिनलाई श्रीपेच लगाइदिए, र तिनलाई करारको उर्दी थमाइदिए । तब तिनीहरूले तिनलाई राजा बनाए र तिनलाई अभिषेक गरे । तिनीहरूले आफ्ना ताली बजाए र भने, “राजा दीर्घायु रहून् !” |
9892 | 2KI 13:17 | एलीशाले भने, “पूर्वपट्टिको झ्याल खोल्नुहोस् ।” त्यसैले तिनले त्यसलाई खोले । तब एलीशाले भने, “हान्नुहोस् !” तिनले हाने । एलीशाले भने, “यो परमप्रभुको विजयको काँड हो अर्थात् अराममाथि विजयको काँड हो, किनकि अरामीहरूलाई सर्वनाश नपारूञ्जेलसम्म तपाईंले तिनीहरूलाई अपेकमा आक्रमण गर्नुहुनेछ ।” |
11377 | 2CH 9:8 | तपाईंसित प्रसन्न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईंका परमेश्वर धन्यका होउन् । किनभने इस्राएललाई सदाको निम्ति स्थापित गराउनलाई तपाईंका परमेश्वरले त्यसलाई प्रेम गर्नुभयो । तपाईंले न्याय र धार्मिकता कायम राख्नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा बनाउनुभयो !” |
14310 | PSA 27:8 | मेरो हृदयले तपाईंको बारेमा यसो भन्छ, “उहाँको मुहारको खोजी गर् !” हे परमप्रभु, म तपाईंको मुहारको खोजी गर्छु । |
14334 | PSA 29:9 | परमप्रभुको सोरले फलाँटका रूखहरूलाई बङ्ग्याउँछ, र वनहरूलाई उखेलेर उजाड पार्छ । उहाँको मन्दिरमा हुने हरेकले भन्छ, “महिमा !” |
15029 | PSA 70:4 | तिनीहरूका लाजको कारणले तिनीहरूलाई फर्काइयोस्, जसले भन्छन्, “आहा, आहा !” |
17844 | ISA 6:5 | तब मैले भने, “मलाई धिक्कार होस् ! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन् !” |
18181 | ISA 24:16 | हामीले पृथ्वीको सुदूर भागबाट गीतहरू सुनेका छौं, “धर्मी जनको महिमा होस् !” तर मैले भनें, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्कार! धोकेबाजले धोकापुर्ण व्यवहार गरेको छ । हो, धोकेबाजले धेरै धोकापुर्ण व्यवहार गरेको छ । |
18499 | ISA 40:9 | ए सुसमाचार ल्याउनेहरू हो, उच्च पहाड सियोनमाथि जाओ । हे यरूशलेम ठुलो सोरमा कराओ । ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना सोर उचाल, नडराओ । यहूदाका सहरहरूलाई भन, “तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ !” |
18773 | ISA 52:7 | असल समाचार ल्याउने दूतहरूका गोडाहरू पहडाहरूमाथि कति सुन्दर, जसले शन्तिको घोषणा गर्छन्, जसले असल समाचार ल्याउँछन्, जसले उद्धारको घोषणा गर्छन्, जसले सियोनलाई भन्छन्, “तेरो परमेश्वरले राज्य गर्नुहुन्छ !” । |
18849 | ISA 57:14 | उहाँले भन्नुहुनेछ, 'बनओ, बनाओ ! बाटो सफा बनाओ ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्ने कुराहरू हटाओ' !” |
20569 | EZK 2:8 | तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन् । त्यो विद्रोही घरानाझैं तँ विद्रोही नहो । तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्यो खा !” |
20583 | EZK 3:12 | तब आत्माले मलाई माथि उठाउनुभयो, र मैले आफ्नो पछिल्तिर ठुलो भुकम्पको आवाज सुनेंः “परमप्रभुको महिमा उहाँको वासस्थानमा धन्यको होस् !” |
22103 | DAN 10:19 | तिनले भने, “ए धेरै सम्मान पाएको मानिस, नडराऊ । तिमीलाई शान्ति होस् ! अब शाहसी होऊ, बलियो होऊ !” तिनी मसँग बोल्दै गर्दा, ममा बल आयो । मैले भनें, “ए मेरा मालिक बोल्नुहोस्, किनकि तपाईंले मलाई शक्ति दिनुभएको छ ।” |
22499 | AMO 5:7 | ती मानिसहरूले इन्साफलाई एउटा तितो कुरामा परिणत गर्छन् र धार्मिकतालाई भुइँमा फालिदिन्छन् !” |
23439 | MAT 8:25 | चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्, हामी मर्नै लागेका छौँ !” |
23446 | MAT 8:32 | येशूले तिनीहरूलाई भन्नुभयो, “जा !” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे । अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे । |
23481 | MAT 9:33 | जब त्यो भूतात्मा धपाइयो, तब त्यो व्यक्ति बोल्यो । भिडहरू छक्क परे र भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन !” |
23696 | MAT 14:30 | तर जब पत्रुसले बतासलाई देखे, उनी डराए । जब उनी डुब्न थाले, उनले चिच्च्याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस् !” |
23904 | MAT 21:9 | येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्च्याए, “दाऊदका पुत्रलाई होसन्ना ! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्वरको नाउँमा आउनुहुन्छ ! उच्चमा विराजमान हुनुहुनेलाई होसन्ना !” |
24172 | MAT 26:49 | तुरुन्तै ऊ येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन !” अनि उसले उहाँलाई चुम्बन गर्यो । |
24227 | MAT 27:29 | तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई प्रणाम !” |
24238 | MAT 27:40 | “तिमी जसले मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन गइरहेका थियौ, आफैँलाई बचाऊ ! यदि तिमी परमेश्वरका पुत्र हौ भने, क्रुसबाट तल ओर्ल !” |
24309 | MRK 1:25 | येशूले भूतलाई हकार्नुभयो र भन्नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज !” |
24311 | MRK 1:27 | अनि सबै मानिस छक्क परेर एक आपसमा भन्न लागे, “यो के हो ? अधिकारसहितको एउटा नयाँ शिक्षा ! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन् !” |
24391 | MRK 3:34 | उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन् !” |
24492 | MRK 6:16 | तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्ना, जसको मैले टाउको कटाएको थिएँ, तिनी जीवित भई उठेछन् !” |
24680 | MRK 10:23 | येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “धनी मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न अति कठिन छ !” |
24681 | MRK 10:24 | चेलाहरू उहाँका वचनहरूमा छक्क परे । तर येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “बालकहरू हो, परमेश्वरको राज्यमा प्रवेश गर्नु अति गाह्रो छ !” |
24704 | MRK 10:47 | जब त्यसले येशू नासरी भन्ने सुने, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् !” |
24719 | MRK 11:10 | हाम्रा पिता दाऊदको आउने राज्य धन्यको होस् ! सर्वोच्चमा होसन्ना !” |
24787 | MRK 13:1 | जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एक जनाले भन्यो, “गुरुज्यू, हेर्नुहोस् त कति राम्रा ढुङ्गाहरू र भवनहरू !” |
24823 | MRK 13:37 | जे म तिमीहरूलाई भन्छु, त्यो म सबैलाई भन्छु, जागा रहो !” |
24868 | MRK 14:45 | जब यहूदा आयो, तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी !” र त्यसले उहाँलाई चुम्बन गर्यो । |
24888 | MRK 14:65 | केहीले उहाँलाई थुक्न र उहाँको अनुहार छोप्न र हिर्काउन थाले र भने, “भविष्यवाणी गर् !” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे । |
24908 | MRK 15:13 | तिनीहरू फेरि चिच्च्याए, “त्यसलाई क्रुसमा टाँग्नुहोस् !” |
24925 | MRK 15:30 | आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ !” |
25782 | LUK 18:25 | धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ !” |
25838 | LUK 19:38 | तिनीहरूले यसो भन्न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन् ! स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा !” |
25864 | LUK 20:16 | उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस् !” |
26149 | JHN 1:36 | तिनीहरूले येशू त्यही बाटो भएर हिँडिरहनुभएको देखे, र यूहन्नाले भने, “हेर, परमेश्वरका थुमा !” |
26159 | JHN 1:46 | नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्छ र ?” फिलिपले उनलाई भने, “आएर हेर !” |
26160 | JHN 1:47 | येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्नुभयो र उनलाई उनको बारेमा भन्नुभयो, “हेर, कुनै छल नभएका एक इस्राएली !” |
26162 | JHN 1:49 | नथानेलले जवाफ दिए, “रब्बी, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ! तपाईं इस्राएलका राजा हुनुहुन्छ !” |
26628 | JHN 11:36 | त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो !” |
26635 | JHN 11:43 | उहाँले यी कुराहरू भन्नुभएपछि उहाँले ठुलो सोरमा भन्नुभयो, “लाजरस, बाहिर आऊ !” |
26897 | JHN 19:3 | तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस् !” अनि तिनीहरूले उहाँलाई मुक्का हाने । |
26899 | JHN 19:5 | त्यसैले, येशू बाहिर आउनुभयो । उहाँले काँडाको मुकुट र बैजनी रङको वस्त्र लगाउनुभएको थियो । तब पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर !” |
26900 | JHN 19:6 | जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग !” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।” |
26908 | JHN 19:14 | निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ !” |
26909 | JHN 19:15 | तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्नुहोस् !” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्नुपर्ने हो ?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।” |
26920 | JHN 19:26 | जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्नुभयो, उहाँले आफ्नी आमालाई भन्नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा !” |
26921 | JHN 19:27 | तब उहाँले ती चेलालाई भन्नुभयो, “हेर, तिम्री आमा !” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे । |
26952 | JHN 20:16 | येशूले तिनलाई भन्नुभयो, “मरियम !” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन् “रब्बोनी” (जसको अर्थ हुन्छ, “गुरु” ) । |
26955 | JHN 20:19 | हप्ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति !” |
26962 | JHN 20:26 | आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्नुभयो, “तिमीहरूलाई शान्ति !” |
26964 | JHN 20:28 | थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्वर !” |
27682 | ACT 19:28 | यो कुरा सुनेपछि, तिनीहरू रिसाएर यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन् !” |
27688 | ACT 19:34 | तर जब तिनीहरूले अलेक्जेन्डर पनि यहूदी हुन् भन्ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म “एफिसीहरूकी देवी डायना महान् छिन् !” भन्दै चिच्याए । |
27768 | ACT 21:36 | मानिसको भिड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्च्याइ रहे, “तिनीबाट अलग बस !” |
27832 | ACT 23:30 | र मलाई यो पनि जानकारी गराइयो, कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्यन्त्र गरिएको थियो । त्यसकारण, मैले तुरुन्तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु, र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्नू भनी निर्देशन दिएको छु । बिदा !” |
28199 | ROM 8:15 | किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ । बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता !” भनी पुकार्छौं । |
28965 | 2CO 5:20 | त्यसैले, परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैँ गरेर हामी ख्रीष्टका दूतको रूपमा नियुक्त गरिएका छौँ । “परमेश्वरमा मिलापमा आओ !” भनेर हामी तिमीहरूसित ख्रीष्टको खातिर अनुरोध गर्छौं । |
30749 | JUD 1:9 | तर प्रधान दूत मिखाएलले पनि दुष्टसँग बहस गर्दा र मोशाको शरीरको विषयमा त्यससँग विवाद गर्दा, त्यसको विरुद्धमा निन्दा गर्ने इन्साफ ल्याउने साहस गरेनन् । बरु तिनले भने, “परमप्रभुले तँलाई हप्काऊन् !” |
31090 | REV 19:4 | चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह !” भनिरहेका थिए । |