22508 | AMO 5:16 | यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्वर यस्तो भन्नुहुन्छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यस्तो भन्नेछन्, ‘धिक्कार ! धिक्कार !’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन् । |
23325 | MAT 5:22 | तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ । र जो कसैले आफ्नो भाइलाई ‘तँ काम नलाग्ने मानिस !’ भनेर भन्छ भने, त्यो न्यायालयमा उभ्याइने जोखिममा पर्नेछ । र जो कसैले ‘तँ मूर्ख !’ भन्दछ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ । |
23408 | MAT 7:23 | तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ ! ए दुष्ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल् !’ |
23547 | MAT 11:19 | मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो !’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ ।” |
24031 | MAT 24:5 | किनकि मेरो नाउँमा धेरै जना आउनेछन् । किनकि तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ !’ र धेरैलाई भड्काउनेछन् । |
24049 | MAT 24:23 | तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन् !’ वा, ‘ख्रीष्ट त्यहाँ छन् !’ भन्छ भने त्यसलाई विश्वास नगर । |
25741 | LUK 17:21 | न त तिनीहरूले भन्नेछन्, ‘यता हेर ! वा उता हेर !’ किनभने परमेश्वरको राज्य तिमीहरूकै माझमा छ ।” |
25743 | LUK 17:23 | तिनीहरूले तिमीलाई भन्नेछन्, ‘यता हेर ! उता हेर !’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ । |