1275 | GEN 42:22 | रूबेनले तिनीहरूलाई जवाफ दिए, “'त्यस केटोको विरुद्धमा पाप नगर' भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र? तर तिमीहरूले मेरो कुरा सुनेनौँ । अब हामीले त्यसको रगतको बदला भोग्नुपर्छ । |
5845 | DEU 34:4 | परमप्रभुले तिनलाई भन्नुभयो, “'म यो देश तेरा सन्तानहरूलाई दिन्छु' भनी मैले अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गरेको देश यही हो । मैले तँलाई तेरा आँखाले हेर्न अनुमति दिएको छु, तर तँ त्यहाँ जान पाउने छैनस् ।” |
6061 | JOS 9:22 | यहोशूले उनीहरूलाई बोलाए र भने, “'हामी टाढाबाट आएका हौँ' भनी तिमीहरूले हामीसँग किन छल गर्यौ, जब कि तिमीहरू हाम्रै माझमा बस्दा रहेछौ? |
7416 | 1SA 9:23 | शमूएलले भान्सेलाई भने, “'अलग्गै राख' भनी मैले तिमीलाई भनेको भाग ल्याऊ ।” |
8143 | 2SA 5:8 | त्यति नै बेला दाऊदले भने, “यबूसीहरूलाई आक्रमण गर्नेहरूले 'लङ्गडा र अन्धाकहाँ’ पुग्न पानीको नालीबाट जाने छ जो दाऊदका शत्रुहरू हुन् ।” यसैले मानिसहरूले भन्छन्, “'अन्धा र लङ्गडाहरू' दरबारमा प्रवेश गर्नुहुँदैन ।” |
8815 | 1KI 2:42 | तब राजाले शिमीलाई डाक्न पठाए र तिनलाई भने, “'जुन दिन तिमी यहाँबाट अन्त कतै जान्छौ, तिमी निश्चय नै मारिने छौ भनी जान' भनी के मैले परप्रभुको नाउँमा शपथ खाई तिमीलाई गवाही दिएको थिइनँ र ? तब तिमीले मलाई भन्यौ, 'हजुरले भन्नुभएको कुरा राम्रो छ ।' |
9163 | 1KI 12:9 | तिनले तिनीहरूलाई भने, “'तपाईंका पिताले हामीमाथि राखिदिनुभएको जुवा हलुको पारिदिनुहोस्' भनी बताउने मानिसहरूलाई मैले कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरू मलाई के सल्लाह दिन्छौ ?” |
19083 | JER 3:12 | जा र उत्तरलाई यी वचन घोषणा गर्, “'हे विश्वासहीन इस्राएल, फर्की' यो परमप्रभु घोषणा हो, 'म तँसित सधैं रिसाउनेछैनँ ।' परमप्रभु घोषणा गर्नुहुन्छ, 'म विश्वासयोग्य भएको हुनाले म सदासर्वदा रिसाउनेछैन ।' |
20920 | EZK 18:2 | “इस्राएलका देशको बारेमा तैंले उखान भनेको अर्थ के होः “'बाबुहरू अमिलो अङ्गूर खाने र छोराछोरीका दाँत कुडिंने'? |
21283 | EZK 30:10 | परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्त्य गरिदिनेछु । |