805 | GEN 29:9 | याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला , राहेल आफ्ना बुबाका भेडाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन् । |
1183 | GEN 40:10 | त्यस दाखको बोटमा तिनवटा हाँगा थिए । जब त्यसमा टुसा पलायो , त्यसमा फूलहरू निस्किए र दाखका झुप्पाहरू पाके । |
3691 | NUM 2:32 | आ-आफ्नो परिवार-परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन् । आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,०३,५५० छन् । , |
4216 | NUM 16:21 | “यस समुदायबाट अलग होओ , ताकि म तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ ।” |
7344 | 1SA 6:11 | उनीहरूले परमप्रभुको सन्दुक , साथै सुनका मूसाहरू र उनीहरूका गिर्खाको आकृतिहरू भएको बाकसलाई उक्त गाडामा राखे । |
9539 | 2KI 1:2 | तब अहज्याह सामरियामा माथिल्लो कोठाको झ्यालबाट तल खसे र घाइते भए । यसैले तिनले सन्देशवाहकहरू पठाए र तिनीहरूलाई भने , “जाओ र यस चोटबाट म निको हुन्छु कि हुन्न एक्रोनको देवता बाल-जिबबलाई सोध ।” |
9846 | 2KI 11:13 | जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरूको हल्ला सुनिन् , तब तिनी परमप्रभुको मन्दिरमा मानिसहरूकहाँ आइन् । |
9973 | 2KI 16:6 | त्यस बेला अरामका राजा रसीनले अरामको लागि एलात फेरि प्राप्त गरे र यहूदाका मानिसहरूलाई एलातबाट धपाए । तब अरामीहरू एलातमा आए , जहाँ तिनीहरू आजको दिनसम्म नै बसेका छन् । |
10249 | 2KI 25:23 | बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल बनाए भनेर जब सिपाहीहरूका सबै सेनापति र तिनीहरूका मानिसहरूले सुने , तब तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू थिए । |
10619 | 1CH 8:40 | ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै , जम्मा १५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्यामीनका सन्तानहरू थिए । |
12714 | EST 1:8 | “जबरजस्ती गरिनुहुँदैन” भन्ने आदेशको ख्याल गर्दै दाखमद्य बाँडिएको थियो , किनकि यसरी नै राजाले हरेक मानिसको इच्छामुताबिक गर्न आफ्नो दरबारका सबै अधिकारीलाई आदेश दिएका थिए । |
13537 | JOB 29:1 | अय्यूब फेरि बोल्न सुरु गरे र यसो भने , |
14343 | PSA 30:7 | दृढतामा मैले भनें , “म कदापि डग्नेछैन ।” |
14571 | PSA 41:5 | मैले भनें , “हे परमप्रभु, ममाथि दया गर्नुहोस् । मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु ।” |
18075 | ISA 19:1 | मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्लिनेछन् , |
18956 | ISA 64:1 | ओहो, तपाईंले आकाशलाई चिरेर खोल्नुभएको र तल आउनुभएको भए त हुन्थ्यो ! तपाईंको उपस्थितिमा पहाडहरू काम्ने थिए, जसरी आगोले अम्रिसो जलाउँछ वा आगोले पानी उमाल्छ । ओहो, तपाईंका विरोधीहरूले तपाईंको नाउँ जानेको भए त , तपाईंको उपस्थितिमा जातिहरू काम्ने थिए । |
20614 | EZK 4:16 | उहाँले मलाई यो पनि भन्नुभयो, “ए मानिसको छोरो, हेर, म यरूशलेमबाट अन्नको मूल बन्द गरिदिनेछु , र तिनीहरूले जोखी-जोखीकन चिन्तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन् । |
20628 | EZK 5:13 | तब मेरो क्रोध पुरा हुनेछ , र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्त हुनेछ । म सन्तुष्ट हुनेछु, र मेरो क्रोध शान्त भएपछि तिनीहरूले जान्नेछन् कि म परमप्रभुले नै मेरो क्रोधमा यो कुरा भनेको हुँ । |
20998 | EZK 20:34 | तिमीहरूलाई म अरू जातिहरूका बिचबाट निकालेर ल्याउनेछु , र तिमीहरू छरपष्ट भएका देशहरूबाट म तिमीहरूलाई भेला गर्नेछु । मेरो शक्तिशाली हातले म यसो गर्नेछु र क्रोध खन्याउनेछु । |
21057 | EZK 22:12 | तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्छन् र तैंले बढी ब्याज लिएर र धेरै मुनाफा कमाएको छस् , र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्वरको घोषणा हो । |
21477 | EZK 37:11 | तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो , यी हडाहरूचाहिं इस्राएलका सम्पूर्ण घराना हुन् । हेर, तिनीहरू यसो भन्दैछन्, ‘हाम्रा हाडहरू सुकेका छन्, र हाम्रा आशा हराएको छ । हामी बहिष्कृत भएका छौं ।’ |
21508 | EZK 38:14 | यसकारण, ए मानिसको छोरो , अगमवाणी गर् र गोगलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: त्यो दिन, जब मेरा मानिसहरू सुरक्षित बसेका हुन्छन्, के तैंले तिनीहरूका बारेमा जान्नेछैनस्? |
21689 | EZK 44:21 | भित्री चोकमा आउँदा कुनै पनि पुजारीले दाखमद्य पिएको हुनुहुँदैन , |
21693 | EZK 44:25 | तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्ना बुबा, आमा, छोरो , छोरी, दाजुभाइ, वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् । नत्रता तिनीहरू अशुद्ध हुनेछन् । |
22780 | NAM 2:13 | सिंहले आफ्ना डमरुहरूका निम्ति त्यसका शिकारहरूलाई टुक्रा-टुक्रा गर्यो । त्यसले आफ्ना सिंहनीहरूका निम्ति शिकारको घाँटी निमोठी मार्यो, र आफ्नो गुफालाई शिकारहरूले , र आफ्नो ओडारलाई टुक्रा-टुक्रा पारिएका सिनुहरूले भर्यो । |
27529 | ACT 15:18 | , जसले यी प्राचीन समयदेखि थाहा कुराहरू गर्नुहुने प्रभुले यसरी भन्नुहुन्छ । |
28949 | 2CO 5:4 | किनकि जबसम्म हामी यस पालमा छौँ, बोझले भरिएर हामी आर्तनाद गर्छौं । हामी निर्वस्त्र हुन चाहँदैनौँ । तर जे मरणशील छ , त्यो जीवनमा समावेश होस् भनेर हामी वस्त्र पहिरन चाहन्छौँ । |
31069 | REV 18:7 | जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु , म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’ |