Wildebeest analysis examples for:   npi-npiulb   Word‌Word,    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

632  GEN 24:40  तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्‍ने म हिँड्‌छु, उहाँले नै आफ्‍ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, ताकि तैैँले मेरो कुटुम्‍ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्‍नी ल्‍याउनेछस्‌ ।
871  GEN 30:40  याकूबले यी थुमाहरूलाई छुट्‌ट्याए, तर बाँकी बगाललाई चाहिँ छिर्केमिर्के जनावरहरूतिर फर्काएर राखे अनि सबै काला थुमालाई चाहिँ लाबानको बगालमा राखिदिए । त्यसपछि तिनले आफ्नो बगाललाई चाहिँ अलग गरे र लाबानको बगालसित मिसाएनन् ।
1484  GEN 49:10  यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, न त राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बिचबाट हट्‌नेछ, जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌ । जातिहरूले उहाँको आज्ञा मान्‍नेछन् ।
1499  GEN 49:25  तेरा बुबाका परमेश्‍वरले तँलाई सहायता गर्नुहुन्‍छ, र सर्वशक्तिमान् परमेश्‍वरले माथि स्‍वर्गका आशिष्‌हरू, तल अगाधका आशिष्‌हरू, अनि स्‍तन र गर्भका आशिष्‌हरूले आशिषित्् तुल्याउनुहुनेछ ।
5212  DEU 11:2  ख्याल गर, कि म तिमीहरूका छोराछोरीहरूसित बोलिरहेको छैनँ जसले परमप्रभु परमेश्‍वरलाई चिनेका छैनन्, न त उहाँको दण्ड, उहाँको महान्‌ता, उहाँको शक्तिशाली हात वा फैलिएको पाखुरा,
10984  1CH 22:15  तँसित धेरै कामगर्ने मानिसहरू छन्: ढुङ्गा काट्‌नेहरू, डकर्मीहरू, सिकर्मीहरू, र हरेक किसिमका शिल्पकारहरू अनगिन्ती छन्,
11180  1CH 29:11  हे परमप्रभु, महान्‌ता, शक्ति, महिमा, विजय र ऐश्‍वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌ । हे परमप्रभु, राज्‍य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्‍च पारिनुभएको छ ।
12720  EST 1:14  फारस र मादीका सात जना राजकुमार अर्थात् कर्शेना, शेथार, अद्‌माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान राजाका नजिकका मानिसहरू थिए । तिनीहरू राजाकहाँ जान सक्थे, र तिनीहरू राज्यमा उच्‍चतम पदहरूमा थिए ।
20545  EZK 1:12  तिनीहरू हरेक सोझै हिंड्‌थे, ताकि आत्‍माले जता-जता लग्यो तिनीहरू त्‍यतै जान्‍थे, तिनीहरू यताउता नफर्की हिंड्‌थे ।
20546  EZK 1:13  ती जीवित प्राणीहरूको आकृति जलिरहेको आगोको भुङ्‌ग्रोजस्तो, राँकोहरूजस्‍ता थिए । ती प्राणीहरूको बिचमा चम्किलो आगो यताउता जान्थ्यो, र त्‍यहाँ बिजुलीका चमकहरू थिए ।
20552  EZK 1:19  जब ती जीवित प्राणीहरू चलहल गर्थे, तब ती पाङ्‌ग्राहरू पनि साथसाथै हिंड्‌थे । जब ती जीवित प्राणीहरू जमिनबाट माथि उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि उठ्‌थे ।
20631  EZK 5:16  म तेरो विरुद्ध अनिकालको मेरा घातक र नष्‍टकारी काँणहरू छोड्‌नेछु, जुन तेरो सर्वनाशको कारण बन्‍नेछ । किनकि म तँमाथि अनिकाल बढाउनेछु र तेरो अन्‍नको मूल नै रोकिदिनेछु ।
20719  EZK 10:17  जब ती करूबहरू ठिङ्ग खडा हुन्‍थे, तब ती पाङ्‌ग्राहरू पनि ठिङ्ग खडा नै रहन्‍थे, र जब ती माथि उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्‌थे, किनकि ती जीवित प्राणीहरूका आत्‍मा ती पाङ्‌ग्राहरूमा थिए ।
21101  EZK 23:25  मेरो डाहको रिस तँतिर म फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्‍यवहार गर्नेछन्‌ । उनीहरूले तेरा नाक र कान काट्‌नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्‍नेछन्‌ । उनीहरूले तेरा छोराछोरीलाई लानेछन्, र तेरा बाँचेकाहरूलाई आगोले भस्‍म पार्नेछ ।
21139  EZK 24:14  म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्‌नेछैनँ, न त म त्‍यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्‍याय गर्नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
21181  EZK 26:12  उनीहरूले तेरा धन-सम्‍पत्तिहरू लुट्‌नेछन्, र तेरा व्‍यापारका मालहरू लुट्‌नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्‍नेछन्‌ र तेरा आरामदायी घरहरू भत्‍काउनेछन्‌ । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्‍नेछन्‌ ।
21301  EZK 31:2  “ए मानिसको छोरा, मिश्रदेशको राजा फारो, र त्यसको वरिपरि भएका धेरै भीडलाई यसो भन्, ‘तेरो महान्‌तामा, तँ कोजस्तो छस्?
21961  DAN 5:18  हे महाराजाका, सर्वोच्‍च परमेश्‍वरले हजुरका पिता नबूकदनेसरलाई राज्य, महान्‌ता, आदर, र ऐश्‍वर्य दिनुभयो ।
28135  ROM 5:20  तर व्‍यवस्‍था आयो ताकि अपराध बढोस् । तर जहाँ पाप बढ्‌यो, त्‍यहाँ अनुग्रह पनि झन् बढ्‌यो ।
28224  ROM 9:1  म येशू ख्रीष्‍टमा साँचो भन्दछु । म ढाँट्‌दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ,
30947  REV 11:7  जब तिनीहरूले आफ्ना गवाही सिद्‌ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्‍नेछ र तिनीहरूलाई मार्नेछ ।