11554 | 2CH 18:7 | इस्राएलका राजाले यहोशापातलाई भने, “परमप्रभुबाट सल्लाह लिनलाई अझै एक जना यिम्लाका छोरा मीकाया छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवाणी बोल्दैनन्, तर सधैं खराबी मात्र भन्दछन् ।” यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न ।” |
19794 | JER 31:34 | तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउने छैन, 'परमप्रभुलाई चिन ।' किनकि सानादेखि ठुलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्, यो यो परमप्रभुको घोषणा हो । किनकि म तिनीहरूको अधर्म क्षमा दिनेछु, र फेरि तिनीहरूका पाप सम्झनेछैनँ ।” |
20672 | EZK 7:26 | विपद्माथि विपद् आउनेछ, र त्यहाँ हल्लामाथि हल्ला हुनेछ । तब तिनीहरूले अगमवक्ताबाट दर्शन खोज्नेछन्, तर पुजारीबाट व्यवस्था र धर्म-गुरुहरूबाट सल्लाह नष्ट हुनेछ । |
20751 | EZK 12:2 | “ए मानिसको छोरो, तँ एउटा विद्रोही घरानाको बिचमा बस्छस्, जहाँ तिनीहरूका हेर्ने आँखा त छन् तर तिनीहरू देख्दैनन् । अनि तिनीहरूका सुन्ने कान त छन् तर सुन्दैनन्, किनभने तिनीहरू विद्रोही घराना हुन् । |
21125 | EZK 23:49 | यसरी उनीहरूले तेरा लाजमर्दा व्यवहारहरू तेरै विरूद्धमा खडा गर्नेछन् । तैंले आफ्ना मूर्तिहरूसित गरेका पापको दोष तैंले भोग्नेछेस्, र यसरी म नै परमप्रभु परमेश्वर हुँ भनी तैंले जान्नेछेस् । |
21261 | EZK 29:9 | यसैले मिश्रदेश उजाड र बग्नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्यो बनाएको हुँ ।” |