72 | GEN 3:16 | उहाँले स्त्रीलाई भन्नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्नेछ ।” |
103 | GEN 4:23 | लेमेखका पत्नीहरू आदा र सिल्ला मेरो कुरा सुन; मैले जे भन्छु सो सुन । मलाई चोट पुर्याउने मनिसलाई अर्थात् मलाई घायल बनाउने जवानलाई मैले मारेको छु । |
145 | GEN 6:7 | यसैले परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेका मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु; मानव-जाति र ठुला-ठुला जनावरहरू, घस्रने जन्तुहरू र आकाशमा उड्ने पक्षीहरू सबैलाई नमाेट पार्नेछु, किनकि तिनीहरूलाई बनाएकोमा म दुःखित छु ।” |
297 | GEN 11:30 | सारा बाँझी थिइन्; तिनको कुनै बालबच्चाहरू थिएनन् । |
346 | GEN 14:9 | एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक; पाँच राजाका विरिद्ध चार राजा । |
365 | GEN 15:4 | हेर्नुहोस्, त्यसपछि यसो भन्ने परमप्रभुको वचन तिनीकहाँ आयो, “यो मानिस तेरो उत्तराधिकार हुनेछैन; तर तेरै शरीरबाट जन्मिने नै तेरो उत्तराधिकारी हुनेछ ।” |
491 | GEN 19:33 | यसैकारण त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पिउन लगाए । त्यसपछि जेठीचाहिँ भित्र गइन् र आफ्ना बुबासँग सुतिन्; तिनी कहिले सुतिन् र कहिले उठिन् भन्ने उनलाई पत्तो नै भएन । |
520 | GEN 21:6 | साराले भनिन्, “परमप्रभुले मलाई हाँसो दिनुभएको छ; सुन्नेहरू हरेक मसँगै हाँस्नेछन् ।” |
777 | GEN 28:3 | सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्; तँलाई फल्दो-फुल्दो गराएर तेरो वृद्धि गराऊन्, ताकि तँ मानिसहरूको एक समूह बन्न सक्नेछस् । |
917 | GEN 31:43 | लाबानले याकूबलाई जवाफ दिई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्; यी नातिनातिनाहरू मेरै नातिनातिनाहरू हुन् र यी बगालहरू मेरै बगालहरू हुन् । तिमीले देखेका यी सबै मेरै हुन् । तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोराछोरीहरूलाई म के नै गर्न सक्छु र? |
963 | GEN 33:2 | तब तिनले कमारीहरू र तिनीहरूका छोराछोरीहरूलाई अग्रपङ्क्तिमा राखे; त्यसपछि लेआ र उनका छोराछोरीहरू अनि अन्त्यमा राहेल र योसेफलाई राखे । |
965 | GEN 33:4 | एसाव याकूबलाई भेट्न दौडिए; अङ्गालो हाले; अङ्कमाल गरे र चुम्बन गरे । त्यसपछि तिनीहरू रोए । |
1043 | GEN 36:2 | एसावले कनानीहरूबाट आफ्ना पत्नीहरू ल्याए । उनका पत्नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा; हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा; |
1051 | GEN 36:10 | एसावका छोराहरूका नाम यिनै थिएः एसावकी पत्नी आदाका छोरा एलीपज; एसावकी पत्नी बासमतका छोरा रूएल । |
1382 | GEN 45:23 | आफ्ना पिताका लागि तिनले यी थोकहरू पठाएः मिश्रका असल-अलस थोकहरू लादिएका दसवटा गधा; अनाज, रोटी र आफ्ना पिताको यात्राका लागि आवश्यक खाद्यपदार्थहरूले लादिएका दसवटा गधैनी । |
1396 | GEN 46:9 | रूबेनका छोराहरू: हानोक, पल्लु, हेस्रोन र कर्मी; |
1397 | GEN 46:10 | शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्नीतर्फका छोरा शौल; |
1930 | EXO 15:9 | शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्नेछु; म लुटका मालहरू बाँड्नेछु । मेरो इच्छा तिनमा तृप्त हुनेछ । म मेरो तरवार थुत्नेछु । मेरा हातले तिनीहरूलाई नष्ट पार्नेछन् ।' |
2069 | EXO 20:17 | आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।” |
2083 | EXO 21:5 | तर कमाराले सफासँग “म मेरा मालिक, मेरी पत्नी र मेरा छोराछोरीलाई प्रेम गर्छु; म मुक्त भएर जान्नँ” |
2755 | LEV 1:9 | तर त्यसका भित्री भागहरू र खुट्टाहरूलाई त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन् । त्यसले मेरो निम्ति मिठो सुगन्ध निकाल्ने छ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुने छ । |
2759 | LEV 1:13 | तर त्यसका आन्द्राभुँडी र खुट्टाहरूलाई भने त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले ती सबै चढाओस्, र वेदीमा जलाओस् । यो होमबलि हो, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँलाई चढाइएको होमबलि हो । |
2763 | LEV 1:17 | त्यसले पखेटाबाट त्यसलाई च्यातोस्, तर त्यसले त्यसलाई दुई टुक्रा नगरोस् । त्यसपछि पुजारीले त्यो वेदीको दाउरामाथिको आगोमा जलाओस् । यो एउटा होमबलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो नै आगोबाट चढाइएको बलि हुने छ । |
2765 | LEV 2:2 | त्यसले त्यो भेटी हारूनका छोराहरू, अर्थात् पुजारीहरूकहाँ लगोस्, र त्यहाँ तेल र धूपसहित त्यस मसिनो पिठोबाट पुजारीले एक मुट्ठी निकालोस् । त्यसपछि बलिको रूपमा पुजारीले त्यसलाई जलाओस् । त्यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ । |
2784 | LEV 3:5 | हारूनका छोराहरूले त्यो वेदीको दाउरामाथिको आगोमा होलबलिसँगै जलाओस् । यसले परमप्रभुको निम्ति मिठो सुगन्ध निकाल्ने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ । |
2808 | LEV 4:12 | र साँढेका अरू बाँकी सबै भागहरूलाई त्यसले छाउनीभन्दा बाहिरको ठाउँमा लगोस् जुन ठाउँ तिनीहरूले मेरो निम्ति शुद्ध बनाएका छन् र जहाँ तिनीहरूले खरानी खन्याउँछन्; ती भागहरूलाई तिनीहरूले त्यहाँ दाउरामा जलाऊन् । तिनीहरूले जहाँ खरानी खन्याउँछन्, त्यहीँ नै ती भागहरू जलाऊन् । |
2846 | LEV 5:15 | “यदि कसैले अजानमा परमप्रभुका कुराहरूको सम्बन्धमा पाप गर्दछ र अविश्वासपूर्वक काम गर्दछ भने, त्यसले परमप्रभुकहाँ आफ्नो दोषबलि ल्याओस् । यो बलिचाहिँ दोषबलिको रूपमा बगालको निष्खोट भेडा होस्; जसको मूल्य पवित्रस्थानको चाँदीको शेकेल बराबरको हुनुपर्छ । |
2969 | LEV 9:15 | हारूनले मानिसहरूका बलिदानको भेटीस्वरूप एउटा बोको अर्पण गरे, र तिनीहरूका पापको निम्ति बलिदानको रूपमा त्यसलाई लिएर मारे; तिनले पहिलो बोकोलाई गरेझैँ यसलाई पनि पापको निम्ति बलिदान गरे । |
3034 | LEV 11:36 | जरुवा वा दहको पानी शुद्ध रहने छ; तर तिनीहरूको सिनु छुने सबै अशुद्ध हुन्छन् । |
3041 | LEV 11:43 | कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू; आफूलाई अपवित्र बनाउने गरी तीबाट तिमीहरू अशुद्ध नहुनू । |
3182 | LEV 15:13 | त्यस्तो रोग लागेको मानिस रोगबाट शुद्ध भएपछि आफ्नो शुद्धताको निम्ति त्यसले सात दिन गनोस्; त्यसपछि त्यसले आफ्ना लुगा धोओस् र आफ्नो शरीर बगिरहेको पानीले नुहाओस् । त्यसपछि त्यो शुद्ध हुने छ । |
3289 | LEV 19:7 | यदि त्यो तेस्रो दिनमा खाइयो भने, त्यो मासु अशुद्ध हो; त्यसलाई ग्रहण गरिनुहुँदैन, |
3384 | LEV 22:14 | यदि कुनै मानिसले थाहा नपाई पवित्र भोजनबाट खायो भने, त्यसले त्यसको निम्ति पुजारीलाई दाम तिरोस्; त्यसले त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई फिर्ता गरोस् । |
3494 | LEV 25:24 | तिमीहरूले हासिल गरेका सबै जग्गाको निम्ति छुटकाराको अधिकार दिनू; तिमीहरूले जुन परिवारबाट जग्गा किन्यौ त्यही परिवारलाई त्यो जग्गा किन्ने मौका दिनू । |
3610 | NUM 1:5 | हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यिनै हुन्ः रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर; शिमियोनको |
3612 | NUM 1:7 | यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन; |
3613 | NUM 1:8 | इस्साखारको कुलबाट सूआरको छोरो नतनेल; |
3614 | NUM 1:9 | जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब; |
3615 | NUM 1:10 | योसेफको छोरो एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल; |
3616 | NUM 1:11 | बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान; |
3617 | NUM 1:12 | दानको कुलबाट अम्मीसद्दैको छोरो अहिएजेर; |
3618 | NUM 1:13 | आशेरको कुलबाट ओक्रानको छोरो पगीएल; |
3619 | NUM 1:14 | गातको कुलबाट दूएलको छोरो एल्यासाप; |
3803 | NUM 5:10 | हरेक व्यक्तिका भेटीहरू पुजारीको निम्ति हुनेछ; यदि कसैले पुजारीलाई कुनै थोक दिन्छ भने, यो त्यसको हुनेछ ।” |
4080 | NUM 13:4 | तिनीहरूका नाउँ यिनै हुन्ः रूबेनको कुलबाट जक्कूरका छोरा शम्मूअ; |
4081 | NUM 13:5 | शिमियोनका कुलबाट होरीका छोरा शाफात; |
4082 | NUM 13:6 | यहूदाको कुलबाट यपुन्नेका छोरा कालेब; |
4083 | NUM 13:7 | इस्साखारको कुलबाट योसेफका छोरा यिगाल; |
4084 | NUM 13:8 | एफ्राइमको कुलबाट, नूनका छोरा होशिया; |
4085 | NUM 13:9 | बेन्यामीनको कुलबाट, रफूका छोरा पलती; |
4086 | NUM 13:10 | जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल; |
4087 | NUM 13:11 | योसेफको कुलबाट (अर्थात् मनेश्शेको कुलबाट) सूसीका छोरा गेद्दी; |
4088 | NUM 13:12 | दानको कुलबाट गमल्लीका छोरा अम्मीएल; |
4089 | NUM 13:13 | आशेरको कुलबाट मिखाएलका छोरा सतूर; |
4133 | NUM 14:24 | मेरो दास कालेबबाहेक, किनभने ऊसँग अर्कै आत्मा थियो । त्यसले मलाई पूर्ण रूपमा अनुसरण गरेको छ; म त्यसलाई त्यो जाँचबुझ गर्न गएको भूमिमा ल्याउनेछु । त्यसका सन्तानहरूले अधिकार गर्नेछन् । |
4153 | NUM 14:44 | तर तिनीहरूले पहाडी देशतिर जाने दम्भ गरे; तथापि, न त मोशा न त परमप्रभुको सन्दूकले छाउनी छोडे । |
4220 | NUM 16:25 | अनि मोशा खडा भए र दातान र अबीरामको पालमा गए; इस्राएलका धर्म-गुरुहरू तिनको पछि-पछि गए । |
4275 | NUM 18:17 | तर गाईको पहिले जन्मेको बाछो वा भेडा वा बाख्राको पहिले जन्मेको पाठोलाई तिमीहरूले किनेर फिर्ता लिनुहुँदैन; ती मेरो निम्ति अलग गरिएका छन् । तिनीहरूका रगत वेदीमाथि छर्कनुपर्छ र तिनीहरूका बोसो आगोद्वारा चढाइएको परमप्रभुलाई मनपर्ने सुगन्धित बलिको जलाउनुपर्छ । |
4303 | NUM 19:13 | जसले मरेको व्यक्ति छुन्छ अर्थात् मरेको मानिसको शरीर छुन्छ, र आफूलाई शुद्ध पार्दैन, त्यो व्यक्तिले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँछ । त्यो व्यक्तिलाई इस्राएलबाट बहिष्कार गर्नुपर्छ, किनभने अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन । त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ । |
4310 | NUM 19:20 | तर आफूलाई शुद्धिकरण गर्न इन्कार गर्ने, अशुद्ध रहने व्यक्तिलाई समुदायबाट बहिस्कार गर्नुपर्छ, किनभने त्यसले परमप्रभुको पवित्र स्थानलाई अशुद्ध तुल्यायो । अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन; त्यो अशुद्ध रहनेछ । |
4313 | NUM 20:1 | यसैले इस्राएलका सारा समुदाय पहिलो महिनामा जीनको मरुभूमिमा गए; तिनीहरू कादेशमा बसे । |
4426 | NUM 23:9 | म तिनलाई पहाडको चुचुरोबाट देख्छु; म तिनलाई पहाडबाट हेर्छु । हेर्नुहोस्, एक्लै बस्ने मानिसहरू र आफूलाई साधारण जातिको रूपमा ठान्दैनन् । |
4447 | NUM 23:30 | बालाकले बालामले भनेबमोजिम गरे; तिनले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए । |
4456 | NUM 24:9 | तिनले सिंह, सिंहनीझै ढुक्छन् । तिनलाई उठाउने कसको आँट छ र ? तिनलाई आशिष् दिने सबै आशिषित्् होऊन्; तिनलाई सराप दिने सबै श्रापित होऊन् ।” |
4471 | NUM 24:24 | कित्तीमको समुद्री तटबाट जहाजहरू आउने छन्; तिनीहरूले अश्शूरलाई आक्रमण गर्नेछन् र एबेरमाथि विजय हासिल गर्ने छन्, तर तिनीहरू अन्त पनि विनाशमा नै हुने छन् । |
4744 | NUM 32:24 | तिमीहरूका परिवारहरूका निम्ति सहरहरू र भेडाबाख्राहरूका निम्ति खोर बनाओ; तिमीहरूले जे भनेका छौ सो गर ।” |
4870 | NUM 35:23 | वा यदि त्यसले आक्रमणमा परेका व्यक्तिलाई नदेखी ढुङ्गा फ्याँक्दा लाग्छ र मर्छ, अनि आक्रमणमा परेको व्यक्ति दोष लगाइएको व्यक्तिको शत्रु होइन भने; त्यसले त्यसलाई चोट पुर्याउन खोजिरहेको थिएन । तर आक्रमणमा परेको व्यक्ति मर्छ भने यसो गर्नुपर्छ । |
4936 | DEU 1:42 | परमप्रभुले मलाई भन्नुभयो, 'तिनीहरूलाई भन्, “आक्रमण नगर्; लडाइँ नगर् किनकि म तिमीहरूसँग हुने छैनँ, र तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुने छौ ।' |
5076 | DEU 5:21 | आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू; आफ्नो छिमेकीको घरको लालच नगर्नू; त्यसको खेत, कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।' |
5101 | DEU 6:13 | परमप्रभु तिमीहरूका परमेश्वरको आदर गर्नू; उहाँको मात्र आराधना गर्नू र उहाँको नाउँमा शपथ खानू । |
5118 | DEU 7:5 | तिनीहरूसित यसरी व्यवहार गर्नूः तिनीहरूका वेदीहरू भत्काइदिनू; तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्राटुक्रा पारिदिनू; तिनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू । |
5126 | DEU 7:13 | उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने छ; आशिष् दिनुहुने छ र गुणात्मक रूपमा वृद्धि गराउनुहुने छ । तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिमीहरूको शरीरको फल, भूमिको फल, तिमीहरूको अन्न, तिमीहरूको नयाँ दाखमद्य, तिमीहरूको तेल, तिमीहरूको गाईवस्तु र तिमीहरूको बगाललाई वृद्धि गरी आशिष् दिनुहुने छ । |
5142 | DEU 8:3 | उहाँले तिमीहरूलाई विनम्र तुल्याउनुभयो; भोकले पीडित तुल्याउनुभयो र मन्न खुवाउनुभयो जसलाई तिमीहरूले चिनेका थिएनौ न त तिमीहरूका पिता-पुर्खाहरले चिनेका थिए । मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ भनी तिमीहरूलाई बुझाउन उहाँले यसो गर्नुभयो । |
5200 | DEU 10:12 | अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर; |
5228 | DEU 11:18 | त्यसकारण, मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा भण्डारण गर; तिमीहरूका हातमा चिन्हको रूपमा बाँध र ती तिमीहरूका आँखाका बिचमा फेटा होऊन् । |
5278 | DEU 13:5 | तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको पछि लाग्नू; उहाँको आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको कुरा सुन्नू र उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू । |
5288 | DEU 13:15 | तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्का गर्यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू । |
5475 | DEU 22:3 | त्यसको गधाको मामलामा पनि यसै गर्नू; त्यसको लुगाको सवालमा पनि यसै गर्नू । तिम्रो इस्राएली छिमेकीको हराएको कुनै पनि कुरो पाइएको खण्डमा यसै गर्नू । तिमीले आफ्नै लागि नलुकाउनू । |
5897 | JOS 3:2 | तिन दिनपछि अधिकृतहरू छाउनीको बिच-बिचतिर गए; |
6079 | JOS 10:13 | सूर्य आकाशको बिचमा रहिरह्यो; यो झण्डै पुरै दिनभरि नै अस्ताएन । |
6086 | JOS 10:20 | उनीहरू झण्डै पूर्ण रूपमा नष्ट नभएसम्म नै यहोशू र इस्राएलका सन्तानहरूले उनीहरूलाई ठुलो संहारको साथ संहार गरिसिद्ध्याएका थिए; केही बचेकाहरू मात्र उम्केर किल्ला भएको सहरमा पुगे । |
6159 | JOS 13:3 | शिहपरदेखि उत्तरतिर एक्रोनको सिमानासम्म, जसलाई कनानीहरूको सम्पत्ति ठानिन्छ; गाजा, अश्दोद, अश्कलोन, गात र एक्रोनका पाँच जना पलिश्ति शासकहरू र अव्वीहरूका क्षेत्र । |
6160 | JOS 13:4 | दक्षिणमा (अव्वीहरूका क्षेत्र); कनानीहरूका सबै भूमि, सीदोनीहरूको अधीनमा भएका आरादेखि मोरिहरूको सिमानामा भएको अपेकसम्म; |
6165 | JOS 13:9 | अरोएरदेखि (घाँटीको माझमा भएको सहरलगायत), दीबोनसम्मका मेदबाको टार; |
6166 | JOS 13:10 | सीहोनका सबै सहर, एमोरीहरूका राजा, जसले हेश्बोनमा शासन गरे, अम्मोनीहरूको सिमानासम्म; |
6167 | JOS 13:11 | गिलाद, गशूरीहरू र माकातीहरूको प्रदेश, सबै हेर्मोन डाँडा, सलकासम्मका सबै बाशान; |
6186 | JOS 13:30 | तिनीहरूका क्षेत्र महनोमदेखि, बाशानसम्म, बाशानका राजा ओगका सम्पूर्ण राज्य, याईरका सबै नगर, जुन बाशानमा छन्, साठीवटा सहर; |
6249 | JOS 15:45 | यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन; |
6251 | JOS 15:47 | अश्दोद, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू, गाजा, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू; मिश्रको खोलासम्म, र यसको किनारासँगै महासमुद्रसम्म । |
6270 | JOS 16:3 | त्यसपछि यो तल्लो बेथ-होरोनको क्षेत्रसम्मै यल्पेतीको क्षेत्रसम्म पश्चिमतिर झर्यो र गेजेरतिर गयो; यो समुद्रमा टुङ्गियो । |
6287 | JOS 17:10 | दक्षिणतिरको भू-भाग एफ्राइमको थियो, र उत्तरतिरको भू-भाग मनश्शेको थियो; यसको सिमाना समुद्र थियो । उत्तरतिर आशेरसम्म र पूर्वतिर इस्साखारसम्म पुगेको थियो । |
6334 | JOS 19:11 | तिनीहरूको सिमाना पश्चिमतिर मरलासम्म र दब्बेशेतलाई छोयो; त्यसपछि यो योक्नामको सामुन्नेको खोलासम्म फैलिएको थियो । |
6336 | JOS 19:13 | त्यहाँबाट यो पूर्वतिर छिचोलेर गात-हेपेर र इथ-कासीनसम्म पुग्यो; त्यसपछि यो रिम्मोनसम्म पुग्यो र नेआतिर मोडियो । |
6356 | JOS 19:33 | तिनीहरूको सिमाना हेलेपबाट, सानन्नीमको अग्राठको रुखबाट अदामी-नेकेब, याब्नेल र लक्कूमसम्म पुग्यो; यो यर्दनमा अन्त भयो । |
6357 | JOS 19:34 | सिमाना पश्चिमपट्टि अज्नोथ-तबोरतिर मोडियो र हक्कोकतिर लाग्यो; यसले दक्षिणमा जबूलूनलाई छोयो र पश्चिममा आशेरलाई र पूर्वमा यहूदालाई यर्दन नदीमा भेट्टायो । |
6382 | JOS 20:8 | यर्दनको पूर्वपट्टि, तिनीहरूले रूबेनको कुलबाट उच्च-स्थानमाथिको मरुभूमिमा बेसेर; गादको कुलबाट रामो गिलाद; र मनश्शेको कुलबाट बाशाको गोलान चुने । |
6415 | JOS 21:32 | नप्तलीको कुलबाट, तिनीहरूले गेर्शोनको कुललाई यसको खर्कसहित गालीलमा केदेश, कसैलाई अनजानमा मार्ने व्यक्तिको निम्ति शरण-नगरको रूपमा; यसको खर्कसहित हम्मोत-डोर र यसको खर्कसहित कर्तान गरी जम्मा तिनवटा सहर दिए । |
6435 | JOS 22:7 | मनश्शेको आधा कुललाई मोशाले बाशानमा नै उत्तराधिकार दिएका थिए, तर बाँकी आधा कुललाई तिनीहरूका दाजुभाइको छेउमा यर्दनको पश्चिमपट्टि दिए । यहोशूले तिनीहरूलाई आ-आफ्ना पालहरूमा पठाए; तिनले तिनीहरूलाई आशिष् दिए |
6492 | JOS 24:14 | परमप्रभुको भय मान र सारा इमानदारी र विश्वनीयतामा उहाँको आराधना गर; तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूबाट अलग रहो र परमप्रभुको आराधना गर । |
6497 | JOS 24:19 | तर यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्न सक्दैनौ, किनभने उहाँ पवित्र हुनुहुन्छ, उहाँ डाही परमेश्वर हुनुहुन्छ; उहाँले तिमीहरूका पाप र अपराधलाई क्षमा गर्नुहुने छैन । |