505 | GEN 20:9 | त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले यो हामीलाई के गर्यौ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ? तिमीले मसित गर्न नहुने काम गर्यौ ।” |
623 | GEN 24:31 | त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस् । किन बाहिरै उभिरहनुहुन्छ? मैले तपाईंको निम्ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।” |
904 | GEN 31:30 | अब तिमीले आफ्ना पिताको घरमा फर्कने चाहना गरेकाले तिमी आइसकेका छौ । तर तिमीले मेरा घर-देवताहरू किन चोरी गर्यौ? |
1329 | GEN 44:4 | तिनीहरू सहरबाट केही पर पुग्दा योसेफले आफ्नो भण्डारेलाई भने, “उठ, र ती मानिसहरूको पिछा गर । तिनीहरूलाई भेट्टाएपछि यसो भन्नू, 'किन तिमीहरूले भलाइको सट्टा खराबी गर्यौ? |
1895 | EXO 14:5 | इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।” |
4037 | NUM 11:12 | के यी मानिसहरूलाई मैले गर्भधारण गरेको थिएँ ? के तिनीहरूलाई मैले जन्माएको थिएँ अनि 'तिनीहरूलाई बुबाले बालकलाई आफ्नो छातीमा टाँसेर बोकेझैँ बोक्' भन्नुहुन्छ ? के मैले तिनीहरूलाई तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक दिन त्यहाँसम्म नै बोक्नुपर्ने? |
6642 | JDG 5:17 | गिलाद यर्दनको पारिपट्टि नै बस्यो । अनि दान, ऊ जहाजहरूमा किन घुमिरह्यो? आशेर समुद्र किनारमा नै रह्यो र आफ्ना बन्दरगाहहरूको नजिक बस्यो । |
6854 | JDG 11:23 | यसरी इस्राएलका परमप्रभु परमेश्वरले आफ्ना मानिस इस्राएलको सामुबाट एमोरीहरूलाई खेद्नुभएको हो, र के तपाईं अब उनीहरूको देशमाथि अधिकार गर्नुहुन्छ? |
6966 | JDG 16:15 | त्यसले उनलाई भनी, “तपाईंले मलाई कसरी ‘म तिमीलाई प्रेम गर्छु’ भन्न सक्नुहुन्छ, जब कि तपाईंले आफ्ना गोप्य कुराहरू मलाई बताउनुहुन्न? तिन पटक तपाईंले मेरो उपहास गर्नुभएको छ र तपाईंसँग यस्तो महाबल कसरी आउँछ भनेर भन्नुभएको छैन ।” |
7444 | 1SA 10:24 | शामूएलले मानिसहरूलाई भने, “के परमप्रभुले चुन्नुभएको मानिसलाई तिमीहरूले देख्दैछौ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन ।” सबै मानिसहरू यसो भन्दै कराए, “राजा अमर रहून्” । |
7599 | 1SA 16:2 | शमूएलले सोधे, “म कसरी जान सक्छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।' |
7824 | 1SA 23:11 | के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पनेछन्? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्नो दासलाई भन्नुहोस् ।” परमप्रभुले भन्नुभयो, “ऊ तल आउनेछ ।” |
7851 | 1SA 24:10 | दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्ने मानिसहरूको कुरा तपाईंले किन सुन्नुहुन्छ? |
8005 | 1SA 30:24 | तिमीहरूको यो कुरा कसले सुन्नेछ? किनभने युद्धमा जानेहरूको हिस्सा जत्ति हुन्छ सामानहरू कुर्नेहरूको हिस्सा पनि त्यत्ति नै हुनेछ । तिनीहरूले बाँड्नेछन् अनि बराबर बाँड्नेछन् ।” |
8246 | 2SA 10:3 | तर अम्मोनका मानिसहरूका अगुवाहरूलले आफ्ना मालिक हानूनलाई भने, “के साँच्चै दाऊदले तपाईंलाई सान्त्वना दिन मानिसहरू पठाएर तपाईंको बुबालाई आदर गर्दै छन् भनी तपाईं साँच्चै विचार गर्नुहुन्छ? के दाऊदले यो सहरलाई नाश गर्न यसको जासुसी गर्न र यसलाई हेर्न तिनका सेवकहरूलाई पठाएका होइनन् र?” |
8283 | 2SA 11:21 | यरूब-बेसेतका छोरा अबीमेलेकलाई कसले मार्यो? के एक जना स्त्रीले जाँतोको माथिल्को ढुङ्गा पर्खालबाट खसालेर तिनी तेबेसमा मरेकी थिइनन्? तिमीहरू किन पर्खालको यति नजिक गयौ?' तब तैंले जवाफ दिनुपर्छ, 'तपाईंको दास हित्ती उरियाह पनि मरे' ।” |
8312 | 2SA 12:23 | तर अब त्यो मर्यो, त्यसैले म किन उपवास बस्ने? के म त्यसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म त्यसकहाँ जाने छु, तर त्यो मकहाँ फर्केर आउने छैन ।” |
8324 | 2SA 13:4 | योनादाबले अमनोनलाई भने, 'ए राजकुमार, तिमी किन हरेक बिहान निराश हुन्छौ? के तिमी मलाई भन्दैनौ?” यसैले अमनोनले तिनलाई जवाफ दिए, “मेरो भाइ अबशालोमकी बहिनी तामारलाई म प्रेम गर्छु ।” |
8438 | 2SA 16:9 | त्यसपछि सरूयाहका छोरा अबीशैले राजालाई भने, “यो मरेको कुकुरले मेरो मलिक महाराजालाई किन सराप्ने? कृपया, पारि गएर त्यसको टाउको काट्ने अनुमति मलाई दिनुहोस् ।” |
8525 | 2SA 19:12 | राजाले सादोक र अबियाथार पुजारीहरूलाई यसो भन्ने खबर पठाए, “यहूदाका धर्म-गुरुहरूलाई सोध, 'राजालाई उनको दरबारमा फिर्ता ल्याउन सबै इस्राएलको कुरा उनको पक्षमा भएको हुनाले राजालाई उनको दरबारमा ल्याउन तिमीहरू किन अन्तिम हुन्छौ? |
8557 | 2SA 19:44 | इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “हामीसँग महाराजासँग सम्बन्धित दश कुल छन्, त्यसैले दाऊदसँग तिमीहरूको भन्दा धेरै अधिकार हामीसित छ । तब तिमीहरूले हामीलाई किन तुच्छ ठान्यौ? के हाम्रो राजालाई फिर्ता ल्याउने हाम्रो प्रस्ताव पहिले सुनुवाइ हुनुपर्दैनथ्यौ?” तर यहूदाका मानिसहरूका वचनहरू इस्राएलका मानिसहरूका वचनभन्दा धेरै रुखो थियो । |
11183 | 1CH 29:14 | तर म को हुँ, र मेरा मानिसहरू को हुन् र हामीले स्वइच्छाले यी कुराहरू दिन सक्छौं? वास्तवमा सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंका जे हुन् ती तपाईंलाई हामीले फिर्ता दिएका मात्रै हौं । |
11222 | 2CH 2:5 | तर सारा विश्व र स्वर्ग नै पनि परमेश्वरको निम्ति सानो हुन्छ भने, कसले उहाँको निम्ति मन्दिर निर्माण गर्न सक्छ? उहाँको सामु बलिदान चढाउनुबाहेक उहाँको निम्ति मन्दिर निर्माण गर्ने म को हुँ र? |
11552 | 2CH 18:5 | तब इस्राएलका राजाले चार सय जना अगमवक्तालाई एकसाथ भेला गराए र तिनीहरूलाई सोधे, “के हामी रामोत-गिलादमा युद्ध गर्न जाऔं वा मैले जानुहन्न? तिनीहरूले भने, “आक्रमण गर्नुहोस्, किनभने परमेश्वरले त्यो तपाईंको हातमा दिनुहुनेछ ।” |
13996 | PSA 6:4 | मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्तर रहन्छ? |
14088 | PSA 13:2 | हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्छ? कहिलेसम्म तपाईं आफ्नो मुहार मबाट लुकाउनुहुनेछ ? |
14222 | PSA 22:2 | हे परमेश्वर, हे परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको? तपाईं किन मलाई बचाउनबाट त्यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ? |
14420 | PSA 34:13 | जीवन चाहने र असल कुरा हेर्नलाई धेरै दिन मन पराउने मानिस कस्तो हुन्छ? |
14621 | PSA 44:24 | हे परमप्रभु, जाग्नुहोस्, तपाईं किन सुत्नुहुन्छ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्नुहोस् । |
14685 | PSA 49:6 | जब अधर्मले मलाई घेरा हाल्छ, तब म किन खराब दिनहरूको डर मान्ने? |
14966 | PSA 68:14 | चाँदीले ढाकिएको ढुकुरहरू, पखेटाहरू सुनले ढाकिएका । तिमीहरूमध्ये कोही भेडाका बगालहरूका माझमा बस्यौ, तिमीहरूले किन यसो गर्यौ? |
15086 | PSA 73:11 | तिनीहरू भन्छन्, “परमेश्वरले कसरी जान्नुहुन्छ? के सर्वोच्चसँग ज्ञान छ र?” |
15114 | PSA 74:11 | आफ्नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्नुहुन्छ? आफ्नो दाहिने हात आफ्नो खल्तीबाट झिक्नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् । |
15191 | PSA 78:20 | हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ ?” |
15386 | PSA 88:15 | हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ? |
15505 | PSA 94:8 | ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्नेछौ? |
18573 | ISA 42:23 | तिमीहरूमध्ये कसले यो सुन्नेछ? भविष्यमा कसले सुन्नेछ र ध्यान दिनेछ? |
18652 | ISA 45:21 | नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्यो? के यो म परमप्रभुले नै थिएनँ र? मबाहेक त्यहाँ अरू कुनै परमेश्वर छैन, न्यायी परमेश्वर र उद्धारक । मबाहेक कुनै अरू छैन । |
18846 | ISA 57:11 | “तिमीहरू कसको विषयमा चिन्तित हुन्छौ? तिमीहरूले कसको भय यति धेरै मान्छौ, जसले तिमीहरूलाई यति धेरै धोकापुर्ण रूपमा काम गर्ने बनाएको छ, यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ न त मेरो बारेमा विचार नै गर्छौ? म यति लामो समयसम्म मौन भएको हुनाले, मसँग तिमीहरू फेरि डराउँदैनौ । |
18862 | ISA 58:6 | के मैले चुनेको उपवास यो होइनः दुष्टताको बन्धनबाट मुक्त गर्नु, जुवाका डोरीहरू फुकाउनु, चूर्णभएकाहरूलाई स्वतन्त्र पार्नु र जुवालाई भाँच्नू? |
18937 | ISA 63:1 | उहाँ को हुनुहुन्छ जो एदोमबाट, बोज्राबाट रातो पहिरनमा आउनुहुन्छ? जो आफ्नो महान् सामर्थ्यको कारणले राजकीय पोशाकमा रवाफका साथ आउँदै हुनुहुन्छ? धार्मिकतामा बोल्ने र बचाउनलाई शक्तिशाली रूपमा सक्षम म नै हुँ? |
18938 | ISA 63:2 | तपाईंका पोशाकहरू किन राता छन् र तपाईंले दाखको कोलमा दाख पेल्नुभएको जस्तो ती किन देखिन्छन्? |
18947 | ISA 63:11 | उहाँका मानिसहरूले मोशाको प्राचीन समयको बारेमा विचार गरे । तिनीहरूले भने, “ परमेश्वर कहाँ हुनुहुन्छ जसले आफ्ना बथानका गोठालाहरूसँगै तिनीहरूलाई समुद्रबाट ल्याउनुभयो? परमेश्वर कहाँ हुनुहुन्छ जसले आफ्नो पवित्र आत्मा तिनीहरूका बिचमा राख्नुभयो? |
18949 | ISA 63:13 | परमेश्वर कहाँ हुनुहुन्छ जसले तिनीहरूलाई गहिरो पानीबाट डोर्याउनुभयो? मैदानमा घोडा दौडेझैं, तिनीहरूले ठेस खाएनन् । |
18950 | ISA 63:14 | गाइवस्तु बेसीमा झरेझैं, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो । यसरी आफ्नो निम्ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्ना मानिसहरूलाई डोर्याउनुभयो? |
18966 | ISA 64:11 | हे परमप्रभु, तपाईं कसरी अझै पछि हट्नुहुन्छ? तपाईं कसरी शान्त बस्न र हामीलाई निरन्तर अपमानित हुन हुन दिनुहुन्छ?” |
20679 | EZK 8:6 | यसैले उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, तिनीहरू के गर्दैछन्, तँ देख्छस्? इस्राएलको घरानाले मलाई आफ्नो पवित्रस्थानबाट टाढा हटाउनलाई घिनलाग्दा काम यी नै हुन् । तर तँ फर्कनेछस् र अझ बढी घिनलाग्दा कामहरू देख्नेछस् ।” |
20685 | EZK 8:12 | उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, इस्राएलका घरानाका धर्म-गुरुहरूले अँध्यारोमा के गरिरहेका के तँ देख्छस्? आफ्नो मूर्तिको गुप्त कोठामा तिनीहरू प्रत्येकले यसो गर्छन् किनकि तिनीहरू भन्छन्, 'परमप्रभुले हामीलाई देख्नुहुन्न। परमप्रभुले देशलाई त्याग्नुभएको छ' ।” |
20825 | EZK 15:2 | “ए मानिसको छोरो, वनका अरू कुनै रूखका हाँगाहरूभन्दा दाखका बोटको कसरी असल हुन्छ? |
20906 | EZK 17:12 | “विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्छ भनी तिमीहरू जान्दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्यो । |
21508 | EZK 38:14 | यसकारण, ए मानिसको छोरो , अगमवाणी गर् र गोगलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: त्यो दिन, जब मेरा मानिसहरू सुरक्षित बसेका हुन्छन्, के तैंले तिनीहरूका बारेमा जान्नेछैनस्? |
22317 | HOS 11:8 | ए एफ्राइम, म कसरी तँलाई त्याग्न सक्छु? ए इस्राएल, म कसरी तँलाई अरूकहाँ सुम्पिन सक्छु र? म तँलाई कसरी अदमाझैं बनाउन सक्छु? म तँलाई कसरी सबोयीमझैं बनाउन सक्छु? मेरो हृदय मभित्र परिवर्तन भएको छ, र मेरो सम्पूर्ण दया जागेको छ । |
22345 | HOS 13:10 | तेरो राजा कहाँ छ, जसले तँलाई सबै सहरहरूमा बचाउन सक्ला? तेरा शासकहरू कहाँ छन्, जसको विषयमा तैंले मलाई भनिस्, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्’? |
22360 | HOS 14:10 | को बुद्धिमान छ, जसले यी कुराहरू बुझ्न सक्छ? कसले कुराहरू बुझ्छ जसले गर्दा उसले ती जान्न सक्छ? किनकि परमप्रभुका मार्गहरू ठिक हुन्छन्, र धर्मीचाहिं तिनमा हिँड्छन्, तर विद्रोह गर्नेहरूचाहिं तिनमा ठेस खानेछन् । |
22531 | AMO 6:12 | के घोडाहरू ठाडो चट्टानहरूमा दौडन्छन् र? के कसैले त्यहाँ गोरू जोत्छ? तापनि तिमीहरूले न्यायलाई विष अनि धार्मिकताको फललाई तिक्ततामा परिणत गरेका छौ । |
22535 | AMO 7:2 | जब तिनीहरूले भूमिको बालीनाली खाएर सके, अनि त्यसपछि मैले भनें, “परमप्रभु परमेश्वर, कृपया क्षमा गर्नुहोस् । याकूब कसरी बाँच्नेछ? किनकि त्यो त धेरै सानो छ ।” |
22538 | AMO 7:5 | तर मैले भनें, “परमप्रभु परमेश्वर, कृपया रोक्नुहोस् । याकूब कसरी बाँच्नेछ? किनकि त्यो त धेरै सानो छ ।” |
22636 | JON 3:9 | कसलाई जान्दछ? परमेश्वर नरम बन्न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्नुहुन्छ, जसले गर्दा हामी नष्ट हुनेछैनौं ।” |
22688 | MIC 3:11 | तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।” |
22698 | MIC 4:9 | अब, तिमीहरू किन ठुलो सोरमा कराउँछौ? के तिमीहरूका बिचमा कोही राजा छैन? के तिमीहरूको सल्लाहकार मरिसक्यो? के यही कारणले प्रसववेदनाकी स्त्रीलाई झैँ पीडाले तिमीहरूलाई पक्रेको छ? |
22728 | MIC 6:11 | यदि कसैले छलपूर्ण तराजू र कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्यसलाई निर्दोष मान्ने? |
22824 | HAB 2:7 | के तँलाई टोक्नेहरू अचानक उठ्नेछैनन्, अनि तँलाई त्रासमा राख्नेहरू जाग्नेछैनन्? तँ तिनीहरूका निम्ति शिकार बन्नेछस् । |