457 | GEN 18:32 | तिनले भने, “परमप्रभु रिसानी नहोस्। अब अन्तिम एक पल्ट बोल्नेछु । सायद त्यहाँ दस जना पाइन्छन् होला?” उहाँले भन्नुभयो, “दश जनाका खातिर पनि म त्यो नाश गर्नेछैनँ ।” |
11223 | 2CH 2:6 | यसकारण मेरो निम्ति सुन, चाँदी, काँसा र फलाम, अनि बैजनी, रातो र नीलो ऊनी धागोको काम गर्न सक्ने एक जना निपुण कारीगर पठाइदिनुहोस्। तिनी काठ कुँदेर सबै कुरा बनाउन जान्ने मानिस पनि होऊन् । तिनले मेरा बुबा दाऊदले जुटाउनुभएका यहूदा र यरूशलेममा भएका निपुण कारीगरहरूसँग काम गर्नेछन् । |
21128 | EZK 24:3 | यस विद्रोही घरानाको विरुद्धमा यो उपदेश, यो दृष्टान्त तिनीहरू भन्। तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः पकाउने भाँडो राख् । त्यसलाई राख्, र त्यसमा पानी हाल् । |