|
702 | अबीमेलेकले इसहाकलाई आफूकहाँ बोलाएर भने, “हेर, तिनी पक्कै पनि तिम्री पत्नी हुन् । किन तिमीले ‘तिनी मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले उनलाई भने, “किनभने तिनलाई प्राप्त गर्नको निम्ति कसैले मार्लान् भन्ने मैले सोचें ।” | |
10679 | हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्वरले तपाईंलाई यसो भन्नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्’ ।” |