7620 | 1SA 16:23 | जब-जब शाऊलमाथि परमेश्वरको हानिकारक आत्मा आउँथ्यो, दाऊदले वीणा लिन्थे र त्यो बजाउँथे । यसरी शाऊल पुनः ताजा र सञ्चो हुन्थे, र हानिकारक आत्माले तिनीलाई छोड्थ्यो। |
8385 | 2SA 14:26 | जब तिनले हरेक वर्षको अन्तमा गह्रौं भएको हुनाले आफ्नो कपाल काट्थे, तब तिनले आफ्नो कपाल तौलन्थे । यो लगभग दुई सय शेकेल हुन्थो, जसलाई राजाको मानकअनुसारको तौलद्वरा नापिन्थ्यो। |
10840 | 1CH 16:15 | आफ्नो करारलाई उहाँले सदासर्वदा स्मरण गर्नुहुन्छ, हजार पुस्तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्झनुहुन्छ। |
20685 | EZK 8:12 | उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, इस्राएलका घरानाका धर्म-गुरुहरूले अँध्यारोमा के गरिरहेका के तँ देख्छस्? आफ्नो मूर्तिको गुप्त कोठामा तिनीहरू प्रत्येकले यसो गर्छन् किनकि तिनीहरू भन्छन्, 'परमप्रभुले हामीलाई देख्नुहुन्न। परमप्रभुले देशलाई त्याग्नुभएको छ' ।” |
22085 | DAN 10:1 | फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई एउटा सन्देश प्रकट गरियो जसलाई बेलतसजर पनि भनिन्थ्यो। यो सन्देश साँचो थियो । यो एउटा ठुलो युद्धको विषयमा थियो । आफूले दर्शनबाट अन्तर्दृष्टि पाएपछि दानिएलले यो सन्देश बुझे । |