| 54 | GEN 2:23 | मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।” |
| 6621 | JDG 4:20 | उनले तिनलाई भने, “पालको ढोकामा खडा बस । कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्नू ।” |
| 11255 | 2CH 4:4 | ‘समुद्र’ नाम दिइएको त्यो ठुलो खड्कुँलोलाई बाह्र वटा साँढेमाथि राखिएको थियो, जसमा तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए । त्यो “खड्कुँलो” तिनैमाथि बसालिएको थियो, र तिनीहरूका पछाडिका भागचाहिं भित्रपट्टि फर्केका थिए । |
| 11257 | 2CH 4:6 | तिनले सामानहरू धुनको निम्ति दश वटा बाटाहरू पनि बनाए । तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे । होमबलिमा प्रयोग गरिने सबै सामानहरू यिनैमा धोइन्थ्यो । ‘समुद्र’ नामको त्यो खड्कुँलोलाई पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे । |
| 11261 | 2CH 4:10 | ‘समुद्र’ नामक त्यो विशाल खड्कुँलोलाइ तिनले मन्दिरको पूर्वपट्टि दक्षिणतर्फ फर्काएर राखे । |
| 12862 | EST 9:24 | त्यस बेला सारा यहूदीका शत्रु अगागी हम्मदाताको छोरा हामानले, यहूदीहरूलाई नष्ट गर्न तिनीहरूको विरुद्धमा षड्यन्त्र रचेको थियो, र तिनीहरूलाई थिचोमिचो गर्न र नाश पार्न उसले ‘पुर’ अर्थात् चिट्ठा हाल्यो । |
| 22802 | HAB 1:2 | “परमप्रभु, म कति समय अझै सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्नुहुन्न? म ‘हिंसा’ भनेर तपाईंलाई पुकार्दछु, तर तपाईंले बचाउनुहुन्न । |
| 23423 | MAT 8:9 | किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन् । म एक जनालाई ‘जाऊ’ भन्छु र ऊ जान्छ, र अर्कोलाई ‘आऊ’ भन्छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्यो गर’ भन्छु र उसले त्यो गर्छ ।” |
| 23920 | MAT 21:25 | यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो ? स्वर्गबाट हो या मानिसहरूबाट ?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्वास गरेनौ ?’ भनेर भन्नेछन् । |
| 23921 | MAT 21:26 | तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, हामी भिडसँग डराउँदछौँ, किनकि तिनीहरू सबैले यूहन्नालाई एक अगमवक्ताको रूपमा हेर्दथे ।” |
| 23986 | MAT 22:45 | यदि दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भन्दछन् भने, उनी कसरी दाऊदका पुत्र हुन सक्छन् त ?” |
| 23994 | MAT 23:7 | अनि बजारहरूमा विशेष अभिवादन गरिएको र मानिसहरूद्वारा ‘रब्बी’ भनी सम्बोधन गरिएको चाहन्छन् । |
| 23995 | MAT 23:8 | तर तिमीहरूलाई ‘रब्बी’ भनी सम्बोधन गरिनुहुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ, र तिमीहरू सबै दाजुभाइहरू हौ । |
| 23997 | MAT 23:10 | न त ‘गुरुज्यू’ भनी कसैले तिमीहरूलाई बोलाऊन्, किनकि ख्रीष्ट तिमीहरूका एक मात्र गुरु हुनुहुन्छ । |
| 24597 | MRK 8:28 | तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “बप्तिस्मा-दिने यूहन्ना । अरूहरूले, ‘एलिया’ र अरूले भने ‘अगमवक्ताहरूमध्ये एक’ भन्छन् ।” |
| 24740 | MRK 11:31 | तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्वास गर्दैनौ ?’ |
| 24741 | MRK 11:32 | तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, तिनीहरू मानिसहरूसित डराउँथे, किनभने उनीहरूले यूहन्ना अगमवक्ता हुन् भनी मान्थे । |
| 24779 | MRK 12:37 | दाऊद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन् भने मसीह कसरी दाऊदका पुत्र हुन सक्छन् त ?” ठुलो भिडले उहाँको कुरा खुसीसाथ सुन्यो । |
| 26712 | JHN 13:13 | तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ । |