22397 | JOL 2:17 | पुजारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बिचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्ना मानिसहरू बाँकी राख्नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्नू, ‘तिनीहरूका परमेश्वर कहाँ छ?’” |
22936 | HAG 2:12 | ‘परमप्रभुको निम्ति अलग गरिएको मासुलाई कसैले आफ्नो लुगामा पोको पारेर लग्यो, र त्यो पोकोले रोटी वा सुरुवा, मद्य वा तेल, वा कुनै भोजनलाई छोयो भने, के त्यो पवित्र हुन्छ?’” पूजाहारीहरुले यस्तो जवाफ दिए, “हुँदैन ।” |
23038 | ZEC 7:7 | तिमीहरू यरूशलेम र आसपासका सहरहरूमा सम्पन्नतामाबसोबास गरिरहँदा र तिमीहरू नेगेव, र पश्चिमका पहाडहरूको फेदमा अवस्थित हुँदा, के अगिल्ला अगमवक्ताहरूका मुखबाट परमप्रभुले घोषणा गर्नुभएका वचन यी नै थिएनन् र?’” |